NE/Prabhupada 0244 - हाम्रो दर्शन भनेको सबै वस्तुको मालिक भगवान् हुनुहुन्छ
Lecture on BG 2.9 -- London, August 15, 1973
अर्को दिन पेरिसमा एउटा पत्रकार मकहाँ आए, समाजवादी प्रेस | मैले उसलाई जानकारी दिएँ कि "हाम्रो दर्शन भनेको सबै वस्तुको मालिक भगवान् हुनुहुन्छ |" कृष्ण भन्नुहुन्छ, भोक्तारं यज्ञ-तपसां सर्व लोक-महेश्वरम् (भ गी ५।२९) | "म आनन्द लिने भोक्ता हुँ |" भोक्ता भनेको आनन्द लिने | भोक्तारं यज्ञ-तपसां | जस्तै यो शरीर कार्यरत छ | सम्पूर्ण शरीर कार्यरत छ, सबजनाको जीवन भोग गर्न, तर यो आनन्द कहाँबाट सुरु हुन्छ ? आनन्द पेटबाट सुरु हुन्छ | तपाईले पेटलाई पर्याप्त भोजन दिनुपर्छ | यदि पर्याप्त शक्ति छ भने हामीले पचाउन सक्छौं | यदि शक्ति पर्याप्त छ भने अरु सबै इन्द्रियहरु बलवान बन्छन् | तब तपाई इन्द्रियतृप्तिमा संग्लग्न हुन सक्नुहुन्छ | अन्यथा यो सम्भव छैन | यदि तपाई चपाउन सक्नुहुन्न..... जस्तै हामी अहिले वृद्ध छौं | हामीले पचाउन सक्दैनौं | त्यसैले इन्द्रियतृप्तिको कुनै प्रश्न नै छैन | इन्द्रियतृप्ति पेटबाट सुरु हुन्छ | रुखको सानदार विकास जराबाट सुरु हुन्छ, जब पर्याप्त मात्रामा पानी हुन्छ | तसर्थ रुखलाई पद-प भनिन्छ | तिनीहरु खुट्टा, जराबाट पानी पिउँछन्, टाउकोबाट होइन | हामी टाउकोबाट पिउँछौं | भिन्न व्यवस्था छन् | जसरी हामी मुखबाट खान सक्छौं, रुखहरु आफ्नो खुट्टाबाट खान्छन् | जीवले खानुपर्छ | आहार-निद्रा-भय-मैथुन | खाने क्रिया विद्यमान छ, चाहे तपाई आफ्नो खुट्टाबाट खानुहोस् वा तपाईको मुखबाट वा तपाईको हातहरुबाट | तर जहाँसम्म कृष्णको कुरा छ, उहाँले जहाँबाट पनि खान सक्नुहुन्छ | उहाँले हातबाट खान सक्नुहुन्छ, चरणबाट, आँखाबाट, कानबाट, जहाँबाट पनि | किनकि उहाँ पूर्णत: आध्यात्मिक हुनुहुन्छ | उहाँको शिर, चरण, कान र आँखामा कुनै भिन्नता छैन | त्यो ब्रह्म संहितामा वर्णित छ,
- अङ्गानि यस्य सकलेन्द्रिय-वृत्तिमन्ति
- पश्यन्ति पान्ति कलयन्ति चिरं जगन्ति
- आनन्द-चिन्मय-सदुज्ज्वल-विग्रहस्य
- गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि
- (ब्र स ५|३२)
जसरी यो शरीरमा हाम्रो इन्द्रियतृप्ति पेटबाट सुरु हुन्छ, जसरी रुख जराबाट आरामपूर्वक हुर्कन सुरु गर्छ, त्यसैगरी, कृष्ण सम्पूर्ण कुराको श्रोत हुनुहुन्छ, जन्माद्य् अस्य यतः (री भ १।१।१), जरा | त्यसैले कृष्ण भावना बिना, कृष्णलाई खुसी नबनाइकन तपाई खुसी हुन सक्नुहुन्न | यो नै विधि हो | कृष्ण कसरी खुसी हुनुहुन्छ ? कृष्ण तब खुसी हुनुहुनेछ, जब..... हामी सब कृष्णका पुत्र हौँ, भगवानका पुत्र | सब कृष्णको सम्पत्ति हो | यो तथ्य हो | हामीले कृष्णको प्रसादम् लिन सक्छौं, किनकि उहाँ मालिक हुनुहुन्छ, भोक्ता, आनन्द लिने | तर सबै कुरा सर्वप्रथम कृष्णलाई दिनुपर्छ, र त्यसपछि तपाईले प्रसादम् लिनुहोस् | त्यसले तपाईलाई खुसी बनाउनुहुनेछ | त्यो भगवद् गीतामा वर्णित छ | भुञ्जते ते त्व् अघं पापं ये पचन्त्य् आत्म-कारणात्: (भ गी ३।१३) "जो आफ्नो लागि भोजन पकाउँछन्, तिनीहरु केवल पाप खान्छन् |" भुञ्जते ते त्व् अघं पापं ये पचन्त्य् आत्म.... यज्ञार्थात् कर्मणो ऽन्यत्र लोकोऽ यं कर्म... सबै कुरा कृष्णको लागि गर्नुपर्छ, तपाईको खाने क्रिया पनि, जे पनि | सम्पूर्ण इन्द्रियतृप्ति, तपाईले भोग गर्न सक्नुहुन्छ | तर कृष्णले भोग गर्नुभए पछि | त्यसपछि तपाई खान सक्नुहुन्छ | तसर्थ कृष्णको नाम हृषीकेश हो | उहाँ मालिक हुनुहुन्छ | इन्द्रियका मालिक | तपाईले आफ्नो इन्द्रिय स्वतन्त्रतापूर्वक भोग गर्न सक्नुहुन्न | जस्तै एउटा दास | दासले भोग गर्न सक्दैन | जस्तै एउटा भान्सेले धेरै, धेरै मिठो भोजन पकाउँछ, तर उसले सुरुवातमा खाना सक्दैन | त्यो सम्भव छैन | तब उसलाई सेवाबाट निकालिन्छ | मालिकले सर्वप्रथम लिनुपर्छ र त्यसपछि उसले सबै राम्रो भोजन भोग गर्न सक्छ |