NE/Prabhupada 0260 - इन्द्रियहरुको निर्देशनमा हामीले जन्म-जन्मान्तर पाप गर्दैछौं



Lecture -- Seattle, September 27, 1968


व्यवहारिक रुपमा बुझ्ने प्रयास गर्नुहोस् कि इन्द्रियहरु कति बलवान छन् | यो होइन कि युवाहरुमात्र इन्द्रियका दास हुन् | पचहत्तर वर्षीय, असी वर्षीय वा मृत्युको मुखमा पुगेकाहरु पनि सबै इन्द्रियहरुका दास हुन् | इन्द्रियहरु कहिल्यै सन्तुष्ट हुँदैनन् | त्यो भौतिक निर्देशन हो | म दास हुँ | म आफ्ना इन्द्रियहरुको दास हुँ र मेरा इन्द्रियहरुको सेवा गरेर, न म सन्तुष्ट हुन्छु, न मेरा इन्द्रिय सन्तुष्ट हुन्छन्, न तिनीहरु मसँग खुसी हुन्छन् | यहाँ अशान्ति छ | यो समस्या हो | त्यसैले सर्वश्रेष्ठ कुरा..... तसर्थ कृष्णले भन्नुहुन्छ,

सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​
अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः
(भ गी १८।६६)

तपाईले धेरै जीवनदेखि, जन्म-जन्मान्तर आफ्ना इन्द्रियहरुको सेवा गर्नुभएको छ], ८४,००,००० योनीमा सेवा गर्नुभयो | पंक्षीहरु पनि इन्द्रियको निर्देशन अन्तर्गत चल्छन् | पशुहरु पनि इन्द्रियको निर्देशन अन्तर्गत चल्छन् | मानव, देवता, यो भौतिक जगतभित्र सबजना इन्द्रियको सेवा गर्न प्रयासरत छन् | तर कृष्णले भन्नुहुन्छ कि "तिमी ममा शरणागत होऊ | मेरो सेवा गर्न सहमत होऊ | तब म तिम्रो जिम्मा लिन्छु |" त्यति हो | अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि मा शुचः | इन्द्रियको निर्देशनमा हामीले जन्म-जन्मान्तर पाप गर्दैछौं; तसर्थ हामी विभिन्न स्तरका शारीरिक अवस्थामा छौं | यो नसोच्नुहोस् कि सबजना समान स्तरमा छन् | होइन | आफ्नो कर्म अनुरुप उसले शरीर प्राप्त गर्छ | यी विभिन्न प्रकारका शरीरहरु विभिन्न स्तरका इन्द्रियतृप्तिको कारण प्राप्त गरिन्छ | इन्द्रियतृप्ति सुँगुरको जीवनमा पनि हुन्छ | उसलाई सुँगुरको शरीर किन दिइएको छ ? सुँगुर यति कामुक हुन्छ कि उसले आमा, बहिनी, यो, त्यो भनेर कुनै भेद देख्दैन | यो व्यवहारिक छ, तपाईले देख्न सक्नुहुन्छ | कुकुर र सुँगुरहरु त्यस्तो हुन्छन् | मानव समाजमा पनि धेरै छन् जसले आमा, बहिनी वा अरु कोहि भनेर मतलब गर्दैनन् | इन्द्रियहरु धेरै बलवान हुन्छन् | हाम्रो सम्पूर्ण दुःखको कारण यहि हो | बुझ्ने प्रयास गर्नुहोस् | हामीले भोग्ने त्रितापहरु, जसको समाधान निकाल्न हामी प्रयासरत छौं, यो इन्द्रियको निर्देशनको कारण हुँदैछ | तसर्थ यहाँ कृष्ण हुनुहुन्छ | उहाँको नाम मदन-मोहन हो | यदि तपाईले आफ्नो प्रेम इन्द्रियबाट कृष्णमा स्थानान्तरण गर्नुहुन्छ भने तपाईले नतिजा देख्नुहुन्छ | तपाईले तत्काल पाउनुहुनेछ | सेवोन्मुखे हि जिह्वादौ (भ र सि १|२|२३४) | त्यसैले यो गलत प्रयास कि "मैले देखेको सम्पूर्ण कुराको म मालिक बन्न चाहन्छु," "मैले देखेको सबै कुराको राजा म हुँ," यो मनोभाव त्याग्नुपर्छ | हामी सबजना मौलिक रुपमा दास हौँ | अहिले, वर्तमान समयमा हामी इन्द्रियका दास बनेका छौं | अब, यो दासत्व केवल कृष्णतर्फ परिवर्तन गर्नुपर्छ | सेवोन्मुखे हि जिह्वादौ स्वयम् एव स्फुरत्य् अदः | र जब तपाईले आफ्नो दासत्व कृष्णतर्फ परिवर्तन गर्नुहुन्छ र तपाई इमानदार बन्नुहुन्छ, तब क्रमिक रुपमा कृष्ण तपाई सामु प्रकट हुनुहुन्छ तथा कृष्ण र तपाई बीच सेवाको आदानप्रदान धेरै राम्रो हुन्छ | तपाई उहाँलाई मित्र, मालिक, प्रेमी वा अरु कुनै रुपमा प्रेम गर्नुहोस्...... धेरै उपाय छन् | तपाई उहाँलाई जुनसुकै तरिकाले प्रेम गर्न प्रयासरत हुनुहोस् र हेर्नुहोस् कि तपाई कति सन्तुष्ट हुनुहुन्छ | यो कृष्ण भावनामृत अभियान हो | कृपया बुझ्ने प्रयास गर्नुहोस् |