NE/Prabhupada 0271 - कृष्णको नाम अच्युत हो



Lecture on BG 2.7 -- London, August 7, 1973

गुण समान हुन्छ, तर परिमाण फरक हुन्छ | गुण समान भएको कारण हामीसँग पनि भगवानको जस्तै प्रवृत्तिहरु छन् | कृष्णसँग आफ्नी आनन्द शक्ति, श्रीमती राधारानीसँग प्रेम गर्ने प्रवृत्ति छ | हामी कृष्णको अंश भएको कारण हामीसँग पनि यो माया गर्ने प्रवृति छ | यो स्वभाव हो | तर जब हामी भौतिक प्रकृतिको सम्पर्कमा आउँछौं..... कृष्ण भौतिक प्रकृतिको सम्पर्कमा आउनुहुन्न | त्यसैले, कृष्णको नाम अच्युत हो | उहाँ कहिल्यै गिर्नुहुन्न| तर हाम्रो गिर्ने सम्भावना हुन्छ, प्रकृतेः क्रियमाणानि | हामी प्रकृतिको प्रभावमा छौ | प्रकृतेः क्रियमाणानि गुणैःकर्माणि सर्वशः (भ गी ३।२७) | हामी प्रकृतिको फन्दामा पर्ने बित्तिकै.... प्रकृति तीन गुणले बनेकी छिन्, सत्त्व गुण, रजो गुण र तमो गुण | हामी यी मध्ये एउटा गुणको प्रभावमा पर्छौं | यो नै कारण हो, कारणं गुण​-सङ (भ गी १३।२२) | गुण​-सङ्ग​ | अर्थात् विभिन्न गुणसँग संगत गर्नु | गुण​-सङ्ग अस्य जीवस्य, जीवात्माको | यो नै कारण हो |​ कसैले सोध्न सक्छ: "यदि जीव भगवान् समान राम्रो छ भने किन एउटा जीव कुकुर बन्छ र अर्को जीव देवता, ब्रह्मा बन्छ ?" यसको उत्तर भनेको कारणम् हो | त्यसको कारण गुण-सङ्घ अस्य हो | अस्य जीवस्य गुण​-सङ्ग​ | किन भने ऊ उक्त गुणको संगतमा हुन्छ | सत्त्व-गुण​, रजो-गुण​, तमो-गुण​ |

उपनिषदमा यसको व्याख्या विस्तृत रुपमा दिइएको छ, कसरी गुण-संगले काम गर्छ | जस्तै आगो | यसका झिल्काहरु हुन्छन् | कहिलेकहिं ती झिल्का आगोबाट झर्छन् | झिल्का झर्दा तीन अवस्थाहरु हुन्छन् | यदि झिल्का सुख्खा घाँसमा पर्यो भने तत्काल घाँसमा आगो लाग्छ | यदि झिल्का साधारण घाँसमा पर्यो भने त्यो केहि समय बल्छ, र केहि समयपछि निभ्छ | तर यदि झिल्का पानीमा पर्छ भने त्यो त्यो तुरुन्त निभ्छ | जसलाई सत्त्व-गुणको प्रभावमा छन्, उनीहरु बुद्धिमान हुन्छन् | उनीहरुसँग ज्ञान हुन्छ | जस्तै ब्राह्मण | र जो रजो-गुणको प्रभावमा हुन्छन्, उनीहरु भौतिक कार्यमा अग्रसर हुन्छन् | र जो तमो-गुणको प्रभावमा हुन्छन्, उनीहरु अल्छि र सुस्त हुन्छन् | त्यति हो | यी लक्षणहरु हुन् | तमो-गुण भनेको उनीहरु धेरै अल्छि र सुस्त हुन्छन | रजो-गुण भनेको धेरै सक्रिय, तर बाँदर जस्तै सक्रिय | बाँदर धेरै सक्रिय हुन्छ, तर धेरै खतरनाक हुन्छ | जब... हामीले बाँदरलाई कहिल्यै निस्क्रिय देख्दैनौ | जब त्यो बस्छ, त्यसले आवाज निकाल्छ "गट् गट् गट् गट् |"