NE/Prabhupada 0300 - मूल व्यक्ति मृत हुनुहुन्न



Lecture -- Seattle, October 2, 1968

प्रभुपाद : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

भक्तहरु :गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: हाम्रो कार्यक्रम भनेको मूल पुरुषोत्तम भगवान् गोविन्दको आराधना गर्नु हो | यो कृष्ण भावनामृत अभियान हो, मूल पुरुष को हुनुहुन्छ भनेर पत्ता लगाउनु | स्वभावले, सबै घरको मूल व्यक्ति, समाजको मूल व्यक्ति, राष्ट्रको मूल व्यक्ति, मानवताको मूल व्यक्ति थाहा पाउन चिन्तित छन् ... तिमी खोज्दै जाऊ | तर यदि तिमीले सबै कुराको स्रोतको रुपमा रहनुभएको मूल व्यक्ति पत्ता लगाउँछौ भने ती ब्रह्म हुनुहुन्छ | जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | वेदान्त सुत्रमा भनिएको छ, ब्रह्म, परम सत्य ती हुनुहुन्छ, जो सबै कुराको स्रोत हुनुहुन्छ | धेरै सजिलो व्याख्या | भगवान् को हुनुहुन्छ, परम-सत्य को हुनुहुन्छ, धेरै सजिलो व्याख्या- मूल व्यक्ति | यो कृष्ण भावनामृत अभियान भनेको मूल व्यक्ति समक्ष जानको लागि हो | मूल व्यक्ति मृत हुनुहुन्न, किनकि उहाँ सबै कुराको स्रोत हुनुहुन्छ, त्यसैले सबै कार्यहरु राम्ररी संचालन हुँदैछन् | सूर्य उदाउँदैछ, चन्द्रमा उदाउँदैछ, मौसम परिवर्तन हुँदैछ, त्यसैले..... रात पछि दिन ठिक समयमा आउँछ | मूल व्यक्तिको शरीरका सम्पूर्ण कार्य राम्ररी संचालन हुँदैछन् | तिमीले कसरी भन्न सक्छौ कि भगवान् मृत हुनुहुन्छ ? जस्तै जब कुनै चिकित्सकले तिम्रो धड्कन जाँच गरेर तिम्रो मुटुले राम्ररी कार्य गरिरहेको छ भनेर पत्ता लगाउँछन् भने उनले घोषणा गर्दैनन् कि "यो व्यक्ति मृत छ |" उनले भन्छन्, "उनी जीवित छन् |" त्यसैगरी, यदि तिमी बुद्धिमान छौ भने, तिमीले ब्रह्माण्डीय शरीरको धड्कन अनुभव गर्न सक्छौ र यो राम्ररी कार्यरत छ | त्यसैले तिमीले कसरी भन्न सक्छौ कि भगवान् मृत हुनुहुन्छ ? भगवान् कहिल्यै मृत हुनुहुन्न | त्यो मूर्खको सिद्धान्त हो कि भगवान् मृत हुनुहुन्छ- बुद्धिहीन मानिसहरु, जीवित र मृत शरीरबीच भेद देख्न नसक्ने मानिसहरु | जोसँग एउटा शरीर जीवित छ कि मृत छ भनेर थाहा पाउने ज्ञान छैन, उसले कहिल्यै भन्दैन कि भगवान् मृत हुनुहुन्छ | तसर्थ भगवद्-गीतामा भनिएको छ, जन्म कर्म मे दिव्यं यो जानाति तत्त्वतः (भ गी ४|९) "जुन बुद्धिमान मानिसले केवल बुझ्न सक्छ कि म कसरी जन्मंछु र म कसरी कार्य गर्छु," जन्म कर्म.... अब, यो जन्म र कर्म शब्द ख्याल गर | उहाँले कहिल्यै जन्म मृत्यु भन्नुहुँदैन | मृत्यु भनेको मर्नु | जुन वस्तु जन्मन्छ, त्यसको मृत्यु पनि हुन्छ | जे पनि | हामीसँग जन्मिएको वस्तु नमरेको कुनै अनुभव छैन | यो शरीर जन्मिएको छ; तसर्थ यो मर्नेछ | मृत्यु मेरो शरीरको जन्मसँगै जन्मन्छ | मेरो उमेर बढ्दैछ, मेरो उमेर भनेको म मर्दैछु | तर भगवद् गीताको यो श्लोकमा कृष्णले भन्नुहुन्छ, जन्म कर्म, तर उहाँले कहिल्यै "मेरो मृत्यु" भन्नुहुन्न | मृत्यु हुन सक्दैन | भगवान् शाश्वत हुनुहुन्छ | तिमी पनि मर्दैनौ | त्यो मलाई थाहा छैन | म केवल शरीर परिवर्तन गर्छु | यो कुरा बुझ्नुपर्छ | कृष्ण भावनाको विज्ञान एउटा ठुलो विज्ञान हो | यहाँ उल्लेख गरिएको छ... यो कुनै नयाँ कुरा होइन, यो भगवाद्-गीतामा उल्लेख गरिएको छ.... तिमीहरुमध्ये धेरैलाई भगवाद् गीताको बारेमा थाहा छ | भगवाद् गीतामा भनिएको छैन कि यो शरीरको मृत्यु पछि...... ठ्याक्क मृत्यु होइन - विनाश वा यो शरीरको अप्राकट्यपछि तिमी वा म मर्दैनौं | न हन्यते | न हन्यते भनेको "कहिले मर्दैन " अथवा "कहिल्यै नाश हुँदैन, " यो शरीरको नाश भएपछि पनि | हाम्रो अवस्था यस्तो छ |