NE/Prabhupada 0302 - मानिसहरु आत्मसमर्पण गर्न इच्छुक छैनन्

From Vanipedia
Jump to: navigation, search
Go-previous.png Previous Page - Video 0301
Next Page - Video 0303 Go-next.png

मानिसहरु आत्मसमर्पण गर्न इच्छुक छैनन्
- Prabhupada 0302


Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : हामी चैतन्य महाप्रभुको दिव्योपदेश पढ्दैछौँ | हामीले अघिल्लो भेटबाट सुरु गरेका थियौँ, र हामी फेरी पढ्नेछौँ | तिमी पढ्छौ ? हुन्छ |

तमल कृष्ण :पेज २९, तर हजुरले कहाँसम्म सकाउनुभएको थियो ?

प्रभुपाद : जहाँबाट पढे पनि हुन्छ | हुन्छ |

तमाल कृष्ण : हुन्छ |" भगवद्-गीतामा हामीलाई अवगत गराइएको छ कि हाम्रो वास्तविक प्रकृति, र पृथक जीवको प्रकृति आत्मा हो | ऊ भौतिक तत्व होइन | त्यसैले आत्माको रुपमा ऊ परमात्मा, परमसत्य, परम पुरुषोत्तम भगवानको अंश हो | हामी पनि सिक्छौँ कि शरणागत हुनु आत्माको कर्तव्य हो, तबमात्र ऊ खुसी हुनसक्छ | भगवद्-गीतको अन्तिम सन्देश पनि यो छ कि आत्मा पूर्ण रुपमा परमात्मामा शरणागत हुनुपर्छ, कृष्णमा शरणागत हुनुपर्छ, र त्यसप्रक्रार खुसी अनुभव गर्नुपर्छ | यहाँ पनि चैतन्य महाप्रभुले सनातन गोस्वामीको प्रश्नको उत्तर दिंदै हुनुहुन्छ, उही कुरा दोहोर्याउँदै हुनुहुन्छ, तर गीतामा पहिल्यै दिइएको आत्मा सम्बन्धि जानकारी भने दिनुभएको छैन |"

प्रभुपाद : हो | मुख्य कुरा भनेको, आत्माको मौलिक अवस्थाको जानकारी विस्तृत रुपमा श्रीमद् भगवद्-गीतामा दिइएको छ | भगवद्-गीतको अन्तिम सन्देशमा कृष्ण भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भ गी १८|६६) | उहाँले अर्जुनलाई विभिन्न योगाभ्यासको शिक्षा दिनुहुन्छ, सबै प्रकारको धार्मिक कर्मकाण्डको विधि, त्याग, र दार्शनिक कल्पनाको शिक्षा दिनुहुन्छ, शरीरको मौलिक अवस्था, आत्माको मौलिक अवस्थाको शिक्षा दिनुहुन्छ | सबैकुरा उहाँले भगवद् गीतामा वर्णन गर्नुभएको छ | र अन्तिममा उहाँअर्जुनलाई भन्नुहुन्छ "प्रिय अर्जुन, तिमी मेरो आत्मीय र प्रिय मित्र भएको कारण म तिमीलाई वैदिक ज्ञानको सबभन्दा गोप्य ज्ञान भन्छु |" र त्यो के हो? "ममा शरणागत होऊ |" त्यति हो | मानिसहरु शरणागत हुन मान्दैनन्; त्यसैले उनीहरुले धेरै कुरा सिक्नुपर्छ | जस्तै एउटा बच्चा, उसमा केवल आफ्ना माता-पितामा शरणागत हुने भाव हुन्छ, ऊ त्यतिमा खुसी हुन्छ | कसरी खुसीसाथ बाँच्ने भनेर दर्शन अध्ययनको कुनै आवश्यकता छैन | त्यो बच्चा पूर्णरुपमा मातापितामा निर्भर हुन्छ र ऊ खुसी हुन्छ | सजिलो दर्शन | तर हामी सभ्यता एवं ज्ञानमा विकसित भएको कारण हामी यो दर्शन धेरै शब्दको खेलद्वारा बुझ्न चाहन्छौँ | त्यति हो | यदि तिमीलाई शब्दको खेल सिक्ने इच्छा छ भने कृष्ण भावनामृत अभियानमा त्यसको कमी छैन | हामीसँग धेरै सिद्धान्त सम्बन्धि पुस्तकहरु छन् | तर यदि तिमीले यो सजिलो प्रकृय अपनाउँछौ भने.... भगवान् महान हुनुहुन्छ र हामी अंश हौँ; तसर्थ हाम्रो कर्तव्य भनेको भगवानमा शरणागत हुनु र उहाँको सेवा गर्नु हो | त्यति हो | चैतन्य महाप्रभुले, मौलिक अवस्था, दर्शन, ज्ञान सम्बन्धि चर्चा नगरिकन, अन्य धेरै विषय, योग प्रणाली सम्बन्धि चर्चा नगरिकन, उहाँ तत्काल सुरु गर्नुहुन्छ कि जीवको मौलिक अवस्था भनेको परमपूर्णको सेवा गर्नु हो | त्यो चैतन्य महाप्रभुको प्रारम्भिक शिक्षा हो | त्यो भनेको जहाँ भगवद् गीतको अन्त्य हुन्छ, त्यहाँबाट चैतन्य महाप्रभुले सुरुवात गर्नुहुन्छ |

अगाडि बढ |

तमाल कृष्ण : "उहाँ त्यहाँबाट सुरु गर्नुहुन्छ जहाँ कृष्णले आफ्नो शिक्षा रोक्नुभएको थियो | महान भक्तहरुले यो कुरा स्वीकार गर्नुहुन्छ कि चैतन्य महाप्रभु स्वयं कृष्ण हुनुहुन्छ र उहाँले गीतामा आफ्नो ज्ञान जहाँ रोक्नुभयो, त्यहींबाट उहाँले सनातन गोस्वामीलाई शिक्षा दिन सुरु गर्नुहुन्छ | उहाँले सनातन गोस्वामीलाई भन्नुभयो,'तिम्रो मौलिक अवस्था भनेको तिमी एक शुद्ध आत्मा हौ | यो भौतिक शरीर तिम्रो वास्तविक परिचय होइन, न त तिम्रो मन वास्तविक परिचय हो, न त तिम्रो बुद्धि नै हो, न त अहंकार तिम्रो वस्तविक परिचय हो | तिम्रो परिचय भनेको तिमी भगवान् कृष्णको नित्य दास हौ |"

प्रभुपाद : यहाँ केहि महत्वपूर्ण कुरा छ, कि हाम्रो आत्मा साक्षात्कारमा, जो भौतिक स्तरमा बाँधिएका छन्, तिनीहरु सोच्छन् कि,"म यो शरीर हुँ |" म यो शरीर हुँ, शरीर भनेको इन्द्रियहरु | त्यसैले मेरो सन्तुष्टि भनेको इन्द्रियहरुको सन्तुष्टि हो | यो आत्म-साक्षात्कारको सबभन्दा स्थुल स्तर हो | यो शरीर पनि एउटा परिचय हो | शरीर एउटा परिचय हो, मन एउटा परिचय हो र आत्मा पनि एउटा परिचय हो | आफ्नो परिचय, पर्यायवाची | शरीर, मन र आत्मा, सबै... ती तीनलाई आफ्नो परिचयको रुपमा लिइन्छ | हाम्रो जीवनको सबभन्दा स्थूल स्तरमा हामी आफुलाई शरीर ठान्छौं | र सुक्ष्म स्तरमा हामी आफुलाई मन र बुद्धि ठान्छौं | तर वास्तवमा, हाम्रो परिचय यो शरीर, मन र बुद्धिभन्दा पर छ | त्यस्तो अवस्था छ | जो आत्म-साक्षात्कारको भौतिक अवधारणामा अवस्थित छन्, तिनीहरु भौतिकवादी हुन् | र जो मन र बुद्धिको अवधारणामा छन्, तिनीहरु दार्शनिक र कवि हुन् | तिनीहरु दर्शन दिंदैछन्, वा हामीलाई कवितामा केहि ज्ञान दिंदैछन्, तर तिनीहरुको धारणा गलत छ | जब तिमी आध्यात्मिक स्तरमा पुग्छौ, तब त्यसलाई भक्ति भनिन्छ | यो चैतन्य महाप्रभुले वर्णन गर्नुभएको हो |