NE/Prabhupada 0306 - हामीले आफ्नो सन्देहपूर्ण प्रश्न प्रस्तुत गर्नुपर्छ



Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : कुनै प्रश्न छ ? सर्वप्रथम दर्शकबाट | हामी प्रश्न चाहन्छौँ, यदि तिमीहरुसँग कुनै प्रश्न छ भने सोध्न सक्छौ | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भ गी ४|३४) | सबै कुराहरु, यदि हामी बुझ्नको लागि गम्भीर छौं भने हामीले आफ्ना सन्देहपूर्ण प्रश्नहरु प्रस्तुत गर्नुपर्छ र त्यसपछि बुझ्नुपर्छ | भन ?

युवा: के शब्दभन्दा परको चेतना प्राप्त गर्न सकिन्छ ? अथवा, मैले भन्न सक्छु, के यस्तो संवाद छ जुन शब्द होइन तर एउटा ध्वनि हो, जुन आवाजजस्तै हुन्छ ? हुन सक्छ ॐको स्तरसम्म पुग्नु | के कुनै संवाद, जुन हजुर र मैले बुझ्न सक्छौं, मैले र मेरो भाईले बुझ्न सक्छौं, अरु सबैले बुझ्न सक्छौं ? के कुनै अनुभव छ जहाँ हामी.... के यो आवाज "डोंग," "औंग" जस्तै सुनिन्छ ? के शब्दभन्दा पर पनि केही छ ? वार्तालापभन्दा पर ?

प्रभुपाद : छ, यो हरे कृष्ण |

युवा: हरे कृष्ण |

प्रभुपाद : हो |

युवा: के हजुरले यसलाई विस्तृत रुपमा बताउन सक्नुहुन्छ ? के हजुरले भन्न सक्नुहुन्छ कि यो कसरी हुन सक्छ ? यो सधैं कसरी हुन सक्छ ? मान्छे नभएर, अंग्रेजी नबोलेर, अथवा अरु भाषा नबोलेर ? त्यो एउटा भाषा कसरी बोल्न सकिन्छ ?

प्रभुपाद: कुनै पनि भाषामा आवाज निकाल्न सकिन्छ | यो होइन कि हरे कृष्ण संस्कृतमा मात्र भन्नुपर्छ | तिमीले अंग्रेजीमा पनि उच्चारण गर्न सक्छौ "हरे कृष्ण" | के कुनै कठिनाइ छ ? यी युवाहरु पनि हरे कृष्ण भन्दैछन् | यहाँ कुनै कठिनाइ छैन | मुख्य कुरा आवाज हो | यो मतलब हुँदैन कि कसले आवाज निकाल्दैछ | जस्तै, यदि तिमीले हार्मोनियम बजायौ भने "डुंग " आवाज आउँछ | यो मतलब हुँदैन कि अमेरिकीले बजायो वा एउटा भारतीयले बजायो वा हिन्दुले बजायो वा मुस्लिमले बजायो, आवाज भनेको आवाज हो | त्यसैगरी यो हार्मोनियम, हरे कृष्ण, तिमीले बोल्नासाथ आवाज आउँछ | त्यति हो | हँ ?

युवा (२): के तपाई एक्लै बसेर ध्यान गर्नुहुन्छ ? तपाईको मन स्थिर भएन भने के गर्नुहुन्छ ? के तपाई केही अरु सोच्नुहुन्छ ? के तपाई आफ्नो मनलाई अरु केही विषयमा केन्द्रित गराउनुहुन्छ वा के तपाई त्यसलाई अस्थिर रहन दिनुहुन्छ ?

प्रभुपाद : सर्वप्रथम मलाई बताऊ कि ध्यान भनेको के हो ?

युवा (२): एक्लै शान्त बस्ने |

प्रभुपाद: हँ ?

तमाल कृष्ण : एक्लै शान्त बस्ने |

प्रभुपाद : एक्लै शान्त बस्ने | के यो सम्भव छ ? के तिमीलाई लाग्छ कि यो सम्भव छ ?

युवा (२): यदि हामीले आफ्नो मनको अवाजलाई सुन्यौं भने |

प्रभुपाद : तब मन सधैं कार्यरत हुन्छ |

युवा (२): यो तपाईसँग बोलिरहन्छ |

प्रभुपाद : तिमी कसरी मनलाई शान्त पारेर बस्न सक्छौ ? मन सधैँ कार्यरत हुन्छ | के तिमी शान्त बस्दा मन कार्यरत नभएको कुनै अनुभव छ ? जब तिमी सुत्छौ, मन कार्यरत हुन्छ | यो मनको कार्य हो | त्यसैले तिमीले आफ्नो मनलाई शान्त अवस्थामा कहिले पाउँछौ ?

युवा (२): मैले तपाईलाई सोहि प्रश्न सोध्न प्रयास गर्दै थिएँ |

प्रभुपाद : हो, मन कहिले पनि स्थिर हुँदैन | तिमीले आफ्नो मनलाई केहि कुरामा संग्लग्न गराउनुपर्छ | यो ध्यान हो |

युवा (२): तपाईले के कार्यमा संग्लग्न गराउनुहुन्छ |

प्रभुपाद: कृष्णमा | हामी आफ्नो मनलाई सुन्दर एवं परम पुरुषोत्तम भगवान् कृष्णमा संग्लग्न गराउँछौं | मनलाई मात्र होइन, तर मनलाई इन्द्रियहरुको कार्य सँगै संग्लग्न गराउँछौं | किनकि मनले इन्द्रियहरुको समन्वयमा कार्य गर्छ |