NE/Prabhupada 0308 - आत्माको कर्तव्य कृष्ण भावना हो



Lecture -- Seattle, October 2, 1968

युवा (२): मनलाई कसरी नियन्त्रण गर्न सकिन्छ ?

प्रभुपाद: यो नै अभ्यास हो | तिमीले आफुलाई केवल कृष्ण भावनाका कार्यमा संग्लग्न गराऊ | यो व्यावहारिक छ | जस्तै जप, एउटा १० वर्षको बालक पनि संलग्न छ | उसको मन हरे कृष्णको ध्वनिमा एकाग्र छ | उसका अरु इन्द्रियहरु, खुट्टा र हात, तिनीहरु केही कार्य गर्दैछन्, नाच्दैछन् | यस प्रकार हामीले आफ्नो मनलाई, हाम्रा इन्द्रियहरुलाई सधैं कृष्ण भावनामा संग्लग्न गराउन प्रशिक्षण दिनुपर्छ | त्यसले तिमीलाई पूर्ण बनाउँछ | र त्यो सबैको लागि सम्भव छ | तिमिलाई कुनै पनि ठाउँमा बसेर केहि कृत्रिम ध्यान गर्नुपर्ने आवश्यकता छैन | जब तिमीले हरे कृष्ण जप्छौ, तत्काल तिम्रो मन मोडिन्छ, तत्काल तिमीले कृष्ण, उहाँका उपदेश, उहाँका कार्य सम्झिन्छौ | त्यसलाई प्रशिक्षण आवश्यक छ |

युवा (२): हामी सूर्यको किरण भएको कारण......

प्रभुपाद: हो |

युवा (२): के हामीले आफ्नो बारेमा सोच्न सक्छौं ?

प्रभुपाद: किन सक्दैनौं ? म पृथक छु |

युवा (२): जब हामीले सोच्छौं, के हामीले कृष्णको बारेमा सोचेका हुन्छौं ?

प्रभुपाद: यद्यपि म सुक्ष्म छु, तर म पृथक छु | मसँग सोच्ने, महशुस गर्ने, चाहने सम्पूर्ण शक्ति छ | हामीहरु त्यसो गर्दैछौं | हामी पृथक छौँ | तिमी यहाँ स्वेच्छाले आएका हौ | कसैले तिमीमाथि बल प्रयोग गरेन | यदि तिमी चाहन्छौ भने तिमी जान सक्छौ | कोहि यहाँ आउँछन् , कोहि कहिल्यै आउँदैनन् , कोहि दैनिक आउँछन् | किन ? तिमी सुक्ष्म भए तापनि तिमीसँग पृथकता छ | यो बद्ध अवस्थामा पनि तिमी यति धेरै स्वतन्त्र छौ | र जब तिमी मुक्त हुन्छौ, पूर्णतः आत्मा हुन्छौ, तिमीलाई थाहा छैन कि तिमीसँग कति धेरै स्वतन्त्रता हुन्छ | यसको मतलब हुँदैन कि तिमी सुक्ष्म छौ, तर तिमी आध्यात्मिक झिल्को हौ | के तिमीले देखेका छैनौ कि यो सुक्ष्म आध्यात्मिक झिल्कोलाई कुनै चिकित्सक वा चिकित्साशास्त्रले पत्ता लगाउन सकेको छैन, आत्मा कहाँ छ भनेर पत्ता लगाउन सकेको छैन, तर आत्मा विद्यमान छ | यो तथ्य हो | जब शरीरबाट आत्मा निस्किन्छ, तब शरीर बेकार हुन्छ | त्यो महोत्वपूर्ण तत्व के हो भनेर पत्ता लगाऊ | त्यो सम्भव छैन किनकि त्यो यति सुक्ष्म छ, कि तिम्रा यी भौतिक आँखा अथवा माइक्रोस्कोपले अथवा कुनै पनि स्कोपले पत्ता लगाउन सक्दैन | त्यसैले तिनीहरु भन्छन् कि आत्मा छैन | तर तिनीहरु कुन वस्तु जान्छ भनेर वर्णन गर्न सक्दैन् | त्यस्तो सुक्ष्म अंश रुपी आत्मा पनि यति महत्वपुर्ण हुन्छ कि, जबसम्म त्यस आत्मा शरीरमा रहन्छ, त्यसले शरीरलाई ताजा, राम्रो र सुन्दर बनाईराख्छ | तर जब त्यो जान्छ, तत्काल शरीर कुहिन सुरु गर्छ | हेर त | जस्तै एउटा औषधीको सुई | एउटा सानो थोपाले पनि एकदम तन्दुरुस्त राख्छ | यो त्यस्तै कुरा हो, यो धेरै शक्तिशाली छ | तिमीलाई आत्माको शक्ति कति छ भनेर थाहा छैन | त्यो तिमीले सिक्नुपर्छ | त्यो नै आत्मा साक्षात्कार हो | यो तपस्या गर्ने विधि, एउटा स्थानमा शान्त बस्ने जीवनको सबभन्दा भौतिक अवधारणा भएको परिस्थितिमा सिफारिश गरिन्छ | कसैले "के म यो शरीर हुँ ?" भनेर ध्यान गरोस् र विश्लेषण गरोस् | तिमीले देख्नेछौ, " होइन, म यो शरीर होइन | म यो शरीरभन्दा भिन्न छु |" त्यसपछि थप ध्यान: "यदि म यो शरीर होइन भने यी शारीरिक कार्यहरु कसरी सम्पन्न हुँदैछन् ?" यो उक्त सुक्ष्म अंश वा मेरो उपस्थितिको कारणले हुँदैछ | शरीर कसरी हुर्कंदैछ ? उक्त उपस्थितिको कारण | जस्तै यो बालक, यो बालकको सानो शरीर छ | भविष्यमा यो बच्चाको युवावस्था वा चौबीस वर्षको उमेरमा उसको शरीर धेरै बलियो र हृष्ट-पुष्ट हुनेछ | यो शरीर जानेछ, अर्को शरीर आउनेछ | यो कसरी सम्भव हुन्छ ? उक्त सुक्ष्म अंश रुपी आत्माको उपस्थितिको कारण | तर यदि उक्त आत्मालाई बाहिर निकालिन्छ वा त्यो जान्छ, यो शरीर थोरै पनि बढ्नेछैन वा परिवर्तन हुनेछैन | यी ध्यानका विषयहरु हुन् | तर जब तिमीले बुझ्छौ कि "म यो शरीर होइन | म आत्मा हुँ," तब अर्को स्तरमा "आत्माको कार्य के हो ?" भनेर बुझ्नुपर्नेछ | आत्माको कार्य भनेको कृष्ण भावना हो, कृष्ण भावनामा कार्य गर्नु | वर्तमान समयमा हामीले सिधै आत्माको कार्य गर्नुपर्छ; तब अरु वस्तुहरु स्वतः आउनेछन् | वर्तमान समयमा कुनै गुप्त स्थानमा गएर शान्तिपूर्वक तपस्या गर्न सम्भव छैन...... यस युगमा त्यो कार्य सम्भव छैन | त्यो सम्भव छैन | यदि तिमीले कृत्रिम रूपमा प्रयास गर्छौ भने तिमी असफल हुनेछौ | त्यसैले तिमीले यो विधि अपनाउनुपर्छ, हरेर् नाम हरेर् नाम हरेर् नाम एव केवलम् कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) कलियुगमा आत्म-साक्षात्कारको लागि हरे कृष्णको जप तथा कीर्तनबाहेक अन्य कुनै उपाय छैन | यो व्यावहारिक छ, यो वास्तविक तथ्य हो |