NE/Prabhupada 0310 - येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ



Lecture -- Seattle, October 2, 1968

प्रभुपाद : हँ ?

महापुरुष : प्रभुपाद, के कुनै विरोधाभाष छ, किनकि येशु र चैतन्य महाप्रभु दुवैजना कलियुगमा आउनुभयो, र येशुले भन्नुभयो कि, "भागवत प्राप्तिको एकमात्र मार्ग ममात्र हुँ | मेरो विश्वास गर अथवा ममा शरणागत होऊ," र चैतन्य महाप्रभुले सिकाउनु भयो कि यस युगमा हरि-नाम सङ्कीर्तन आत्म-साक्षात्कारको एकमात्र उपाय हो ?

प्रभुपाद : तिमीले के फरक पायौ ? यदि येशुले "म मार्फत" भन्नुहुन्छ भने त्यो भनेको उहाँ भगवानका प्रतिनिधि हुनुहुन्छ र हरि-नाम भगवान् हुनुहुन्छ | त्यसैले भगवानका प्रतिनिधि मार्फत वा भगवान् मार्फत, उही कुरा हो | भगवान् र भगवानका प्रतिनिधिबीच कुनै भिन्नता छैन | सामान्य व्यवहारमा पनि यदि मैले कोहि प्रतिनिधि पठाउँछु, यदि उसले मेरो पक्षमा कुनै हस्ताक्षर गर्छ भने मैले त्यो स्वीकार्नुपर्छ, किनकि ऊ मेरो प्रतिनिधि हो | त्यसैगरी, भगवान् समक्ष पनि भगवान् अथवा उहाँको प्रतिनिधि मार्फत जानुपर्छ | उही कुरा हो | बुझाइमा केही भिन्नता हुनसक्छ | किनकि येशुले यस्तो समाजलाई बताउनुभयो, जुन धेरै उन्नत थिएन | तिमीले बुझ्न सक्छौ कि त्यस्ता महान व्यक्तित्व, भागवत साक्षात्कार गरेका व्यक्तिलाई पनि सुलीमा चढाइयो | समाजको अवस्था बुझ्न सक्छौ | अर्को शब्दमा, त्यो तल्लो स्तरको समाज थियो | तिनीहरु भगवानको पूर्ण ज्ञान प्राप्त गर्न असक्षम थिए | त्यो नै पर्याप्त थियो | "भगवानले सृष्टि गर्नुभयो | यति मात्र बुझ |" तिनीहरु सृष्टिको प्रकृया बुझ्न सक्षम थिएनन् | तिनीहरु बुद्धिमान भएको भए तिनीहरुले येशु ख्रिस्टजस्ता महान व्यक्तित्वलाई सुलीमा चढाउँदैनथे | हामी उक्त समाजको अवस्था बुझ्नुपर्छ | जस्तै कोरानमा मुहम्मदले भन्नुहुन्छ कि "आजको दिनबाट तिमीले आफ्नी आमासँग यौन सम्बन्ध नराख |" समाजको अवस्था बुझ्ने प्रयास गर | हामीले समय, परिवेश, समाजको विचार गर्नुपर्छ | त्यस्तो समाजलाई उच्च-दर्शन सम्बन्धि शिक्षा दिन सम्भव छैन, जसरी भगवद्-गीतामा भनिएको छ | तर भगवान् अधिकारी हुनुहुन्छ भन्ने मुख्य तथ्य बाइबल र भगवद्-गीतामा दुवैमा स्वीकारिएको छ | बाइबलको सुरुवातमा "भगवान् परम अधिकारी हुनुहुन्छ" भनिएको छ र भगवद्-गीताको अन्त्यमा "तिमी शरणागत होऊ" भनिएको छ | के भिन्नता छ ? केवल समय, समाज, स्थान र मानिस अनुरुप व्याख्या छ | त्यति हो | तिनीहरु अर्जुन होइनन् | तिमी बुझ्छौ ? अर्जुनले बुझेका शिक्षाहरु येशु ख्रीष्टलाई सुलीमा चढाएका मानिसहरुले बुझ्न सम्भव छैन | तिमीले उक्त मनसायका साथ अध्ययन गर्नुपर्छ | उही कुरा | एउटा शब्दकोश, एउटा पाकेट शब्दकोश, बच्चाको शब्दकोश र अन्तर्राष्ट्रिय शब्दकोश, सबै शब्दकोश हुन् तर महत्व भिन्न हुन्छ | कुनै शब्दकोश एउटा समुहका बच्चाहरुको लागि हो, र अर्को शब्दकोश ठुला विद्वानको लागि हो | तर तिमीले कुनै एउटालाई "यो शब्दकोश होइन" भन्न सक्दैनौ | त्यो तिमीले भन्न सक्दैनौ | ती दुवै शब्दकोश हुन् | हामीले समय, स्थान, मानिस र धेरै कुराको विचार गर्नुपर्छ | जस्तै बुद्ध, उहाँले केवल भन्नुभयो कि "यो पशु-हत्या जस्तो बेकार प्रक्रिया बन्द गर |" उहाँको प्रचार यस्तो थियो | तिनीहरु यति तल्लो स्तरका मानिसका थिए कि तिनीहरु केवल पशु -हत्यामा आनन्द लिन्थे | त्यसैले तिनीहरुलाई उच्च स्तरमा उठाउनको लागि बुद्धले यो बेकार कार्य बन्द गर्न चाहनुहुन्थ्यो "कृपया हत्या बन्द गर |" विभिन्न समयमा भगवानका विभिन्न प्रतिनिधि अथवा स्वयं भगवान् मानिसलाई शिक्षा दिन आउनुहुन्छ | परिवेश अनुसार व्याख्यामा केही भिन्नता हुनसक्छ, तर मुख्य तथ्य भने एउटै हुन्छ | बुद्धले भन्नुभयो, "ठिक छ, भगवान् हुनुहुन्न, तर ममा शरणागत होऊ |" तब के असमानता रहन्छ ? त्यो भनेको मानिसले यो तरिकाले वा त्यो तरिकाले भगवानको अख्तियारी स्वीकार्नुपर्छ |