NE/Prabhupada 0316 - नक्कल गर्ने प्रयास नगर, त्यो धेरै खतरनाक हुन्छ



Lecture on SB 7.9.5 -- Mayapur, February 25, 1977

प्रभुपाद : हामी तुरुन्त पहिलो श्रेणीको भक्त बन्न सक्दैनौं | हामी हरिदास ठाकुरको नक्कल गर्न सक्दैनौँ | त्यो सम्भव छैन | तर थोरैमात्रामा | सङ्ख्या-पूर्वक​-नाम​-गान​-नतिभिः (षड्-गोस्वामी-अष्टक​) | हामीले अभ्यास गर्नुपर्छ | थोरै संख्यात्मक शक्ति हामीले पनि कायम राख्नुपर्छ | र हामीले त्यो बनाएका छौं, त्यसैले .... हाम्रा केही तथाकथित भक्तहरु मेरो निन्दा गर्छन् कि मैले केवल १६ माला बताएँ | होइन, किन १६ माला ? तिमीले तीन सय माला जप्न सक्छौ, तर न्युनतम १६ माला, किनकि हामीले धेरै समय दिन सक्दैनौं | हामी सधैँ व्यस्त हुनुपर्छ | तर एउटै ठाउँमा बसेर हरे कृष्ण मन्त्र निरन्तर जप्न कुनै बद्ध जीवको लागि सम्भव छैन - जबसम्म ऊ मुक्त हुँदैन | त्यसैले अनुकरण गर्ने प्रयास नगर | मेरो गुरु महाराजले कडा रुपमा वर्जित गर्नुभएको छ, "हरिदास ठाकुर, रुप गोस्वामी जस्ता ठुला व्यक्तित्वको अनुकरण गर्ने प्रयास नगर |" उहाँले भन्नुहुन्थ्यो, रूप गोस्वामी के मोघ वाञ्छा | रुप गोस्वामीले केवल लुंगी लगाउनुहुन्थ्यो ... त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणीं सदा तुच्छवत् भूत्वा दीन​-गणेशकौ करुणया कौपीन​-कन्था... त्यसैले कुनै लाभ प्राप्त हुँदैन, रुप गोस्वामीको अनुकरण गरेर, लुगाको अनुकरण गरेर र जब मौका हुन्छ, बिंडी पिउने | (हाँसो) यो नचाहिने कार्य नगर | कुनै फाइदा छैन, अनुकरण गरेर | अनुसरण गर, अनुकरण होइन | अनुकरण खतरनाक हुन्छ | अनुसरण​ | साधु-मार्गानुगमनम् | यो भक्ति हो | हामीले महान भक्तहरु, साधुहरुको पदचिह्न अनुसरण गर्ने प्रयास गर्नुपर्छ | हामी सक्दैनौ ... हामीले अनुसरण गर्ने प्रयास गर्नुपर्छ | अनुकरण गर्ने प्रयास नाराग | त्यो धेरै खतरनाक हुन्छ | हाम्रा केही भक्तहरुले छोडेर गए, "यहाँ कुनै भजन छैन,"(हाँसो) र अर्को गुरु प्राप्त गर्नको लागि मसँग आशिर्वाद माग्दै थिए | ऊ चाहन्छ कि म उसलाई गुरु प्राप्त गर्न आशिर्वाद दिउँ | यो मूर्खता राम्रो होइन | त्यसैले उत्तम कुरा भनेको महाजनो येन गतः स पन्थाः (चै च मध्य १७|१८६) | यहाँ महाजन हुनुहुन्छ | प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | बाह्र जना महाजनमध्ये प्रह्लाद महाराज एक महाजन हुनुहुन्छ | स्वयम्भूर् नारदः शम्भुः कपिलो मनुः प्रह्लादः (श्री भा ६|३|२०-२१) | प्रह्लाद महाराजको नाम यहाँ छ | जनको भीष्मो बलिर् वैयासकिर् वयम् (श्री भा ६|३|२०-२१) | प्रह्लाद महाराज महाजन हुनुहुन्छ | त्यसैले उहाँको अनुसरण गर | अनुसरण​ | साधु-मार्गानुगमनम् | प्रह्लाद महाराजले के गर्नुभयो ? उहाँलाई आफ्ना पिताले धेरै कठिन परिस्थितिमा राखे, तर उहाँले के गर्नुभयो ? उहाँले केवल कृष्णलाई सम्झिनुहुन्थ्यो, "म के गर्न सक्छु ? मेरा पिता मेरो विरुद्धमा हुनुहुन्छ |" त्यो मन्-मना भव मद्-भक्तः हो | र जब अन्तिममा पिताको वध भयो, उहाँले दण्डवत गर्नुभयो | त्यसैले यी चार कुराहरु, शुद्ध भक्त भएर चरणकमलको अनुसरण गर्ने | सर्वोपाधि-विनिर्मुक्तम् (चै च मध्य १९|१७०) | प्रह्लाद महाराजले कहिल्यै पनि "म हिरण्यकशिपुको छोरा हुँ" भनेर सोच्नुभएन | उहाँ सधैं सोच्नुहुन्थ्यो, "म नारद मुनिको दास हुँ |" त्यो उहाँले भन्नुभयो | जब नृसिंह​-देव​ले आशीर्वाद दिन चाहनुभयो, उहाँले भन्नुभयो, "कृपया मलाई तपाईको दास, नारद मुनिको सेवामा संग्लग्न गराउनुहोस्, जसबाट मैले यो शिक्षा प्राप्त गरें | " उहाँले कहिल्यै भन्नुभएन, "म पिताजिको सेवामा संग्लग्न हुन्छु |" छैन | किनकि उहाँले शिक्षा पाउनुभएको थियो ... चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | उहाँ पिता हुनुहुन्छ | अरु कोहि पिता होइनन् | चक्षुदान दिलो जन्मे जन्मे पिता सेइ | अर्को हरफ के छ ?

भक्तहरु : दिव्य ज्ञान हृदे प्रकाशितो |

प्रभुपाद : अँ, दिव्य ज्ञान हृदे प्रकाशितो | उहाँ पिता हुनुहुन्छ | हामीले सधैँ मनमा राख्नुपर्छ | आवेशमा आएर कृष्ण भावना नछोड |

धेरै, धेरै धन्यवाद |