NE/Prabhupada 0318 - सूर्यको प्रकाशमा आऊ
Lecture on BG 4.22 -- Bombay, April 11, 1974
वैष्णव कहिल्यै पनि मत्सरः हुँदैन | मत्सरः भनेको ... श्रीधर स्वामीले वर्णन गर्नुभएको छ | मत्सरता परा उत्कर्षणम् असहनम् | भौतिक संसार यस्तो छ कि यदि आफ्नै भाई खुसी भयो भने पनि तिमीलाई इर्ष्या लाग्छ, "ओहो मेरो भाई यस्तो खुसी भयो, म हुन सकिनँ |" यो प्राकृतिक छ | इर्ष्या गर्ने प्रवृत्ति | किनकि इर्ष्या गर्ने प्रवृत्ति कृष्णबाट सुरु भएको हो, "किन कृष्ण मात्र भोक्ता हुने ? म पनि भोग गर्छु |" यस्तो इर्ष्याबाट सुरु भएको हो | त्यसैले सारा भौतिक जीवन इर्ष्याले भरिपूर्ण छ | म तिम्रो इर्ष्या गर्छु, तिमी मेरो इर्ष्या गर्छौ | भौतिक संसारको कार्य यहि हो | त्यसैले यहाँ विमत्सरः, इर्ष्या नगर्न भनिएको छ | कृष्णको भक्त नभएसम्म कसरी निःस्वार्थ हुन सकिन्छ ? उसमा इर्ष्यालु हुनुपर्छ | प्रकृति यस्तो हुन्छ | त्यसैले, श्री भागवतमा भनिएको छ धर्मः प्रोज्झित-कैतवो ऽत्र परमो निर्मत्सराणाम्, वास्तवं वस्तु वेद्यम् अत्र (श्री भा १|१|२) | धर्म ... धेरै धार्मिक सिद्धान्तहरु छन् | इर्ष्या विद्यमान छ | तथाकथित धार्मिक विधि, पशुको घाँटी काट्ने | किन ? यदि तिमी यति दुरदर्शी छौ, यदि तिमी जहाँ पनि नारायणलाई देख्छौ भने, किन तिमीले खसीको, गाईको र अन्य पशुको घाँटी काट्दैछौ ? तिमीमा उनीहरुप्रति पनि करुणा हुनुपर्छ | तर त्यस्तो करुणा भक्त, विमत्सरः नभएसम्म व्यक्त गर्न सकिंदैन | निर्मत्सरः | त्यसैले मत्सरता, इर्ष्या गर्ने प्रवृत्तिले भरिएको तथाकथित धार्मिक सिद्धान्तलाई कैतव-धर्म भनिन्छ, धर्मको नाममा ठगी गर्ने | यस भागवत चेतना ठग धर्म होइन | यो धेरै दुरदर्शी छ | तितिक्षवः कारुणिकाः सुहृदः सर्व-भूतानाम् (श्री भा ३|२५|२१) | यो कृष्ण भावनामृत अभियान भनेको सबैजना सबैको साथी बन्न चाहन्छन् | अन्यथा यदि एउटा कृष्ण भावनाभावित व्यक्तिले त्यसो सोचेन भने किन उसले सारा संसारभर कृष्ण भावनाको प्रचार गर्न जोखिम उठाउनुपर्यो ? विमत्सरः | मानिसले बुझ्नुपर्छ कि कृष्ण भावना यति राम्रो छ कि सबैजनाले यसको आस्वादन गर्नुपर्छ, सबैजना यसमा सहभागी हुनुपर्छ | कृष्ण भवन भनेको भगवान चेतना | किनकि मानिसहरु भागवत चेतनाको कमीले पीडित छन् | यो पीडाको कारण हो |
- कृष्ण-बहिर्मुख हञा भोग वाञ्छा करे
- निकट-स्थ माया तारे जापटिया धरे
- (प्रेम-विवर्त)
यो सुत्र हो | जब हामीले कृष्णलाई बिर्सन्छौं, तत्काल त्यहाँ माया हुन्छिन् | जस्तै घाम र छायाँ सँग-सँगै हुन्छन् | यदि तिमी घाममा रहँदैनौ भने तिमी छायाँमा बस्नुपर्छ | यदि तिमी छायाँमा बस्दैनौ भने तिमी घाममा आउनुपर्छ | त्यसैगरी यदि हामी कृष्ण भावना स्वीकार्दैनौं भने हामीले माया चेतना स्वीकार्नुपर्छ | र यदि हामीले माया चेतना स्वीकार्दैनौं भने हामीले कृष्ण भावना स्वीकार्नुपर्छ | सँग-सँगै | कृष्ण भावना भनेको अन्धकारमय चेतनामा नरहनु | तमसि मा ज्योतिर् गम | त्यो वैदिक ज्ञान हो, "अन्धकारमा नबस |" र त्यो अन्धकार के हो ? त्यो अन्धकार भनेको जीवनको शारीरिक अवधारणा |