NE/Prabhupada 0330 - सबैले व्यक्तिगत रुपमा आफ्नो ख्याल राख्नुपर्छ
Lecture on BG 1.26-27 -- London, July 21, 1973
यदि हामीले सोच्छौँ कि "यो भौतिक संसारमा म सुरक्षित हुनेछु, मलाई समाज, मित्रता, प्रेम, राष्ट्र, राजनीति र समाजशास्त्रले मदत गर्नेछ," "होइन, होइन, त्यो सम्भव छैन | " त्यो सम्भव छैन | तिमीले आफ्नो रक्षा आफैं गर्नुपर्छ | तिम्रा तथाकथित समाज, मित्र, प्रेम, राष्ट्रले कहिल्यै तिम्रो मदत गर्न सक्दैनन् | किनकि तिमी मायाको बन्धनमा छौ | दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया (भ गी ७|१४)| प्रकृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः अहङ्कार-विमूढात्मा कर्ताहम् इति मन्यते (भ गी ३|२७)| तिमि मायाको बन्धनमा छौ | तिमी स्वतन्त्र छैनौ | न कसैसँग तिमीलाई बचाउनको लागि स्वतन्त्रता छ | त्यो सम्भव छैन | मैले कहिलेकहीं दिने उदाहरण जस्तै, कि तिमी हवाईजहाज चलाउन सिक्छौ | तिमी आकाशमा धेरै माथि जान्छौ | तर यदि तिमी खतरामा पर्यौ भने अरु कुनै हवाईजहाजले तिमीलाई मदत गर्न सक्दैन | तिमी सकिन्छौ | त्यसैले तिमी आफ्नो ख्याल राख्न धेरै सतर्क पाइलट हुनुपर्छ | त्यसैगरी, यो भौतिक संसारमा सबैले व्यक्तिगत रुपमा आफ्नो ख्याल राख्नुपर्छ | उसलाई मायाको बन्धनबाट कसरी बचाउन सकिन्छ | यो कृष्ण भावानामृत अभियान हो | एउटा शिक्षकले तिमीलाई मार्गनिर्देशन दिन सक्छन् | आचार्यले तिमीलाई मार्गनिर्देशन दिन्छन् कि "तिमी यो तरिकाले बच्न सक्छौ |" तर कर्तव्य सम्पन्न गर्नुपर्ने जिम्मा भने तिम्रो हातमा छ | यदि तिमीले आध्यात्मिक कर्तव्य राम्ररी सम्पन्न गर्यौ भने तिमी बच्छौ | अन्यथा, यदि आचार्यले तिमीलाई ज्ञान दिएपनि, यदि तिमीले पालन गर्दैनौ भने तिमी कसरी जोगिन्छौ ? उनलेले तिमीलाई आफ्नो उपदेश, आफ्नो कृपाद्वारा सम्भव भएसम्म बचाउन सक्छन् | तर तिमीले गम्भीरतापूर्वक त्यसलाई आफ्नो हातमा लिनुपर्छ |
त्यसैले समस्या भनेको..... अर्जुनले अहिले यो समस्या भोग्दैछन् | यो साधारण समस्या हो | देहापत्य-कलत्रादिषु | देहापत्य | देह अर्थात् यो शरीर | अपत्य अर्थात् बच्चाहरु | कलत्र अर्थात् श्रीमती | देहापत्य-कलत्रादिष्व् आत्म-सैन्येष्व् असत्स्व् अपि (श्री भा २|१|४)| हामीहरु सोच्दैछौँ कि "हामीलाई यी सैनिकहरुले बचाउनेछन् | मसँग छोरा, नाति, हजुरबुवा, ससुरा , ज्वाईं, समाज, मित्र र प्रेम छन् |" सबैले त्यसरी सोच्दैछन् | "मेरो देश, मेरो समाज, मेरो सिद्धान्त, मेरो राजनीति |" होइन | कसैले तिमीलाई बचाउन सक्दैन | देहापत्य-कलत्रादिषु असत्सु अपि |" तिनीहरु सबै अस्थायी हुन् | तिनीहरु आउँछन् र जान्छन् | असत्सु अपि | परमत्तो तस्य निधनं पश्यन्न् अपि न पश्यति | जुन मानिस यो समाज, मित्रता र प्रेमप्रति धेरै आशक्त छ, ऊ प्रमत्त हो | प्रमत्त अर्थात् पागल मानिस | पश्यन्न् अपि न, तस्य निधनम् | उसले देख्दैन | यद्यपि उसले देख्दैछ कि "मेरा पिताको मृत्यु भयो | जब म बच्चा थिएँ, मलाई पिताले सुरक्षा दिनुहुन्थ्यो | अहिले मेरो पिताको मृत्यु भयो | मलाई कसले सुरक्षा दिंदैछ ? के मलाई सुरक्षा दिन पिता जीवित छन् ? मलाई कसले सुरक्षा दिंदैछ ? मेरी आमाले मलाई सुरक्षा दिनुहुन्थ्यो | अहिले मलाई कसले सुरक्षा दिंदैछ ? म परिवारमा थिएँ, मेरा छोराहरु, मेरा छोरीहरु, मेरी श्रीमती, तर मैले उनीहरुलाई त्यागें | अब मलाई कसले सुरक्षा दिन्छ ?" वास्तावमा, तिमीलाई सधैं कृष्णले सुरक्षा दिनुहुन्छ | तिम्रा समाज, मित्र र प्रेमले होइन | तिनीहरु समाप्त हुन्छन् |