NE/Prabhupada 0336 - यो कसरी भयो कि उनीहरु भगवानको लागि पागल छन्?



Lecture on SB 1.2.5 -- Aligarh, October 9, 1976

अहिले तिमी यो देशमा छौ, मानौँ भारतमा, र अर्को जन्ममा, तिमीले शरीर परिवर्तन गर्नुपर्ने कारण, अर्को जीवनमा तिमीले भारतमा जन्म नलिन सक्छौ | तिमीले कुनै स्वर्गीय लोक अथवा पशु समाजमा जन्म लिन सक्छौ | किनकि हामी निश्चित हुन सक्दैनौं | कृष्ण भन्नुहुन्छ तथा देहान्तार प्राप्तिर् | मृत्यु भनेको शरीर परिवर्तन गर्नु | तर तिमीले कस्तो शरीर पाउँदैछौ, त्यो परम व्यवस्थामा निर्भर हुन्छ | तर तिमीले पनि व्यावस्था गर्न सक्छौ | जस्तै यदि तिमीले चिकित्सकीय परिक्षा उत्तीर्ण गर्छौ भने तिमी चिकित्सकीय अधिकृत बन्ने सम्भावना हुन्छ, तिमीले सरकारी चिकित्सकीय सेवा गर्न सक्छौ, तर, तिमीलाई चिकित्सक समितिले छनौट गर्नुपर्छ | धेरै शर्तहरु हुन्छन् | त्यसैगरी अर्को शरीर प्राप्त गर्न तिमीले छनौट गर्न सक्दैनौ | त्यो छनौट परम अधिकारीमा निर्भर हुन्छ | कर्मणा दैव नेत्रेण जन्तुर् देहोपपत्तये (श्री भा ३|३१|१)| र हामीलाई अर्को जीवन कस्तो हुन्छ भनेर थाहा छैन | न हामी प्रयास गर्छौं कि अर्को जीवन के हुनेछ | हामीले यो शरीर त्यागेपछि अर्को शरीर स्वीकार्नुपर्छ | त्यसैले हामी त्यसको लागि तयार हुनुपर्छ | भगवद् गीतमा वर्णित छ कि तयारी भनेको यान्ति देव​-व्रता देवान् (भ गी ९|२५)| जब तिमी उच्च लोकमा जान तयार हुन्छौ, चन्द्रलोक, सूर्यलोक, इन्द्रलोक, स्वर्गलोक, ब्रह्मलोक, जनलोक, महर्लोक, तपोलोक - सयौँ लोकहरु छन् | यदि तिमी त्यहाँ जान चाहन्छौ भने तिमी त्यहि अनुरुप तयारी गर | यान्ति देव​-व्रता देवान् पितृन् यान्ति पितृ-व्रताः | यदि तिमीलाई पितृलोक जान चाहन्छौ भने तिमी त्यहाँ जान सक्छौ | यदि तिमीलाई उच्च लोक, देवलोकमा जान चाहन्छौ भने तिमी त्यहाँ जान सक्छौ | यदि तिमी यहाँ रहन चाहन्छौ भने तिमी यहाँ रहन सक्छौ | यदि तिमी गोलोक वृन्दावन जान चाहन्छौ भने, मद्-याजिनो ऽपि यान्ति माम् (भ गी ९|२५)| तिमी त्यहाँ जान सक्छौ | घर जान सक्छौ, भगवद् धाम फर्कन सक्छौ | त्यो सम्भव छ | कृष्ण भन्नुहुन्छ त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति (भ गी ४|९)| यदि तिमी चाहन्छौ भने तिमी घर, भगवद् धाम जान सक्छौ | त्यो सम्भव छ | त्यसैले बुद्धिमान मानिसहरुलाई थाहा हुनुपर्छ "यदि म देवलोक गएँ भने त्यहाँ जानुको परिणाम के हुन्छ | यदि म पितृलोक गएँ भने के परिणाम प्राप्त हुन्छ | यदि म यहाँ बसेँ भने के परिणाम प्राप्त हुन्छ | र यदि म घर, भगवद् धाम गएँ भने के परिणाम प्राप्त हुन्छ |" पूर्ण परिणाम भनेको यदि तिमी घर, भगवद् धाम फर्किन सक्छौ भने कृष्णले त्यसको परिणाम बताउनुहुन्छ | परिणाम यो हुन्छ कि त्यक्त्वा देहं पुनर् जन्म नैति (भ गी ४|९), कि यो भौतिक संसारमा तिमीले पुनः जन्म लिनेछैनौ | त्यो परम लाभ हो | पुनर् जन्म नैति माम् एति |

माम् उपेत्य तु कौन्तेय दुःखालयम् अशाश्वतम्
नाप्नुवन्ति महात्मानः संसिद्धिं परमां गताः
(भ गी ८|१५)|

त्यो परम पूर्णता हो |

त्यसैले यहाँ भनिएको छ, स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६) | यदि तिमी घर, भगवद् धाम फर्कन चाहन्छौ भने यतो भक्तिर् अधोक्षजे | तिमीले यो विधि अपनाउनुपर्छ, भक्ति | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भ गी १८|५५)| कृष्ण, अथवा परमेश्वरलाई कर्म, ज्ञान, योगले बुझ्न सकिंदैन | कुनै पनि विधि कृष्णलाई बुझ्न पर्याप्त हुँदैन | त्यसैले तिमीले कृष्णले सिफारिश गर्नुभएको यो विधि अपनाउनुपर्छ | भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः (भ गी १८|५५)| हामी कृष्ण लिलामा तबसम्म प्रवेश गर्दैनौं, जबसम्म भक्तहरु त्यसमा प्रवेश गर्नुहुन्न | व्यवसायिक मानिसहरु होइन | त्यो वर्जित छ | चैतन्य महाप्रभु कहिल्यै पनि सहभागी हुनुभएन | किनकि कृष्ण सम्बन्धि उक्त विषय केवल भक्तिदद्वारा बुझ्न सकिन्छ | यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६)| भक्ति बिना त्यो सम्भव छैन | यदि मानिस भगवद्-धाम फर्कन चाहन्छ भने उसले भक्ति विधि पालन गर्नुपर्छ | त्यो कृष्ण भावनामृत अभियान हो | हाम्रो अभियान, कृष्ण भावनामृत अभियानले मानिसहरुलाई भक्तिमय सेवा र भगवद्-धाम जाने प्रक्रिया सम्बन्धि शिक्षा प्रदान गर्छ | र यो त्यति कठिन कार्य होइन | यो धेरै सजिलो छ | यदि यो सजिलो नभएको भए युरोपेली, अमेरिकीहरुले किन गम्भीरतापूर्वक लिंदैछन् ? मलाई लाग्छ यो अभियान सुरु हुनुभन्दा दश वर्ष अगाडि, धेरैलाई थाहा थिएन कि कृष्ण को हुनुहुन्छ | अहिले तिनीहरु सबै भक्त भएका छन् | इशाई पादरीहरुपनि चकित छन् | बोस्टनमा, एउटा इशाई पादरीले स्वीकारे कि "यी केटाहरु हाम्रा केटाहरु हुन् , इशाई पृष्ठभूमि अथवा यहूदी पृष्ठभूमिबाट आएका हुन् | यो अभियान अगाडि तिनीहरु हामीलाई देख्न पनि चाहँदैनथे, न त भगवानको बारेमा केहि सोध्थे, न त चर्च आउँथे | तिनीहरुले पूर्ण रुपमा अस्वीकार गरेका थिए | र अहिले, यो कसरी भयो कि तिनीहरु भगवानको लागि पागल छन् ?" तिनीहरु चकित छन् | "किन ? किन तिनीहरु यस्तो...?" किनकि तिनीहरुले यो विधि अपनाए | यो विधि महत्वपूर्ण छ | केवल मनगढन्ते ... भक्ति भनेको सैद्धान्तिक प्रक्रिया होइन | यो व्यवहारिक हुन्छ | यतो भक्तिर् अधोक्षजे | यदि तिमी भक्ति विधि ग्रहण गर्न चाहन्छौ भने यो केवल कल्पना होइन | तिमी स्वयं यो विधिमा संलग्न हुनुपर्छ | यतो भक्तिर् अधोक्षजे |

त्यो विधि भनेको

श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद​-सेवनम्
अर्चनं वन्दनं दास्यं सख्यम् आत्म​-निवेदनम्
(श्री भा ७|५|२३)