NE/Prabhupada 0344 - श्रीमद्-भागवतम्, केवल भक्तिसँग सम्बन्धित



Lecture on SB 3.26.11-14 -- Bombay, December 23, 1974


व्यसदेवले सम्पूर्ण वैदिक ग्रन्थ लेखिसकेपछि, उहाँ सन्तुष्ट हुनुभएको थिएन | उहाँले चार वेदको रचना गर्नुभयो, त्यसपछि पुराणहरु - पुराणहरु भनेको वेदहरुको पूरक हुन् - र त्यसपछि वेदान्त-सुत्र, वैदिक ज्ञानको अन्तिम शब्द, वेदान्त -सुत्र | तर उहाँ सन्तुष्ट हुनुभएको थिएन | नारद मुनि, आहाँको अध्यात्मिक गुरु, उहाँले सोध्नुभयो : "यति धेरै पुस्तक लेखेर, मानव समाजलाई यति धेरै ज्ञान दिएर पनि तिमी किन असन्तुष्ट छौ ?" तब उहाँले भन्नुभयो, "महाशय, मलाई थाहा छ कि मैले रचना गरें...तर म सन्तुष्ट भएको छैन | मलाई त्यसको कारण के हो भनेर पनि थाहा छैन |" तब नारद मुनिले भन्नुभयो, "तिमीले भगवानका दिव्य लिलाहरुको विवरण प्रस्तुत नगर्नु नै यो असन्तुष्टिको कारण हो | त्यसैले तिमी सन्तुष्ट छैनौ | तिमीले केवल बाहिरी तत्त्व प्रस्तुत गर्यौ, तर भित्री तत्त्व सम्बन्धि कुनै विवरण प्रस्तुत गरेनौ | त्यसैले तिमी असन्तुष्ट छौ | अब तिमी उक्त कार्य पुरा गर |" आफ्नो आध्यात्मिक गुरु नारद मुनिको निर्देशनमा रहेर व्यासदेवले आफ्नो परिपक्क योगदान, श्रीमद्-भागवतम् प्रस्तुत गर्नुभयो | श्रीमद्-भागवतम् अमलं पुराणं यद् वैष्णवानां प्रियम् | त्यसैले वैष्णवहरु श्रीमद्-भगवतमलाई अमलं पुराणंको रुपमा लिन्छन् |

अमलं पुराणं भनेको ... अमलम् भनेको कल्मष रहित | यी अन्य सबै पुराणहरु, तिनिहरुले कर्मयोग ,ज्ञानयोग सम्बन्धि धारणा प्रस्तुत गर्छन् | त्यसैले तिनीहरुलाई समलम् भनिन्छ, भौतिक रुपले दुषित | श्रीमद्-भागवतम् केवल भक्तिसँग सम्बन्धित छ; त्यसैले यो अमलम् हो | भक्ति भनेको प्रत्यक्ष रुपमा भगवानसँग सम्बन्धित, भक्त र भगवान्, र लेनदेन भनेको भक्ति हो | त्यहाँ भगवान् हुनुहुन्छ, र त्यहाँ भक्त हुन्छन्, मालिक र नोकर जस्तै | र मालिक र नोकर बिचको सम्बन्ध वा लेनदेन भनेको सेवा हो | त्यसैले हामीले सेवा... यो हाम्रो प्राकृतिक गुण हो | हामी सेवा गर्दैछौँ | तर भौतिक तत्त्वसँगको मिलनले हाम्रो चेतना, चित्त दुषित भएको कारण हामी छुट्टै किसिमले सेवा गर्न खोज्दैछौँ | कोहि परिवारको लागि, कोहि गाउँको लागि, कोहि समाजको लागि, कोहि देशको लागि , कोही मानवताको लागि, अन्य धेरै-धेरै सेवा, तर यी सबै सेवाहरु दुषित छन् | तर जब तिमीले यो कृष्णभावनामा आफ्नो सेवा सुरु गर्छौ, तब त्यो पूर्ण सेवा हुन्छ | त्यो पूर्ण जीवन हुन्छ | कृष्णभावनामृत अभियानले मनाव समाजलाई सेवा गर्ने स्तरसम्म उठाउने प्रयास गरिरहेको छ |

धेरै धेरै धन्यवाद |