NE/Prabhupada 0350 - हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौं



Lecture on BG 7.2 -- Nairobi, October 28, 1975


ब्रह्मानन्द: उसले भन्दै छ कि वेदमा बताइए अनुसार हामीले बुझ्न सक्छौँ कि कृष्ण असिमित हुनुहुन्छ, विशेषगरी, जब उहाँ गोपीहरुसँग रास-लिलामा सहभागी हुनुहुन्थ्यो | यदि कृष्ण असिमित हुनुहुन्छ भने, किन उहाँ....... ?

भारतीय मानिस: आफुलाई सारा संसारभरि विस्तार गर्नुहुँदैन, जसको मद्दतले सबै जीवहरुले भगवद्‌-धाम जाने समान अवसर प्राप्त गर्न सक्थे ?

ब्रह्मानन्द : किन उहाँ सारा संसारभरिविस्तारित हुनुहुँदैन, जसको मद्दतले सबै जीवहरुसँग समान अवसर......?

प्रभुपाद : उहाँ सारा संसारमा विस्तारित हुनुहुन्छ, तर तिमीसँग उहाँलाई देख्ने आँखा छैन | त्यो तिम्रो कमजोरी हो | कृष्ण सर्वत्र विराजमान हुनुहुन्छ | तर, जस्तै सूर्यअहिले आकाशमा अवस्थित छ | तर किन तिमीले देख्दैनौ ? हँ ? यसको उत्तर देऊ | के तिमीलाई लाग्छ कि आकाशमा सूर्य छैन ? कौंसीमा जाऊ र सूर्यलाई हेर | (हाँसो) किन तिमी आफुलाई मूर्ख साबित गर्छौं, कि "होइन, होइन, त्यहाँ सूर्य छैन "? के त्यो स्वीकार्य छ ? तिमीले सूर्यलाई देख्न सक्दैनौ भन्दैमा के त्यहाँ सूर्य छैन ? के यो कुनै विद्वान् मानिसले स्वीकार गर्छ ? रातको समयमा तिमीले सूर्य देख्न सक्दैनौ . यदि तिमीले कुनै विद्वान् मानिसलाई भन्दछौ कि, "होइन, होइन त्यहाँ सूर्य छैन " के ती विद्वान्‌ले त्यस्तो कुरा स्वीकार गर्छन् ? उनले भन्नेछन् कि "त्यहाँ सूर्य छ | तिमी मूर्ख भएको कारण तिमीले देख्न सक्दैनौ |" त्यति हो | "केवल आफ्नो मूर्खता त्यागीदेऊ | तब तिमीले देख्नेछौ |" नाहं प्रकाशः सर्वस्य योग​-माया-समावृतः (भ गी ७|२५), कृष्णले भन्नुभयो | उहाँ धूर्तहरुको अगाडि प्रकट हुनुहुन्न, तर जसलाई थाहा छ, उसले कृष्णलाई देख्न सक्छ | प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सदैव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​... (ब्र स ५|३८) भक्तहरु सधैँ कृष्णलाई देख्छन् | भक्तहरुको लागि कृष्ण सधैं उनीहरुको सामु हुनुहुन्छ | र मूर्खहरुको लागि, उहाँलाई देख्न सम्भव छैन | त्यो नै भिन्नता हो | त्यसैले तिमी मूर्खतारहित बन्नुपर्दछ; तब तिमीले देख्नेछौ | ईश्वरः सर्व​-भूतानां हृद्-देशे अर्जुन तिष्ठति (भ गी १८|६१) | कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ | तर के तिमीलाई यो कुरा थाहा छ ? के तिमीले देख्न सक्छौ ? के तिमी उहाँसँग कुरा गर्न सक्छौ ? उहाँ तिम्रो हृदयमा हुनुहुन्छ, उहाँ विराजमान हुनुहुन्छ | तर उहाँ कोसँग कुरा गर्नुहुन्छ ? तेषां सतत​-युक्तानां भजतां प्रीति-पूर्वकम्, ददामि बुद्धि-योगं तम् (भ गी १०|१०)| उहाँ त्यो भक्तसँग कुरा गर्नुहुन्छ जो चौबिसै घण्टा उहाँको सेवामा संलग्न हुन्छन् | यी कुराहरु भगवद्-गीतामा उल्लेख गरिएको छ | तिमी भगवद्-गीता पढदैनौ ? सबै कुराको लागि योग्यता चाहिन्छ | यस कृष्णभावनामृत अभियान भनेको हामी मानिसलाई कृष्ण देख्नको लागि योग्य बनाउन प्रयासरत छौँ | बिना कुनै योग्यता, तिमीले कसरी देख्न सक्छौ ? त्यसको लागि योग्यता चाहिन्छ |