NE/Prabhupada 0355 - म केहि क्रान्तिकारी कुरा बोल्दैछु



Lecture on SB 5.5.1-8 -- Stockholm, September 8, 1973


कामान् भनेको जीवनका आवश्यकताहरु हो | तिमीले आफ्नो जीवनका आवश्यकताहरु सजिलै प्राप्त गर्दछौ | खेतमा हलो जोतेर, तिमीले अन्न प्राप्त गर्दछौ | र यदि त्यहाँ गाई छ भने दुध प्राप्त गर्दछौ | त्यति हो | त्यति पर्याप्त छ | तर नेताहरुले योजना बनाइरहेका छन्, यदि उनीहरु खेतीपतीमा सन्तुष्ट भए भने, थोरै अन्न र दुधले सन्तुष्ट भए भने उद्योगमा कसले काम गर्नेछ ? त्यसैले उनीहरुले भारि कर लगाएका छन् ताकि तिमीहरु साधारण जिन्दगी पनि बाँच्न सक्दैनौ - यो अहिलेको अवस्था हो | तिमीले इच्छा गर्छौ भने पनि आधुनिक नेताहरुले तिमीलाई स्वीकृति दिंदैनन् | उनीहरु तिमीलाई कुकुर बिरालो जसरी काम गराउन चाहन्छन् | यो नै अहिलेको अवस्था हो | तर पनि, हामी धेरै कष्ट गर्नबाट टाढा बस्नुपर्दछ | सरकारले मेरो विरुद्धमा कार्यवाही पनि गर्न सक्छ, किनकि मैले केहि क्रान्तिकारी कुरा बोल्दैछु | हो | तर त्यो तथ्य हो | तिमीले किन काम गर्नुपर्‍यो ? भगवान्‌ले चरा, पशु, जनावर, कमिलालाई त सुविधा दिनुभएको छ, यदि म उहाँको भक्त बन्छु भने के उहाँले मलाई खान दिनुहुन्न होला त ? मैले के गल्ति गरेको छु ? त्यसैले त्यस्तो भौतिक स्थितिमा उत्तेजित नहोऊ | तिम्रा जीवनका सम्पूर्ण आवश्यकताहरु पूरा हुनेछन्, तर तिमीले आफुलाई कृष्ण भावनामा दृढ राख्न जरुरि छ | यी अनावश्यक आस्थाबाट उत्तेजित नहोऊ |

धेरै धेरै धन्यवाद |