NE/Prabhupada 0357 -म नास्तिक सभ्यताको विरुद्धमा एउटा क्रान्ति सुरु गर्न चाहन्छु



Morning Walk -- December 11, 1973, Los Angeles


प्रभुपाद: मेरो स्वास्थ्य सधैं राम्रो हुँदैन । तर किन म अझै कोसिस गर्दैछु ? त्यो मेरो महत्वाकांक्षा हो | म एउटा क्रान्ति सुरु गर्न चाहान्छु | उनीहरुको भगवान् बिनाको सभ्यताको विरुद्धमा | त्यो मेरो महत्वाकांक्षा हो | अमेरिकीहरु यो मार्गमा शिक्षित हुनेमध्येका श्रेष्ठ मानिस हुनेछन्, उनीहरु अगुवा हुनेछन् | उनीहरु अहिले पनि अगुवा छन्, तर अब उनीहरु वास्तविक अगुवा हुनुपर्छ, ताकी सारा संसारनै खुसी हुन सकोस् | त्यो मार्ग मैले देखाउन सक्छु | यदि ठुल्ठुला अमेरिकी सज्जनहरु मकहाँ आए भने, मैले उनीहरुलाई संसारको अगुवा बन्नका लागि निर्देशन दिन सक्छु । वास्तविक अगुवा, झुटो अगुवा हैन | किनकि धेरै कुराहरुमा भगवानले उनीहरुलाई कृपा गर्नुभएको छ | र यो आन्दोलन पनि अमेरिकाबाट सुरु भएको हो | मैले यो आन्दोलन न्यु योर्कबाट सुरु गरेको हुँ | त्यसैले सरकारले यसलाई धेरै गम्भीरतापूर्वक लिन जरुरि छ | ( विराम )

हृदयानन्द​ : हजुर भन्नुहुन्छ कि अमेरिका धेरै महत्वपूर्ण छ ?

प्रभुपाद : हो |

हृदयानन्द​ : हजुर सोच्नुहुन्छ ......

प्रभुपाद: त्यसैले म तिम्रो देशमा आएँ.....

हृदयानन्द​ : सायद....

प्रभुपाद......किनकि तिमी धेरै महत्वपूर्ण छौ | अब तिमीले....मेरो नेतृत्वमा तिमी वास्तविक रुपमा महत्वपूर्ण हुनुपर्छ, मिथ्या रुपमा महत्वपूर्ण होइन | हृृदयानन्द​ : सायद म यहीं बसेर प्रचार गर्नुपर्छ |

प्रभुपाद: हँ ?

हृृदयानन्द : यदि यो धेरै महत्वपूर्ण छ भने मलाई लाग्छ कि म यहीं बसेर रूपानुग​लाई मद्दत गर्नुपर्छ |

प्रभुपाद : हो | आफ्नो देशलाई भागवत चेतनामा परिवर्तन गर, किनकि उनीहरुले संविधानमा घोषणा गरेका छन् ,"हामी भगवान्‌मा विश्वास गर्दछौं |" अब उनीहरुले यसलाई गम्भिरतापूर्वक लिन जरुरि छ | "भगवान्" भन्नाले के बुझिन्छ ? " विश्वास" भनेको के हो ? तिमीले यसको प्रचार गर | हामीले वास्तवमा गर्दैछौं | हामी भगवान्‌मा विश्वास गर्छौं; तसर्थ हामीले आफ्नो पूरा जीवन भगवान‌्‌का लागि समर्पण गरेका छौं | यो नै भगवान्‌प्रतिको विश्वास हो | यो होइन कि कुनै बैठकमा धूम्रपान गरेर बस्ने, र भगवान्‌प्रति विश्वास छ भन्ने | त्यस्तो प्रकारको विश्वास होइन । वास्तविक विश्वास ।