NE/Prabhupada 0381 - दशावतार स्तोत्र तात्पर्य
Purport to Sri Dasavatara Stotra -- Los Angeles, February 18, 1970
प्रलय-पयोधि-जले-धृतवान असि वेदम्, विहित-वहित्र-चरित्रम अखेदम् | आजको दिन भगवान कृष्ण बराह अवतारमा आउनु भएको दिन हो | उहाँले पृथ्वीलाई गर्भोदक समुन्द्रबाट उठाउनु भएको थियो | जुन ब्रह्माण्ड हामी देख्दै छौ, त्यो केवल आधा हो | अर्को आधा पानीले भरिएको छ, र त्यो पानीमा गर्भोदकशायी विष्णु सुत्नुभएको छ | त एक दानव हिरान्यक्ष, उसले यो पृथ्वीलाई पानी तल लिएर गयो, र भगवान कृष्णले पृथ्वीको पानीबाट उद्धार गर्नुभयो, बराह अवतार मा | त त्यो शुभ दिन आज हो , वराह - द्वदशी | यसलाई वराह -द्वदशी भनिन्छ | त यो दिनमा भगवानको विभिन्न अवतारहरुको बारेमा गाउँन राम्रो हुन्छ | पहिलो अवतार माछाको हो | त ये प्राथना जयदेव गोस्वमीद्वारा अर्पित भएको हो | एक वैष्णव कवि, जो चैतन्य महाप्रभु भन्दा सात सय वर्ष अघाडी आउनुभएको थियो | उहाँ एक महान भक्त हुनुहुन्थ्यो, र उहाँको विशिष्ट कविता, गित - गोविन्द, दुनिया भरि प्रख्यात छ | गित - गोविन्द | गित - गोविन्दको विषय भनेको कृष्णले राधारानीका लागी मुरली बजाएको बारेमा छ | यो गित - गोविन्दको विषय सुची हो | उही कवि, जयदेव गोस्वमीले यो प्राथना अर्पण गर्नुभएको हो, प्रलय-पयोधि-जले-धृतवान असि वेदम् | उहाँ भन्नुहुन्छ, " मेरो प्यारो भगवान, जब यो दुनियामा प्रलय आएको थियो, सबै तिर पानीले भरिएको थियो | त्यो समयमा तपाईले वेदहरुलाई एउटा डुंगामा राखेर बचाउनुभएको थियो | र त्यो डुंगालाई एउटा ठुलो माछाको रुपबाट पानीमा डुब्नबाट बच्चाउनु भएको थियो |" त्यो माछालाई सर्वप्रथम एउटा सानो भाडामा साधारण माछा जसरि नै राखिएको थियो | त्यसपछि त्यो ठुलो हुदै गयो, र माछालाई अझै ठुलो भाडामा राखियो | यो तरिकामा माछा ठुलो हुदै थियो | त्यसपछि त्यो माछाले सूचना दियो " प्रलय आउँदै छ | तिमीले सबै वेदहरुलाई एउटा डुंगामा राख, र त्यसलाई म सुरक्षा दिन्छु |" त जयदेव गोस्वमीले प्राथना गर्दै हुनुहुन्छ, "मेरो प्यारो भगवान, तपाले वेदलाई, प्रलय गएको बेलामा एउटा माछाको रुपमा बचाउनुभयो |" अर्को अवतर हो कुर्म अवतर | समुन्द्र मन्थनको बेलामा | एक तर्फ देवताहरु र अर्को तर्फ दानवहरु | र मन्थन गर्ने डन्डी एउटा विशाल पहाड मान्द्र - पर्वत थियो | र त्यसलाई भगवानको पछाडी राखिएको थियो | त उहाँले प्राथना गर्दै हुनुहुन्छ " तपाई केवल एउटा विश्राम स्थान हुन एउटा कुर्मको अवतारमा आउनुभयो | र यो तपाईको पछाडी केहि चिलाएको जस्तो अनुभव भएर मात्रै सम्भव भयो | त तपैले यो ठुलो डन्डी, मान्द्र पहाडलाई आफ्नो चिलाउने सामग्रीको रुपमा प्रयोग गर्नुभयो |" अर्को अवतार भनेको वराह, वा सुँगुर हो | उहाँले त्यो अवतारमा यो पृथ्वीलाई आफ्नो दाँतमा राखेर उठाउनु भएको थियो, र उहाँले पुरै पृथ्वीलाई आफ्नो दाँतमा राख्नुभएको थियो | हामी कल्पना गर्न सक्छौ उहाँ कति ठुलो हुनुहुन्थ्यो | र त्यो समयमा पृथ्वी केवल केहि दाग भएको चन्द्रमाको गोलो जस्तो देखिएको थियो | त केशव धृत-वराह-शरीर | उहाँ भन्नुहुन्छ, " मेरो प्यारो भगवान, तपाई एक विशाल वराहको रुपमा अवतरित हुनुभयो | त म तपाईमा मेरो सम्मान पूर्ण दण्डवत प्रमाण गर्दछु |" चौथो अवतार नृसिंह-देव हुनुहुन्छ | नृसिंह-देव प्रह्लाद महाराजलाई बचाउन अवतरित हुनुभयो, जो केवल पाँच - बर्षको बालक हुनुहुन्थो र आफ्नो नास्तिक पिताबाट अत्याचार भोगिरहनु भएको थियो | त, उहाँ महलको एक स्तंभबाट प्रकट हुनुभयो, आधा मनुष्य, आधा सिंह | किनकि यो हिरण्यकशिपुले ब्रह्माजीबाट आशिर्वाद पाएको हुन्छ कि ऊ न त कुनै मानिस वा कुनै पशुद्वारा मरिदिन | त भगवान न त मनुष्यको रुपमा आउनु भयो न त पशुको | त्यो नै भगवानको बुद्धि र हाम्रो बुद्धिबीचको अन्तर हो | हामी सोच्छौ हामीले हाम्रो बुद्धिबाट भगवानलाई धोखा दिन्छौ भनेर, तर भगवान हामी भन्दा धेरैनै बुद्धिमानी हुनुहुन्छ | यो हिरण्यकशिपुले पनि ब्रह्माजीलाई अप्रत्यक्ष रुपमा धोका दिन खोजेको थियो | पहिले त ऊ अमर हुन चहान्थ्यो | ब्रह्माजीले भन्नुभयो, " यो सम्भव छैन किनकि म समेत अमर होइन | यो भौतिक दुनियामा कोहि पनि अमर हुदैनन् | त्यो सम्भव छैन |" त हिरण्यकशिपु, दानव...दानवहरु धेरै चलाख हुन्छन् | उसले सोच्यो " घुमाउरो तरिकाले, म अमर हुनेछु |" उसले ब्रह्माजी सँग प्राथना गर्यो " मलाई त्यो आशिर्वाद दिनुहोस्, ता कि मेरो मृत्यु न त कुनै मनुष्य न त कुनै पशुबाट होस् |" ब्रह्माजी ले भन्नुभयो, " हो, त्यो ठिक छ |" "मेरो न त आकाश, पानी वा जमिनमा मृत्यु हुनेछ|" ब्रह्माजीले भन्नुभयो," अह ठिक छ |" "म न त कुनै मनुष्यले बनाएको शस्त्रबाट मरिनेछु" " त्यो ठिक छ |" यो तरिकामा, उसले आफ्नो बुद्धि केवल अमर हुने निस्कर्षमा लगायो, तर भगवानपनि धेरै बाठो हुनुहुन्छ, कि उहाँले ब्रह्माजीले दिनुभएको सबै आशिर्वाद राखेर पनि, उसलाई मर्नुभयो | उसले भनेको थियो " म न त दिनमा मरु न रात मा |" ब्रह्माजीले " ठिक छ " भन्नुभयो | त उसको मृत्यु सन्ध्या बेलामा भएको थियो, केवल दिन र रातको संगममा | तिमीले त्यसलाई न त दिन भन्न सक्छौ न रात | उसले आशिर्वाद लियो " म न त आकाशमा, न त पानी, न त जमिनमा मर्नेछु |" त ऊ काँखमा मारियो | उसले वरदान लिएको थियो" म न त कुनै मनुष्यले वा भगवानले बनाएका शस्त्रबाट मर्नेछु |" त्यो दियिएको थियो " ठिक छ " त उसलाई नंगबाट मारियो | यो तरिकाले, सबै आशिर्वादहरु राखियो, तरपनि ऊ मारियो | त्यसरीनै, हामीले योजना बनाउन सक्छौ, हामीले वैज्ञानिक ज्ञानमा धेरै प्रगति गरेका हुनसक्छौ, तर मर्नु पर्ने प्राकृतिक प्रक्रिया त्यहाँ छ | कोहिपनि त्योबाट उम्किन सक्दैन | हाम्रो बुद्धिबाट हामी उम्किन सक्दैनौ भौतिक अस्तित्वका चार सिद्धान्त जन्म, मृतु, जरा,व्यादीबाट | हामीले धेरै औषधिहरु, शस्त्रहरु, तरिकाहरु सिर्जना गर्न सक्छौ, जति महान भएपनि यी चार सिद्धान्तहरु बाट कहिलेपनि उम्किन सक्दैनौ | त्यो हिरण्यकशिपुबाट पुस्टि भएको थियो | हिरण्यकशिपु एक ठुलो भौतिकवादी थियो, र ऊ सधैको लागि बच्न र रमाइलो गर्न चहान्थ्यो, तर ऊ पनि बच्न सकेन | सबैकुरा सकियो |