NE/Prabhupada 0386 - गौराङ्गेर दूति पद तात्पर्य



Purport to Bhajahu Re Mana -- The Cooperation of Our Mind


यार धन सम्पद​, सेइ जाने भकति रस - सार​ | यो नरोत्तम दास ठाकुरले लेख्नुभएको अर्को भजन हो, उहाँले भन्नुहुन्छ " जसले चैतन्य महाप्रभुको चरण कमल स्वीकार गरेका हुन्छन्, अर्को शब्दमा जसको एकमात्रै सम्पति चैतन्य महाप्रभुका दुई चरण हुन्छन्, त्यस्ता मानिसलाई भक्तिमय सेवाको सारको ज्ञान हुन्छ |" सेइ जाने भकति रस​​-सार​ | भक्तिमय सेवाको तात्पर्य के हो, वा भक्तिमय सेवाको भाव के हो, उसले मात्रै बुझ्न सक्छ जसले चैतन्य महाप्रभुको चरणलाई सबै कुरा मानेका छन् | विचार वास्तवमा चैतन्य महाप्रभु, उहाँ कृष्ण स्वेम हुनुहुन्छ, र उहाँले भक्तिमय सेवाको शिक्षा प्राणीहरुलाई दिनुभएको छ | सिधै | त्यसैले भक्तिमय सेवाको प्रकारहरु, चैतन्य महाप्रभुले सिकाउनु भएको पूर्ण तरिका हो | त्यसमा कुनै संका छैन | विशेषज्ञ, वा गुरुले सेवकलाई कसरि काम गर्ने भनेर सिकाउनु हुन्छ | यदि कोहि इंजीनियरिंग कामको विशेषज्ञ छ र उसले व्यक्तिगत रुपमा कुनै सहायकलाई सिकाउछ भने, त्यो शिक्षा, आदेश धेरै पूर्ण छ | त्यसरी नै, भगवान कृष्णले आफैले भक्तको भूमिका खेलेर भक्तिमय सेवा सिकाउदै हुनुहुन्छ | त्यसैले भगवान कृष्णले देखाउनु भएको तरिका भक्तिमय सेवाको पूर्णताको लागि सबैभन्दा सम्भव बाटो हो | सेइ जाने भकति रस सार​ | सार भनेको सारांश हो | तब उहाँ भन्नुहुन्छ, गौराङ्गेर मधुरि लिला, यार कर्णे प्रवेशिला | अब उहाँ चैतन्य महाप्रभुको लिलामा प्रवेश गर्नुभयो | उहाँ भन्नुहुन्छ " चैतन्य महाप्रभुको लिलाहरु भगवान कृष्णको जस्तै दिव्य छन् |" जसरि भगवाद गीतामा भनिएको छ जसले पनि, कृष्णका आश्चर्यजनक प्राकट्य, स्व-धाम फिर्ती, लिला, ऊ तुरुन्तै भगवानको धाम प्रवेश गर्न योग्य हुन्छ | केवल कृष्णका दिव्य लिला बुझेर | त्यसरी नै, जो चैतन्य महाप्रभुको लिलामा प्रवेश गर्छन्, ऊ तुरुन्तै हृदयका लक्मसबाट मुक्त हुन्छ | पौराङ्गेर मधुरि-लिला, यार कर्णे प्रवेशिला | कर्णे प्रवेशिला भनेको एकले चैतन्य महाप्रभुको सन्देश ग्रहण गर्नुपर्छ | कर्ने भनेको कान | सन्देशलाई विनम्र तरिकाले लिनुपर्छ | त्यसपछि एकको हृदय भौतिक प्रदुषणबाट मुक्त हुन्छ | तब उहाँले भन्नुहुन्छ : येइ गौराङ्गेर नाम लय​, तार हय प्रेमोदय​ | भक्तहरु केवल भगवानको प्रेम विकसित गर्न मात्रै ध्यान दिन्छन् | नरोत्तम दास​ ठाकुरले सिफारिश गर्नुभयो छ कि, जसले केवल जप गर्छ, श्री-कृष्ण​-चैतन्य प्रभु-नित्यानन्द​....गौरंग भनेको यी सबै सामग्री भएका | त जब हामीले गौरंग भन्छौ, हामीले सबै पाँचजनालाई बुझ्निछ : नित्यानन्द प्रभु, अद्वैत, गदाधर र श्रीवास | सबै एकसाथ | त येइ गौराङ्गेर नाम लय​, जसले जप गर्छ , तुरुन्तै उसले भागवत् प्रेम सिर्जना गर्छन् | येइ गौराङ्गेर नाम लय​, तर हय प्रेमोदय​, तारे मुइ जय बोले हरि | नरोत्तम दास ठाकुर भन्नुहुन्छ " म उसलाई बधाई दिन्छु |" किनकि यो निश्चित छ कि उसले भागवत् प्रेम प्राप्त गरेको छ | अनि उहाँ भन्नुहुन्छ, गौराङ्ग​-गुणेते झुरे, नित्य लिला तारे स्फुरे | जो पनि,चैतन्य महाप्रभुको दिव्य गुणहरुको बारेमा सुनेर रुन्छ, उसले त्यहि बेलामा राधा र कृष्णको प्रेममय सम्बन्दको बारेमा बुझ्छ | नित्य - लिला भनेको भगवानका गतिविधिहरु हुन्, वा राधा कृष्णबीचको प्रेममय आदनप्रदान हो | यो शास्वत छन् | त्यो अस्थायी छैन | हामीले राधा - कृष्णको प्रेममय लिला, एक युवा युवतीका जस्तै कार्य भनेर सोच्नु हुदैन, जुन यो भौतिक जगतमा देखिन्छ | त्यसप्रकारक प्रेममय सम्बन्ध वास्तविक प्रेममय सम्बन्ध होइनन् | यिनीहरु केवल कामुक सम्बन्ध हुन्, र तिनीहरु शाश्वत छैनन् | त्यसैले उनीहरुको चाँडै सम्बन्ध टुट्छ | आज, म एकजना सँग प्रेम गर्छु र अर्को दिन त्यो सम्बन्ध टुट्छ | तर राधा-कृष्णको लिला त्यस्तो छैन | यो शाश्वत छ | त्यसैले त्यो दिव्य छ, र यो अस्थायी छ | त जो चैतन्य महाप्रभुको लिलामा माग्न छन्, उनीहरुले राधा-कृष्णबीचको प्रेममय सम्बन्ध तुरुन्तै बुझ्न सक्छन् | नित्य लिला तारे स्फुरे | सेइ यय राधा-माधव​, सेइ यय व्रजेन्द्र​-सुत पाश​ | र केवल त्यो गरेर, ऊ कृष्णको धाम प्रवेश गर्न योग्य हुन्छन् | व्रजेन्द्र​-सुत​ | व्रजेन्द्र​-सुत​ भनेको वृन्दावनका नन्द महाराजको पुत्र | ऊ निश्चय नै अर्को जन्ममा कृष्णसँग संग गर्न जान्छ |