NE/Prabhupada 0415 - छ महिनामा तिमी भागवन् बन्नेछौ- धेरै मूर्ख निष्कर्ष



Lecture & Initiation -- Seattle, October 20, 1968


त्यसैले यस युगमा आयु निकै अनिश्चित छ | कुनै पनि क्षणमा हामी मर्न सक्छौं | तर यो जीवन, यो मानव जीवन दिव्य लाभको लागि हो | त्यो के हो ? हाम्रो जीवनको पीडादायी स्थितिको स्थायी समाधान निकाल्नु | जबसम्म तपाईसँग यो भौतिक शरीर छ, हामीले एउटा शरीरबाट अर्कोमा परिवर्तन गर्नुपर्छ | जन्म-मृत्यु-जरा-व्याधि (भ गी १३|९) | बारम्बारको जन्म-मृत्यु | आत्मा अमर, शाश्वत छ, तर परिवर्तनशील छ, जसरी तपाईले वस्त्र परिवर्तन गर्दै हुनुहुन्छ | यो समस्याको तिनीहरुले मतलब गर्दैनन्, तर यो एउटा समस्या हो | मानव जीवन यो समस्याको समाधानको लागि हो, तर न तिनीहरुसँग कुनै ज्ञान छ, न तिनीहरु यो समस्या समाधान गर्न त्यति गम्भीर छन् | त्यसैले आयु, यदि तपाईले लामो आयु प्राप्त गर्नुहुन्छ, तब तपाईले कसैलाई भेट्ने सम्भावना छ, तपाईले राम्रो सङ्ग भेट्न सक्नुहुन्छ र आफ्नो जीवनको समाधान निकाल्न सक्नुहुन्छ | तर त्यो पनि अहिले असम्भव छ किनकि हाम्रो आयु धेरै छोटो छ | प्रायेण अल्पायुषः सभ्य कलाव् अस्मिन् युगे जनाः मन्दाः | र हामीसँग जति आयु छ, हामीले राम्रो ढंगले उपयोग गरिरहेका छैनौं | हामीले पशु जसरी केवल खान, सुत्न, मैथुन गर्न र रक्षा गर्न यसको उपयोग गर्दैछौं | त्यति हो | यस युगमा, यदि कसैले धेरै खानसक्छ, उसले सोच्छ,"ओहो, मेरो दिनको कर्तव्य सकियो |" यदि कसैले एउटी श्रीमती र दुई-तीन बच्चाहरुलाई पोषण गर्न सक्छ, उसलाई धेरै ठुलो मानिस मानिन्छ | उसले एउटा परिवार पाल्दैछ | किनकि तिनीहरु प्राय: जसी परिवार बिना, जिम्मेवारी बिना हुन्छन् | यो यस युगको लक्षण हो | त्यसैले हाम्रो छोटो आयु भए पनि हामी गम्भीर छैनौं | मन्दा:, धेरै ढिलो | जस्तै यहाँ हामी कृष्ण भावनामृत अभियान प्रचार गर्दैछौं | कोहि यसको बारेमा सिक्न वा यो अभियान के हो बुझ्न गम्भीर छैन | र यदि कोहि इच्छुक छ, तिनीहरु ठगिन चाहन्छन् | तिनीहरु आत्म-साक्षात्कारको लागि केहि सस्तो चाहन्छन् | तिनीहरुसँग पैसा छ, तिनीहरु कसैलाई शुल्क तिर्न चाहन्छन्, र यदि उसले भन्छ कि "म तिमीलाई केहि मन्त्र दिन्छु र तिमीले, पन्ध्र मिनेट ध्यान, छ महिना भित्र तिमि भगवान बन्नेछौ," यी कुराहरु तिनीहरु चाहन्छन् | मन्दा मान्द-मतयो | मान्द-मतयो भनेको धेरै मुर्ख निष्कर्ष | तिनीहरु सोच्दैनन् कि "जीवनका समस्याहरुको समाधान, केवल पैंतीस डलर तिरेर किन्न सकिन्छ ?" तिनीहरु यति धेरै मुर्ख भइसके | किनकि यदि हामी भन्छौं कि आफ्नो जीवनको समस्याको समाधान गर्न तिमीले यी सिद्धान्त पालन गर्नुपर्छ,"ओहो, यो धेरै कठिन छ | म पैंतीस डलर तिन्रेरा यसको समाधान निकाल्छु |" तपाई देख्नुहुन्छ ? तिनीहरु ठगिन चाहन्छन् | तिनीहरुलाई मान्द-मतयो भनिन्छ | र ठगहरु आएर तिनीहरुलाई ठग्छन् | मन्दा: सुमन्द​-मतयो मन्द​-भाग्या (श्री भा १|१|१०) | मान्द-भाग्या भनेको तिनीहरु अभागी पनि छन् | भगवान स्वयं आएर प्रचार गर्नुभए पनि,"कृपया मकहाँ आउ," तिनीहरु यसको मतलब गर्दैनन् | तपाई देख्नुहुन्छ ? तसर्थ अभागी | यदि कोहि आएर तपाईलाई दश लाख डलर दिन्छ, यदि तपाई भन्नुहुन्छ,"मलाई यो मन पर्दैन," तब के तपाई अभागी होइन ? चैतन्य महाप्रभुले भन्नुहुन्छ कि हरेर् नाम हरेर् नाम हरेर् नाम एव केवलम् कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च आदि १७|२१) "आत्म-साक्षात्कारको लागि तिमी केवल हरे कृष्ण जप र नतिजा हेर |" हुँदैन | तिनीहरुले स्वीकार्नेछैनन् | तसर्थ अभागी | यदि तपाई सर्वोत्तम कुरा प्रचार गर्दै हुनुहुन्छ, सबभन्दा सजिलो विधि, तर तिनीहरुले स्विकार्नेछैनन्, तिनीहरु ठगिन चाहन्छन्..... तपाई देख्नुहुन्छ ? मन्दा: सुमन्द​-मतयो मन्द​-भाग्या ह्य् उपद्रुताः (श्री भा १|१|१०) | र धेरै कुराहरुले शोषित- यो छनौट विभाग, यो विभाग, त्यो विभाग, यो, त्यो, धेरै कुराहरु | यो तिनीहरुको स्थिति छ | छोटो आयु, धेरै ढिलो, कुनै बुझाई छैन, र यदि तिनीहरु बुझ्न चाहन्छन्, तिनीहरु ठगिन चाहन्छन्, तिनीहरु अभागी छन्, र विचलित छन् | यो वर्तमान समयको अवस्था छ | यसको मतलब हुँदैन कि तपाई अमेरिकामा जन्मनुभएको छ वा भारतमा, यो सम्पूर्ण स्थिति हो |