NE/Prabhupada 0435 - हामी यी सांसारिक समस्याबाट विचलित हुन्छौं



Lecture on BG 2.8-12 -- Los Angeles, November 27, 1968


भक्त: "मेरा इन्द्रियहरुलाई सुकाउने यो शोकलाई हटाउने कुनै उपाय देख्दिन | म यो शोकलाई तब पनि नाश गर्न सक्दिनँ जब मैले पृथ्वीमा अद्वितीय राज्य प्राप्त गर्छु, जसमा स्वर्गको देवताहरुको जस्तो श्रेष्ठत्व प्राप्त हुन्छ (भ गी २|८) | सञ्जय​ले भने: यति भनेपछि शत्रुहरुलाई दमन गर्ने अर्जुनले कृष्णलाई ,'गोविन्द, म युद्ध गर्दिनँ,' भने र चुप लगेर बसे (भ गी २|९) | हे भरतवंशी ! त्यस समय कृष्ण, दुवैतर्फका सैनिकहरुको बीचमा हाँस्दै अर्जुनलाई निम्न शब्दहरु भन्नुभयो (भ गी २|१०) | भगवानले भन्नुभयो......"

प्रभुपाद: जब हामी एउटा खतरनाक स्थितिमा धेरै गम्भीर हुन्छौं, हामी हराएको जसरी, तर कृष्ण हाँस्नुहुन्छ | तपाई देख्नुहुन्छ ? कहिलेकाही हामी सोच्छौं....... यसलाई भ्रम भनिन्छ | उही उदाहरण, एउटा मानिस सपनामा रुँदै हुन्छ,"त्यहाँ बाघ छ | त्यहाँ बाघ छ | यसले मलाई खाँदैछ," र जो मानिस जागेको छ, ऊ हाँस्छ,"बाघ कहाँ छ ? बाघ कहाँ छ ?" र यो मानिस रुँदै हुन्छ,"बाघ, बाघ, बाघ |" त्यसैगरी, जब हामी धेरै विचलित हुन्छौं...... जस्तै नेताहरु, तिनीहरु कहिलेकाही राजनैतिक परिस्थितिमा व्चालित हुन्छन् र दाबी गर्छन्,"यो मेरो जमिन हो, मेरो देश हो," र अर्को पक्षले पनि दाबी गर्छ,"यो मेरो जमिन हो, मेरो देश हो," र तिनीहरु धेरै गम्भिरतापूर्वक लडाई गर्छन् | कृष्ण हाँस्नुहुन्छ | "यी बेकार मानिसहरु 'मेरो देश, मेरो जमिन' भनेर दाबी किन गर्दैछन् ? यो मेरो जमिन हो, र तिनीहरु 'मेरो जमिन' भनेर दाबी गर्दै लडाई गर्दैछन् |" वास्तवमा, जमिन कृष्णको हो, तर यी मानिसहरु भ्रममा परेर दाबी गर्दैछन्,"यो मेरो जमिन हो, यो मेरो देश हो," यो बिर्संदै कि कहिलेसम्म ऊ यो देश वा यो राष्ट्रको हुनेछ | त्यसलाई भनिन्छ भ्रम | हाम्रो परिस्थिति यस्तो छ | हाम्रो वास्तविक परिस्थिति नबुझेर हामी यी संसारिक समस्यादेखि विचलित हुँदैछौं, जुन सबै झुठा छन् | जनस्य मोहो ऽयम् अहं ममेति (श्री भा ५|५|८) | मोह, मोह भनेको भ्रम | यो भ्रम हो | सबजना भ्रममा छन् | त्यसैले जो बुद्धिमान छ, यदि उसले बुझ्न सक्छ कि यो संसारिक परिस्थिति केवल भ्रम हो...... मैले कल्पना गरेका सम्पूर्ण विचारहरु "म" र "मेरो"मा आधारित छन्, यो सब भ्रम हो | त्यसैले जब कोहि भ्रमबाट बाहिर निस्कन बुद्धिमान हुन्छ, ऊ अध्यात्मिक गुरुमा शरणागत हुन्छ | त्यसको उदाहरण अर्जुनले दिएका छन् | जब ऊ धेरै विचलित छन्...... उनी कृष्णसँग मित्रको रुपमा बोल्दै थिए, तर उनले देखे कि "यो मित्रतापूर्ण वार्ताले मेरो प्रश्नको समाधान निकाल्नेछैन |" र उनले कृष्णलाई छाने, किनकि उनले कृष्णको मूल्य बुझे | कम्तिमा, उनलाई थाहा थियो | उनी मित्र थिए | र उनलाई थाहा छ कि कृष्णलाई स्विकारिन्छ....... "उहाँले मेरो मित्रको रुपमा व्यवहार गरे तापनि, तर महान अधिकारीहरुले कृष्णलाई सर्वोच्च पुरुषोत्तम भगवानको रुपमा स्वीकारेका छन् |" यो अर्जुनई थाहा थियो | त्यसैले उनले भने कि "म यति दोधारमा छु कि मैले बुझ्न सक्दिनँ | म यो युद्धमा विजयी हुन्छु भनेर स्वीकारे पनि म खुसी हुनेछैन | यो ग्रहमामात्र विजयी हुने कुरा के गर्नु, यदि म अरु सम्पूर्ण ग्रहको राजा बन्छु वा म उच्च ग्रहमा देवता बन्छु, तब पनि यो पिडालाई उन्मुलन गर्न सकिंदैन |"