NE/Prabhupada 0447 - भगवानको कल्पना गर्ने अभक्तसँग मिसिनबाट सावधान हुनुपर्छ



Lecture on SB 7.9.2 -- Mayapur, February 12, 1977


यदि हामीले लक्ष्मी-नारायणको गुणको अध्ययन गर्छौं, तब हामीले दरिद्र नारायण वा यो वा त्यो शब्द उत्पादन गर्न बन्द गर्छौं | हुँदैन | तसर्थ हामीले यो पाषण्डिई कहिल्यै अनुसरण गर्नेछैनौं | यस् तु नारायणं देवं ब्रह्मारुद्रादि-द्ऐवत्ऐः समत्वेन विक्षेत स पाषण्डि भवेद् ध्रुवम् (चै च मध्य १८|११६) पाषण्डि भनेको दानव, वा अभाक्त | अभक्ता हीन चर​ | भगवानको कल्पना गर्ने अभाक्तसँग मिसिनबाट सावधान हुनुहोस् | तिनीहरु वास्तवमा भगवानमा विश्वास गर्दैनन् | यो पाषण्डि भनेको जो भगवानमा विश्वास गर्दैन | तिनीहरु सोच्छन् कि भगवान हुनुहुँदैन, तर उनीहरु केवल भन्छन्, "हो, भगवान हुनुहुन्छ, तर भगवानको टाउको छैन, पुच्छर छैन, मुख छैन, केहि छैन |" तब भगवान के हुनुहुन्छ ? यी धुर्तहरु भन्छन् निराकार | निराकार भनेको भगवान हुनुहुँदैन | सिधा रुपमा भन कि भगवान हुनुहुँदैन | किन तिमी भन्छौ,"हो, भगवान हुनुहुन्छ, तर उहाँको टाउको छैन, पुच्छर छैन, खुट्टा छैन, हात छैन" ? त्यसोभए के छ ? त्यसैले यो अर्को ठगि हो | जो नास्तिक छन्, तिनीहरु सिधा भन्छन्,"म भगवानमा विश्वास गर्दिनँ |" त्यो हामी बुझ्न सक्छौं | तर यी धुर्तहरु भन्छन्,"भगवान हुनुहुन्छ तर निराकार |" निराकार भनेको भगवान हुनुहुँदैन, तर कहिलेकाही निराकार शब्द प्रयोग भएको छ | तर त्यो निराकर भनेको भगवानको आकार छैन भन्ने होइन | त्यो निराकार भनेको यो भौतिक आकार नभएको हो | ईश्वरः परमः कृष्णह्-सच्-चिद्-आनन्द विग्रहः (ब्र स ५|१) | उहाँको शरीर सच्-चिद्-आनन्द​ छ | भौतिक जगतमा देख्न पूर्णत: असम्भव छ | हाम्रो शरीर सत् छैन; यो असत् छ | यो शरीर जुन अहिले मसँग वा तपाईसँग छ, यो जीवनसम्म रहन्छ...... र जब यो सकिन्छ, यो सधैंको लागि सकिन्छ | तपाईले फेरी यो शरीर प्राप्त गर्नुहुनेछैन | तसर्थ असत् | तर कृष्णको शरीर त्यस्तो होइन | कृष्ण शरीर उही हुन्छ, सत्; सधैं उही | कृष्णको अर्को नाम नरकृति हो | हामी शरीर कृष्णको शरीरको नक्कल हो, यो होइन कि कृष्णको शरीर हाम्रो शरीरको नक्कल हो | होइन | कृष्णको आफ्नो शरीर छ, नरकृति, नर-वपु | यी कुराहरु छन् | तर त्यस वपु यो असत् जस्तो होइन | हाम्रो शरीर असत् छ | यो रहनेछैन | उहाँको शरीर सच्-चिद्-आनन्द​ छ | हाम्रो शरीर असत्, अचित् र निरानन्द छ- ठिक उल्टो | यो रहनेछैन, यसमा ज्ञान पनि छैन, अचित् र कुनै आनद पनि छैन | हामी सधैं दु:खी छौं | त्यसैल निराकार भनेको यो शरीरभन्दा भिन्न | उहाँको शरीर भिन्न छ | त्यसैले निराकार भनेको यो शरीरभन्दा भिन्न | उहाँको शरीर भिन्न छ | आनन्द चिन्माया रस प्रतिभवितभिस् (ब्र स ५।३७) | आनन्द चिन्माया | अङ्गानि यस्य सकलेन्द्रिय वृत्ति-मन्ति पश्यन्ति पान्ति कलयन्ति चिरं जगन्ति (ब्र स ५|३२) | उहाँको अङ्गानि, शरीरको अङ्गको वर्णन दिइएको छ, सकलेन्द्रिय​-वृत्ति-मन्ति | मैले मेरो आँखाले देख्न सक्छु | मेरो अंगको विशेष कार्य, यो अङ्गको कार्य देख्नु हो | तर कृष्ण: सकलेन्द्रिय​-वृत्ति-मन्ति- उहाँले देख्नमात्र सक्नुहुँदैन तर उहाँले खान पनि सक्नुहुन्छ | त्यो बुझाई छ | हामीले हेरेर खान सक्दैनौं, तर हामीले जे अर्पण गर्छौं, यदि कृष्णले हेर्नुहुन्छ, उहाँले खानु पनि हुनुहुन्छ | अङ्गानि यस्य सकलेन्द्रिय​-वृत्ति-मन्ति | त्यसैले हामीले कृष्णको शरीरलाई हाम्रो शरीरसँग कसरी तुलना गर्न सक्छौं ? तर अवजानन्ति मां मूढाः (भ गी ९|११) | जो धुर्त छन्, तिनीहरु सोच्छन् कि "कृष्णका दुई हार छन्, दुई खुट्टा; तसर्थ म पनि कृष्ण हुँ | म पनि हुँ |" यी धुर्त, पाषण्डिबाट भ्रमित नहुनुहोस् | शास्त्रबाट यथारुपमा लिनुहोस्, अधिकारिक श्रोतबाट सिक्नुहोस् खुसी हुनुहोस् |

धेरै धेरै धन्यवाद |

भक्तहरु: जय श्रील प्रभुपाद !