NE/Prabhupada 0452 - कृष्ण यस पृथ्वी ब्रह्माको एक दिनमा एकपटक आउनुहुन्छ
Lecture on SB 7.9.5 -- Mayapur, February 25, 1977
प्रद्युम्न: अनुवाद- "जब भगवान नृसिंह-देवले साना बालक प्रह्लाद महाराजलाई देख्नुभयो, दण्डवत प्रणाम गरिरहेका, उहाँ आफ्ना भक्तप्रतिको स्नेहले परमानन्दमा हुनुभयो | प्रह्लादलाई उठाउँदै, भगवानले आफ्नो हस्तकमल ती बालकको शिरमा राख्नुभयो, किनकि उहाँको हात आफ्ना सम्पूर्ण भक्तमा अभय सिर्जना गर्न तयार हुन्छ |"
प्रभुपाद: स्व-पाद-मूले पतितं तम् अर्भकं विलोक्य देवः कृपया परिप्लुतः उत्थाप्य तच्-छीर्ष्ण्य् अदधात् कराम्बुजं कालाहि-वित्रस्त-धियां कृताभयम् (श्री भा ७|९|५) भक्त बन्न वा सर्वोच्च पुरुषोत्तम भगवानको प्रिय बन्न धेरै सजिलो छ | यो थोरै पनि कठिन छैन | यहाँ हामीले उदाहरण देख्छौं, प्रह्लाद महराक, एक पाँच वर्षीय बालक...... (विराम) ...... भक्त भएको कारण, केवल उनलाई भगवानको बारेमा छ र उनले दण्डवत प्रणाम गरे | त्यो उनको योग्यता हो | जसले पनि त्यसो गर्न सक्छ | जो पनि यहाँ मन्दिरमा आउन सक्छ र दण्डवत प्रणाम गर्न सक्छ | कठिनाई कहाँ छ ? एक मानिसले केवल यो वचार गर्नुपर्छ कि "यहाँ सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ, कृष्ण वा नृसिंह-देव वा उहाँको कुनै विस्तार |" शास्त्रमा भनिएको छ, अद्वैतम् अच्युतम् अनादिम् अनन्त-रूपम् (ब्र स ५|३३) | कृष्णको अनन्त-रूपम् छ | तसर्थ हरेक रुप कृष्णको मूल रुपको विस्तार हो | मूल रुप कृष्ण हुनुहुछ | कृष्णस् तु भगवान् स्वयम् (श्री भा १|३|२८) | विभिन्न प्रकारका रुपहरु छन्: राम, नृसिंह, वराह, बलराम, परशुराम, मीन, कछुवा, नृसिंह-देव | रामादि-मूर्तिषु कला-नियमेन तिष्ठन् (ब्र स ५|३९) | उहाँ सधैं विभिन्न रुपमा हुनुहुन्छ, यो होइन कि उहाँ केवल कृष्ण रुपमा हुनुहुन्छ | हरेक रुप, रामादि-मूर्तिषु | उही उदाहरण, जसरी हामीले धेरै पटक दिइसक्यौं: जस्तै शुर्यको समय, चौबीस घण्टा, चौबीस घण्टा वा चौबीस अवतारमध्ये, कुनै पनि समय अस्तित्वमा हुन्छ | यो होइन कि अहिले आठ बज्यो भने सात बजे समाप्त भयो | होइन | विश्वको कुनै भागमा सात बजेको छ | वा नौ बजे | नौ बजे पनि अस्तित्वमा छ | बाह्र बजे पनि अस्तित्वमा छ | हामीसँग गुरुकृपा महाराजले दिएको एउटा घडी छ | (हाँसो) उनले जापानबाट ल्याएका छन् | यो धेरै राम्रो छ | तत्काल तपाईले देख्न सक्नुहुन्छ कि विभिन्न स्थानमा अहिलेको समय के छ | ती सबै अस्तित्वमा छन् | तसर्थ कृष्णको लीलालाई नित्य-लीला भनिन्छ, यो होइन कि एउटा लीला चल्दैछ, अर्को लीला सकियो, होइन | सबै कुरा एउटा समयमा हुन्छ | तसर्थ यो शब्द प्रयोग भएको छ, रामादि-मूर्तिषु | रामादि-मूर्तिषु काल नियमेन तिष्....... नियमेन | ठिक केहि अन्तरालमा | जस्तै सुर्य, ठिक समयमा | पहिले कुनै घडी थिएन, तर छायाँबाट थाहा पाउन सकिन्थ्यो | तपाईले अहिले पनि थाहा पाउन सक्नुहुन्छ | हाम्रो बाल्यकालमा हामीले छायाँ हेरेर थाहा पाउँथ्यौं | "अहिले यति बजेको छ" - र ठिक उही समय हुन्थ्यो | त्यसैले कला-नियमेन तिष्ठन्, अस्थिर रुपमा होइन- अहिले यो छायाँबाट यहाँ एक बजे छ, र अर्को दिन एक बजे त्यहाँ हुन्छ | होइन | उही स्थानमा तपाईए पाउनुहुनेछ | कला-नियमेन तिष्ठन् | त्यसैगरी, कृष्णको लीला, नियमेन तिष्ठन्- ठिक अन्तरालमा | अनगन्ती ब्रह्माण्डहरु छन् | यहाँ कृष्ण प्रकट हुनुभएको छ | अहिले कृष्णलाई वासुदेवले वृन्दावनमा लानुभएको छ | उही कुरा- यहाँ प्रकट हुनुभयो, कृष्ण वृन्दावन जानुभयो- र अर्को ब्रह्माण्डमा कृष्ण प्रकट हुनुहुन्छ, कृष्ण फेरी प्रकट हुनुहुन्छ | यस प्रकारले उहाँको लीला चल्दैछ | कुनै अन्त्य छैन, न समयको भिन्नता छ | ठिक उही समयमा | जस्तै कृष्ण यस पृथ्वीमा ब्रह्माजीको एक दिनमा एकपटक आउनुहुन्छ | त्यसैले लाखौं वर्षपछी कृष्ण फेरी आउनुहुनेछ, व्यक्तिगत रुपमा नभए आफ्नो विस्तार, अंशेनबाट | चैतन्य महाप्रभु ठिक उही अन्तरालमा आउनुहुनेछ | भगवान रामचन्द्र आउनुहुनेछ | रामादि मूर्तिषु कला-नियमेन तिष्ठन् (ब्र स ५|३९) | त्यसैले यो लीलामा नृसिंह-देव पनि ठिक समयमा प्रकट हुनुभएको हो | स्व-पाद-मूले पतितं तम् अर्भकम् | धेरै अवोध बालक | यदि प्रह्लाद महाराजजस्ता अवोध बालकले नृसिंह-देवको यति धेरै कृपा प्राप्त गर्न सक्छन्, यति भयानक प्राकट्य कि लक्ष्मीपनि नजिक जान सकिनन्...... अश्रुत | अदृष्ट अश्रुत पूर्व | भगवानकु कुनै त्यस्तो रुप थिएन | लक्ष्मीलाई पनि थाहा थिएन | तर प्रह्लाद महाराज डराएनन् | उनलाई थाहा थियो,"यहाँ मेरो भगवान हुनुहुन्छ |" जस्तै सिंहको डमरु सिंहसँग डराउँदैन | ऊ तत्काल सिंहको टाउकोमा उफ्रन्छ किनकि उसलाई थाहा हुन्छ, "यी मेरो पीता हुन् | यी मेरी माता हुन् |" त्यसैगरी, ब्रह्माजी तथा अरु सबै देवताहरु भगवान समक्ष जान डराए तापनि प्रह्लाद महाराज डराएनन् | एक अवोध बालकको रुपमा उनी गए र दण्डवत प्रणाम गरे | तम् अर्भकं विलोक्य | त्यसैले, भगवान निराकार हुनुहुँदैन | तत्काल उहाँले बुझ्नुभयो,"ओहो, यहाँ एक अवोध बालक छ | उसको पिताले उसलाई धेरै कष्ट दियो र अहिले ऊ मलाई दण्डवत प्रणाम गर्दैछ |" विलोक्य देवः कृपया परिप्लुतः | उहाँ करुणाले धेरै, धेरै पग्लिनुभयो | सबै कुरा त्यहाँ छ |