NE/Prabhupada 0455 - अचिन्त्य विषयमा आफ्नो कमजोर तर्क नलगाऊ



Lecture on SB 7.9.6 -- Mayapur, February 26, 1977


प्रध्युमन्न: अनुवाद जब नरसिंह देव भगवानले सानो केटा प्रल्हाद महाराजलाई देख्नुभयो प्रह्लाद सम्पूर्ण भौतिक कल्मस र इच्छाबाट मुक्त थियो,मानौ कि एकदम राम्रोसंग सफा गरिएको होस्| तसर्थ ऊ एकैचोटीमा दिव्य अवस्थामा पुग्यो, र सम्पूर्ण परमानन्दका लक्षणहरु शरीरमा देखिन थाले| उसको हृदय प्रेमले भरिएको र आँखा आँसुले भरिएको थियो| र त्यसरी उसले भगवानको चरण कमल आफ्नो हृदयको कुनामा सम्पूर्ण रूपले सम्हालेर राख्न सफल भएको थियो|"

प्रभुपाद​: स तत्-कर​-स्पर्श​-धुताखिलाशुभः सपद्य् अभिव्यक्त​-परात्म​-दर्शनः तत्-पाद​-पद्मं हृदि निवृतो दध्औ हृष्यत्-तनुः क्लिन्न​-हृद्-अश्रुऌओचनः (श्री भा ७.९.६) त्यसैले प्रह्लाद महाराज,तत्-कर​-स्पर्श​, "नृसिंह-देवको हस्त-कमलको स्पर्श" त्यहि हात जसमा नङ्ग्राहरु छन्| तव कर कमल​-वरे नखम् अद्भुत​-सृङ्गम्| त्यहि हात जसमा नख अद्भुत​... दलित​-हिरण्यकशिपु-तनु-भृङ्गम्| तुरुन्त, नङ्ग्राहरुले मात्र........... भगवानलाई ठूलाठूला दनाबलाई मर्न कुनै अश्त्र चाहिदैन,केवल नङ्ग्रा नै काफी छ| तव कर कमल| यो उदहारण अति नै राम्रो छ: कमल| कमलको फूल | भगवानका हातहरु कमलका फूलजस्ता छन्| र कमलको फूल त अति मुलायम हुन्छ, आनन्ददायी र त्यहाँ कहाँबाट नङ्ग्रा आईपुगे? तसर्थ अद्भुत सृन्गम |तव कर​-कमल​, अद्भुत​. नखम् अद्भुत​-सृङ्गम्. कमलको फूलमा खतरनाक र घोच्ने नङ्ग्रा उमार्न सम्भव छैन| यो त नमिल्ने कुरा हो|तसर्थ जयदेव भन्नुहुन्छ "यो त अद्भुत,आश्चर्यजनक छ|" तसर्थ भगवानको शक्ति, शक्तिको प्रदर्शन र तिखा नङ्ग्रा, त्यो भनेको सोच्ने नसकिने कुरा हो| श्रील जीव गोस्वामीले वर्णन गर्नुहुन्छ,"जवसम्म तिमीहरुले स्वीकार्दैनौ, भगवानको अकल्पनीय शक्तिलाई स्वीकार्दैनौ, त्यहाँ कुनै बुझाई छैन|" अचिन्त्य| अचिन्त्य शक्ति| अचिन्त्य माने "अकल्पनीय"| तिमीले कल्पना पनि गर्न सक्दिनौ कि यो सबै कसरी भईरहेको छ, कसरी कमलको फूलमा, तुरुन्तै कडा नङ्ग्रा आइपुगे,एक सेकेन्डभित्र, जसले हिरन्यकशिपु जस्तो दानवलाई पनि मार्न सक्छ| तसर्थ यो अचिन्त्य छ| हामीले चिन्तन नै गर्न सक्दैनौं| त्यसैले वैदिक निर्देशन छ: अचिन्त्या खलु ये भावा न तंश् तर्केण यो जयेत्: "कल्पना गर्न नसक्ने कुनै पनि कुराहरुमा आफ्नो कम्जोर तर्क न राख |" त्यहाँ कुनै तर्क छैन कि कमलको फूलले कुनै काँटा उमार छ | यसलाई उनीहरु "पौराणिक किम्बदन्ती" भन्छन | किनभने उनीहरुले आफ्नो मन्द दिमागमा राख्न सक्दैनन्, उनीहरुले संयोजित गर्न सक्दैनन् कि यो कसरी भै रहेको छ भनेर, उनीहरु केवल "किम्बदन्ती भन्छन |" यो वास्तवमा किम्बदन्ती होइन | यो तथ्य हो | तर यो हामीले कल्पना गर्न सक्दैनौ | यो सम्भब छैन | त्यो त्यही कामल कर, प्रहलाद महाराजको शिरमा राख्नु भएको थियो | प्रह्लादाह्लाद​-दायिने | प्रहलाद महाराज महसुस गर्दै हुनुहुन्थ्यो, "ओह्हो, कति कोमल छन् उहाँको कर |" उहाँले महसुस मात्रै होइन, तर सबै भौतिक नैराश्यता, कष्टहरु तुरुन्तै हराए | यो प्रक्रियालाई गहन स्पर्स भनिन्छ | हामीमा पनि यो उमेरमा येही सुविधा छ | प्रहलाद महाराज भगवानको कमल हस्तले स्पर्श हुने बित्तिकै प्रफुल्ल हुनुभएन... हामीले पनि उस्तै फाइदा प्राप्त गर्न सक्छौ यदी हामील प्रहलाद महाराज जस्तै हुन्छौ | त्यसपछि यो सम्भब छ | कृष्ण अद्वय​-ज्ञान​ हुनुहुन्छ, त्यसैले यो युगमा भगवान स्वर तरंगको रुपमा अवतरण हुनुभएको छ: कलि युग नम रूपे कृष्णावतार (चै च आदि-लिला १७.२२) | यो युग... किनभने यो युगमा मानिस अति पतित हुन्छन, उनीहरसंग योग्यता हुँदैन | मंदः | सबै नराम्रो छ | कोहि पनि योग्य छैन | उनीहरुसंग अध्यात्मिक ज्ञान छैन | मनमा लिनु पर्दैन | यो पश्चिमी देशमा उनीहरु भौतिक ज्ञानले फुलेका छन्, तर उनीहरसंग अध्यात्मिक ज्ञान छैन | ईतिहास, ईतिहासमा पहिलो पल्ट, उनीहरु अध्यात्मिक ज्ञान प्राप्त गर्थे |

भक्तहरु: जय |

प्रभुपाद: नत्र अध्यात्मिक ज्ञान हुदैन थियो | उनीहरुलाई थाहा छैन | यो तथ्य हो |