NE/Prabhupada 0468 - केवल कृष्णको सेवा गर्न सोध्ने र तयार हुने



Lecture on SB 7.9.9 -- Mayapur, March 1, 1977


प्रद्युम्न: अनुवाद: "प्रल्हाद महाराजले भन्नुभयो: एक मानिससँग धन, एउटा कुलीन परिवार, सुन्दरता, तपस्या, शिक्षा, इन्द्रियातित दक्षता, चमक, प्रभाव, शारीरिक बल, परिश्रम, बुद्धि र योगीक सिद्धि हुन सक्छ, तर मलाई लाग्छ कि यी सबै योग्यताबाट पनि कसैले सर्वोच्च पुरुषोत्तम भगवानलाई सन्तुष्ट पार्न सक्दैन | तर उसले भगवानलाई केवल भक्तिमय सेवाद्वारा सन्तुष्ट पार्न सक्छ | गजेन्द्रले यसो गरे र भगवान उनीसँग सन्तुष्ट हुनुभयो |"

प्रभुपाद: मन्ये धनाभिजन​-रूप​-तपः-श्रुतौजस्- तेजः-प्रभाव​-बल​-पौरुष​-बुद्धि-योगाः नाराधनाय हि भवन्ति परस्य पुंसो भक्त्या तुतोष भगवान् गज​-यूथ​-पाय (श्री भा ७|९|९) यी भौतिक सम्पत्ति हुन् | (सँगै:) यसले काम गर्दैन ? (माइक्रोफोन हान्नुहुन्छ) हँ ? धन...... कसैले पनि भौतिक सम्पत्तिद्वारा कृष्णलाई प्रभावित पार्न सक्दैन | यी भौतिक सम्पत्ति हुन्: पैसा, जनशक्ति, सुन्दरता, शिक्षा, तपस्या, योगीक सिद्धि र त्यस्तै, त्यस्तै | धेरै कुराहरु छन् | तिनीहरु सर्वोच्च पुरुषोत्तम भगवानको समक्ष जान सक्दैनन् | कृष्णले व्यक्तिगत रुपमा भन्नुहुन्छ, भक्त्या माम् अभिजानाति (भ गी १८|५५) | उहाँले यी सब भौतिक सम्पत्ति भन्नुहुँदैन कि "यदि कोहि धेरै धनि मानिस हुन्छ, उसले मेरो कृपा प्राप्त गर्छ |" होइन | कृष्ण मजस्तो गरिब मानिस हुनुहुँदैन कि मलाई कसैले पैसा दिंदा मलाई फाइदा हुन्छ | उहाँ आत्मनिर्भर, आत्माराम हुनुहुन्छ | त्यसैले अरु कसैको मदतको आवश्यकता छैन | उहाँ पूर्ण रुपले सन्तुष्ट हुनुहुन्छ, आत्माराम | केवल भक्ति, प्रेम चाहिएको छ | भक्ति भनेको कृष्णको सेवा गर्नु | त्यो कुनै प्रयोजन बिना हुन्छ | अहैतुक्य् अप्रतिहता | भातिक शुद्ध हुन्छ | अन्याभिलाषिता-शून्यं ज्ञान​-कर्माद्य्-अनावृतम् (चै च मध्य १९|१६७, भ र सि १|१|११) | शास्त्रमा सर्वत्र यो बयान छ कि भक्ति अमिश्रित हुनुपर्छ | अन्याभिलाषिता-शून्यं ज्ञान कर्माद्य्-अनावृतम् आनुकूल्येन कृष्णानु- शीलनं भक्तिर् उत्तमा (भ र सि १|१|११) सर्वोपाधि-विनिर्मुक्तं तत् परत्वेन निर्मलम् हृषीकेण हृषीकेश सेवनं भक्तिर् उच्यते (चै च मध्य १९|१७०) अरु धेरै व्याख्या छन् | र यदि हामीसँग भक्ति हुन्छ, कृष्णप्रति प्रेम हुन्छ, तब हामीलाई धेरै धन वा बल वा शिक्षा वा तपस्या चाहिंदैन | त्यस्तो कुनै हुँदैन | कृष्ण भन्नुहुन्छ, पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति (भ गी ९|२६) | उहाँलाई हामीसँग केहि चाहिंदैन तर उहाँ सबजनालाई चाहनुहुन्छ, किनकि सबजना कृष्णको अंश हुन् | उहाँ देख्न चाहनुहुन्छ कि सबजना उहाँप्रति आज्ञाकारी हुन्, सबजनाले उहाँलाई प्रेम गरुन् | त्यो उहाँको आकांक्षा हो | जस्तै पिता धेरै धनि मानिस हुन्छन् | उनलाई आफ्नो छोराबाट कुनै मदत चाहिंदैन तर उनले चाहन्छन् कि उनको छोरो आज्ञाकारी र प्रेमी होस् | त्यो उनको सन्तुष्टि हो | त्यो सम्पूर्ण अवस्था हो | कृष्णले सिर्जना गर्नुभएको छ......एको बहु श्याम​ | हामी विभिन्नांश- मम्ऐवांशो जीव​-भूतः (भ गी १५|७)- हामी सबजना कृष्णका अंश हौँ | सबजनाको केहि कर्तव्य हुन्छ | कृष्णले हाम्रो लागि सिर्जना गर्नुभएको छ, केहि कार्य गर्ने आशा गर्दै, हामीद्वारा कृष्णको सन्तुष्टिको लागि | त्यो भक्ति हो | हाम्रो अवसर यस मानव जीवनमा प्राप्त हुन्छ | हामीले आफ्नो अमुल्य समय अरु कुनै कार्यमा नाश गर्नुहुँदैन | केवल कृष्णको सेवा गर्न सोध्ने र तयार हुने | आनुकूल्येन कृष्णानुशील​ | आनुकूल​ | तपाईको सन्तुष्टि होइन तर कृष्णको सन्तुष्टि | त्यसलाई आनुकूल, सहायक भनिन्छ | आनुकूल्येन कृष्णानुशीलनम् (चै च मध्य १९|१६७) | र अनुशीलनम् भनेको गतिविधि, यो होइन कि "परमानन्दमा म ध्यानमा हुन्छु |" त्यो पनि..... केहि हुनु केहि नहुनुभन्दा राम्रो हुन्छ, तर भक्तिमय सेवा गतिविधि हो | एक मानिस सक्रिय हुनुपर्छ र सर्वोत्तम गतिविधि भनेको सर्वोच्च पुरुषोत्तम भगवानको महिमा प्रचार गर्नु हो | त्यो सर्वोत्तम गतिविधि हो | न च तस्मान् मनुष्येषु कश्चिन् मे प्रीय​-कृत्तमः (भ गी १८|६९) |