NE/Prabhupada 0471 - कृष्णलाई खुसी पार्ने सबभन्दा सजिलो तरिका-केवल आफ्नो मन चाहिन्छ



Lecture on SB 7.9.9 -- Mayapur, March 1, 1977


प्रभुपाद: प्रह्लाद महाराजले सोचे कि, उनी असुर परिवार, उग्र जातम् परिवारमा जन्मिए तापनि, यदि उनले कृष्ण, नृसिंह​-देव​को सेवा भक्ति साथगर्ने निर्णय गर्छन्, गज​-यूथ पाय​, हात्तीको राजाको चरणचिह्नको अनुसरण गरेर...... उनी पशु थिए | तपाईलाई कथा थाहा छ कि उनलाई पानीमा गोहीले आक्रमण गरेको थियो | दुईजना बीच अस्तित्वको लागि संघर्ष भएको थियो, गोही जलचर भएको कारण ऊसँग धेरै बल थियो | र हात्ती, उनी पनि धेरै ठुलो, शक्तिशाली पशु भए तापनि, उनी जलचर थिएनन्, त्यसैले उनी धेरै असहाय थिए | त्यसैले अन्तिममा उनले भगवानको पवित्र नाम जप्न थाले र प्रार्थना गरे | उनी बचे | उनी बचे र गोहीले हात्तीको खुट्टा टोकेको कारण....... उनी पनि बचे किनकि उनी वैष्णव थिए | र यो पशु, गोही, ऊ वैष्णवको चरणमा थियो त्यसैले ऊ पनि बच्यो | (हाँसो) यो कथा हो, तपाईलाई थाहा छ | तसर्थ, छाडिया वैष्णव सेवा | उसले वैष्णवलाई अप्रत्यक्ष रुपमा सेवा दियो र ऊ पनि मुक्त भयो | त्यसैले भक्ति यति राम्रो कुरा छ कि धेरै सजिलै तपाईले भगवानको कृपा प्राप्त गर्नुहुन्छ | र यदि कृष्ण तपाईसँग खुसी हुनुहुन्छ, तब के बाँकी हुन्छ ? तपाईले सबै कुरा प्राप्त गर्नुहुन्छ | तपाईले सबै कुरा प्राप्त गर्नुहुन्छ | यस्मिन् विज्ञाते सर्वम् एव विज्ञातं भवन्ति (मुण्डक उपनिषद १|३) कृष्णलाई खुसी पार्ने सबभन्दा सजिलो तरिका..... तपाईलाई धेरै धन,शिक्षा वा त्यस्तो केहि चाहिंदैन | तपाईलाई केवल आफ्नो मन चाहिन्छ | "हे कृष्ण, हजुर मेरो भगवान हुनुहुन्छ | हजुर शाश्वत रुपमा मेरो मालिक हुनुहुन्छ | म शाश्वत रुपमा हजुरको दास हुँ | मलाई हजुरको सेवामा संगग्न गराउनुहोस् |" त्यो भनेको हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे/ (भक्तहरु जप्छन्) हरे राम, हरे राम, राम राम, हरे हरे | यो हरे कृष्णको अर्थ हो: "हे कृष्ण, हे कृष्णकी शक्ति, म हजुरको दास हुँ | कुनै कारणले म अहिले यो भौतिक जगतमा खसेको छु | कृपया मलाई उठाउनुहोस् र आफ्नो सेवामा संग्लग्न गराउनुहोस् |" अयि नन्द​-तनुज पतितं किङ्करं मां विषमे भवं बुधौ | यो चैतन्य महाप्रभुको शिक्षा हो | भवं बुधौ | यो भौतिक जगत विशाल समुद्र, भवजस्तै हो | भव भनेको जन्म र मृत्युको पुनरावृत्ति, र आम्बुधौ भनेको समुद्रमा | हामी अस्तित्वको लागि यो समुद्रमा संघर्ष गर्दैछौं | त्यसैले चैतन्य महाप्रभुले भन्नुहुन्छ, अयि नन्द तनुज पतितं किङ्करं माम्: "म हजुरको नित्य दास हुँ | कुनै कारण म यो समुद्रमा खसेर संघर्ष गर्दैछु | मलाई उठाउनुहोस् |" अयि नन्द​-तनुज पतितं किङ्करं माम् विषमे भवाम्बुधौ कृपाय​ | हजुरको अहैतुकी कृपाद्वारा.... यि नन्द​-तनुज पतितं किङ्करं माम् विषमे भवाम्बुधौ कृपाय तव पाद​-पङ्कज​-स्थित​-धूली सदृश्सं विचिन्तय (चै च अन्त्य २०|३२, शिक्षाष्टक ५) यो भक्ति-मार्ग हो, सधैं विनम्र, निरहंकार भएर कृष्णलाई प्रार्थना गर्नुपर्छ, "कृपया मलाई हजुरको चरणकमलको धुलोको एउटा कण सम्झनुहोस् |" यो धेरै सरल कुरा हो | मन्-मना | यस प्रकारले कृष्णको बारेमा सोच्नुहोस्, उहाँको भक्त बन्नुहोस्, दण्डवत प्रणाम गर्नुहोस्, र जति पनि पत्रं पुष्पं, थोरै फुल, पानी तपाईले अर्पण गर्न सक्नुहुन्छ, कृष्णलाई अर्पण गर्नुहोस् | यस प्रकारले शान्त जीवन बाँच्नुहोस् र खुसी हुनुहोस् |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: जय प्रभुपाद |