NE/Prabhupada 0505 - यो शरीरलाई जोगाउन सकिंदैन । यो सम्भव छैन



Lecture on BG 2.18 -- London, August 24, 1973


प्रद्युम्नः अविनाशी, अगण्तििय र शाश्वत जीवको भौतिक शरीरमात्र विनाश हुन्छ,तसर्थ लड, हे भरतवंशी ।

प्रभुपादः अन्तवन्त इमे देश नित्यस्योतmाः शरीरिनः शशरीरिनः यो बहुवचन ओ शरीरिन । त्यसैले शारिरिन वा शरीरीको मत्लव शरीरको मालिक । शरीर भनेको यो शरीर र शरीरिन्, जसले शरिर धारण गर्छ त्यसैले बहुवचन हो शरिरिनाह। विभिन्न तरिकाले कृष्णले अर्जुनलार्य सम्झाउँदै हुनुहुन्छ । कि आत्मा शररुरभन्दा भिन्न छ । त्यसैले यो शरीर, अन्तवत्, यो सकिने छ । तपाइले जसरी भएपनि प्रयास गर्नुहोस्, वैज्ञानिक ढंगले, सौन्दर्य विधि र अरु कुरा अपानाएर, तपाईले शरीर जोगाउन सकनुहन्न । तयो सम्भव छैन । अन्तवत्, अन्वन्तको मतलव अन्त भनेको अन्त्य र वत् भनेको धचरण गर्नु । तसैले तिम्रो लड्नुपर्ने कर्तव्य छ , र तिमी शोक प्रकट गदछौ कि तिम्रो हजुरवुवा वा गुरु वा साथीभाइको शरीर, तिनीहरु विनाश हुनेछन् र तिमी दुखी हुनेछौ । त्यो ठिक छ, तिमी दुखी हुनेछौ, तर तिमीले लडाई नगरे पनि, तिनीहरुको शरीर आज वा भोली वा मानौ केहि वर्ष पछि सकिनेछ । त्यसैले किन तिमी आफ्नो कर्तव्य बाट पछि हट्ने यो मुख्य कुरा हो । र जहाँसमम आत्माको कुरा छ । तिम्रो हजुरवुवा, गुरु र अरुको तिनीहरु नित्य, शाश्वत छन् । पहिल्यै व्याख्या गरिसकियो, नित्यस्य उक्तः । अव कृष्ण पनि यहाँ उक्तः भन्नहुन्छ । उक्तः को मतलव – भनिसकिएको । यो होइन कि म आफ्नो मत अनुसार बोलिरहेको छु , म केहि सिदान्त प्रस्तुत गरिरहेको छु । होइन । यो भनिउको छ । यो पहिल्यै कायम भइसकयो, यो पहिल्यै निधो भइसकयो र वैदिक साहित्यमा, अधिकारीदारा यो भनिएको छ । यो हो प्रमाण प्रस्तुत गर्ने तरिका । कृष्ण सर्वाेच्च पुरुषेतम भगवान समेत उआँ आफ् सिदान्त भन्नुहुँदैन । उहाँले भन्नुभयो, “यो भनिएको छ”, प्रामाणिक । अनाशिनो अप्रमेयस्य । अनाशिनः नाशिनः भनेको नाशवान् र अनाशिनः भनेको नाशवान् नभएको । शरीरिनः आत्मा, अनाशिनः यो कहिल्यै नाश हुँदैन । अनि अप्रमेयास्य | अप्रमेयास्य, अथाह यसलाई नापन पनि सकिदैन । बैदिक साहितयमा नाप वर्णन गरिएको छ तर तपाई यसलाई नाप्न सकनुहुन्न । जे पनि, धेरै कुराहर वैदिक साहित्यमा वर्णन गरिएको छ । तयसैले तपाई वैज्ञानिक ज्ञानमा यति विकसित हुनुहुन्छ । तर तपाई भन्न सकनुहुन्न कि यो तथ्य होइन । न त तपाई हनुमान गर्न सकनुहुन्छ । जस्तै पदम पुराण्मा जैनिक विविधता प्रस्नुन गरिएको छ : जलाजा नव-लक्षानी जलचर पशु वा जीवहरु नौ लाख छन् । तपाइले भन्न सक्नुहुन्न, होइन यी नौ लाख होइन । यी थोरै वा धेरै हो । तपार्यले पानिमा कति विविधता छ हेर्न सम्भव हैन । तपाईले जीव वैज्ञानिकले , तिनीहरुले प्रयोग गरेका होलान्, तर नौ लाख रुप देखन सम्भव छैन । त्यो सम्भव छैन। जलजा नव लक्षणि स्थावर लक्ष विंशति ।