NE/Prabhupada 0514 - यहाँ आनन्द भनेको पीडाको थोरै कमी
Lecture on BG 2.25 -- London, August 28, 1973
त्यसैले हाम्रो वास्तविक कर्तव्य भनेको ब्रह्म भुतः बन्नु हो । त्यसैले को बन्न सबछ? त्यसको पहिले व्याख्या भइसक्यो । कृष्णले पहिले व्याख्या गरि सक्नु भयो त्यो श्लोक कुन हो? यं हि न व्यथयन्ति एते । व्यभयन्ति, पिडा दिंदैन । भैतिक भौतिक बोझ, त्यो सधै पिडादायी हुन्छ । इो शरीर पनि । यो पनि अर्काे बोझ हो । हामीले यसलाई बोक्नुपर्छ । त्यसैले जब कोहि यस शारिरीक पिडा र सुखबाट प्रभावित हुँदैन..... कुनै सुख छेन, केवल पिडा । यहाँ सुख भनेको पिडाको थोरै कमी । जस्तै तपाइलाई यहाँ फोका उठेको छ । के भनिन्छ? फोका? फोरा? यो सधैँ पिडादायी हुन्छ । र कुनै चिकित्सा प्रयोगबाट जब त्यस पिडा थोरै कम हुन्छ, तपाई सोच्नुहुन्छ कि, अब यो खुसी हो तर फोका त्यहाँ छ । तर फोका त्यहाँ छ । तपाई कसरी खुसी हुन सक्नुहुन्छ । त्यसैले यहाँ वासतवमा कुनै खुसी छैन तर हामी सोच्छौँ कि हामीले धेरै प्रतिस्धात्मक विधिको खोज गयौँ । जस्तै रोग हुन्छ । हामीले औषधि खोज गरेका छौँ । हामीले चिकित्सा विद्यालय खोज गरेका छौँ । ठुला ठुला चिकित्सक, एम. डी एफ. आर सी स उत्पादन गदै छौँ । तर त्यसको तपाई बाँच्नुहन्छ भन्ने होइन । होइन तपाई मनुपर्छ महाशय । त्यसैले फोका छ त्यहाँ । अस्थायी औष्धीको थोरै प्रयोग त्यो...... तसर्थ यस भौतिक जगतमा कुनै खुसी छैन् । त्यसर्थ कृष्णले भन्नुभयो कि तिमी किन खुसी अनुभव गदैछौँ ? तिमी मर्नुपर्छ, आखीमा, जुन तिम्रो कार्य होइन । तिमी शास्वत छौ । तर पनि तिमीले मृत्यु स्वीकार्नुपर्छ । जन्म मृत्यु जरा व्याधि दुख दोषनुदर्शनम् (भ गी १३.९) यो तपाइको वास्तविक सभ्यया हो तर यी धुर्तहरुलाई थाहा छैन । तिनीहरु सोच्छन् मृत्यु प्राकृतिक हो मृत्युपछि सबै सकिन्छ । अब जबसम्म म जिवित छु मलाई रमाइलो गर्न देऊ । ऋण कत्ता घृतं पिवेत । आनन्द भनेको............... हम्रो भारतिय चलन अनुसार तिनीहरुको आनन्द पाश्चात्य राष्ट्रमा जस्तो मांसभक्ष्ण होइन । तिनीहरुको आनन्द धेरै घिऊ खानु, मोटो हुनुहो । त्यो तिनिहरुको आनन्द हो । त्यसैले चार्वाक मुनिले सिफारिश गरे अब घिऊ खाऊ र जीवनको मजा लिऊ । कचोरि, समोसा, सबै घिऊका परिकारबाट बनाइएको । तब मसँग पैसा छैन, महासय । मैले घिउ कहाँ पाउने ? ऋणं कृत्वां माग, सापट लिऊ, चोर घिऊ पाऊ । क्सैगरी, कालेबजार सेतोबजार, कुनै तरिका । पैसा ल्याऊ र घिऊ त्यति हो । ऋणं कृत्वा घृतं पिबेत् । सकेसम्म घिऊ खाऊ । ऋणं कृत्वा घृतं पिबेत् यावाद् जीवेत् सुखं जीवेत् सुखं जीवेत् । जबसम्म बाँच्छौ, खुसीसँग बाँच धेरै राम्ररी । त्यो सबै युरोपेली दार्शनिकको सिद्धान्त हो सुखसँग नाँच । तर दार्शनिकहरुलाई अन्तिममा पक्षाघात हुन्छ । उसको सुख सकिन्छ । पक्षघात भएको त्यो दार्शनिक को हो? तिनीहरु यी सब सिद्धान्तहरु बनाउँछन् । युरोपेली दार्शनिक मात्र होइन, भारतमा अर्काे दार्शनिक, डा. राकृष्णन् उनलाई अहिले दिमागको पक्षघात भएको छ । त्यसैले तिनिहरु बुझ्दैनन् कि त्यहाँ नियन्त्रक हुुनुहुन्छ । हामीले सिद्धान्त दिन सक्छौँ र हाम्रो खुसी जीवनको धेरै उपायहरु तर तपाई खुसी बन्न सक्नुहुन्न, महाशय, जबसम्म तपाईसच्ग यो भौनिक शरीर छ । त्यो तथ्य हो । जन्म मृत्यु जरा व्याधि दुख दोषनुदर्शनम् (भ गी १३÷९) तसर्थ बुद्धिमान् मानिसहर तिनीहरु......... कृष्णले सबेलाई बुद्धिमान् बनाउँदै हुनुहुन्छः तिमी धुर्त तिमी यो शारिरीक अवधाणामा छौँ तिम्रो सभ्यताको मुल्य छैन । यो धुर्त सभ्यता हो ।