NE/Prabhupada 0544 - हामी विशेषगरी भक्तिसिद्धान्त सरस्वती ठाकुरको लक्ष्यमा जोड दिंदैछौं



His Divine Grace Srila Bhaktisiddhanta Sarasvati Gosvami Prabhupada's Appearance Day, Lecture -- Mayapur, February 21, 1976


प्रभुपाद: आज, हाम्रो पूर्वज अध्यात्मिक गुरुको पुण्य तिथि, ॐ विष्णुपाद परमहंस परिव्राजकाचार्य अष्टोत्तर​-शत श्रीमद् भक्तिसिद्धान्त सरस्वती ठाकुर प्रभुपाद​ | श्रील भक्तिसिद्धान्त​ सरस्वति ठाकुरको लक्ष्य...... उहाँको जीवनभन्दा बाहेक, हामी विशेषगरी भक्तिसिद्धान्त​ सरस्वति ठाकुरको लक्ष्यमा जोड दिंदै छौं | यस स्थान, मायापुर, पहिले मियापुरको नामले चिनिन्थ्यो | धेरैजसो यहाँ मुसलमानहरु छन् | कुनै तरिकाले यहाँको नाम मायापुरबाट मियापुरमा परिणत भयो | अझ पनि, मानिसहरु धेरै शंकामा छन् कि श्री चैतन्य महाप्रभुको जन्मस्थान कहाँ हो | र भक्तिविनोद ठाकुरले वास्तविक स्थान पत्ता लागौं खोज गर्दै हुनुहुन्थ्यो | जगन्नाथ दास बाबाजी महाराजको निर्देशनमा, यस वर्तमान योगपीठ श्री चैतन्य महाप्रभुको जन्मस्थानको निर्धारित भयो | त्यसैले भक्तिविनोद ठाकुरले सुरुवातमा यस स्थान धेरै महिमापूर्वक विकास गर्न चाहनुहुन्थ्यो, श्री चैतन्य महाप्रभुको पवित्र नाम उपयुक्त हुने | त्यसैले उहाँले मायापुर विकाश गर्ने यस अभियान सुरु गर्नुभयो | उहाँले यो सकाउन सक्नुभएन, त्यसैले उहाँले भक्तिसिद्धान्त​ सरस्वति ठाकुरलाई हस्तान्तरण गर्नुभयो | त्यसैले उहाँको प्रयास अन्तर्गत, आफ्नो शिष्यको सहायता साथ, यस स्थान क्रमैले विकाश भयो, र हाम्रो प्रयास पनि यस स्थान विकास गर्नु हो | तसर्थ हामीले यस मन्दिरको नाम मायापुर चन्द्रोदय राखेका छौं | हाम्रो यस स्थान राम्ररी र महिमपुर्वक विकास गर्ने ठुलो महत्वाकांक्षा छ, र भाग्यवश हामी अहिले विदेशी राष्ट्रहरुसँग जोडिएका छौं, विशेषगरि अमेरिकीसँग | भक्तिविनोद ठाकुरको इच्छा थियो कि अमेरिकीहरु यहाँ आउन्, र यस स्थान विकाश गरुन्, र उनीहरु भारतीयसँग गाउन् र नाचून् | त्यसैले उहाँको सपना र साथै चैतन्य महाप्रभुको भविष्यवाणी, पृथिवीते आछे यत नगरादि ग्राम सर्वत्र प्रचार हैबे मोर नाम (चै भा अन्त्य​-खण्ड ४।१२६) चैतन्य महाप्रभु चाहनुहुन्थ्यो कि सब भारतीयहरु भाग लिउन् | भारत भूमिते मनुष्य​-जन्म हैल यार जन्म सार्थक करिऽ कर पर​-उपकार​. (चै च आदि ९।४१) यो चैतन्य महाप्रभुको लक्ष्य हो, पर उपकार | पर-उपकार भनेको अरुलाई राम्रो गर्ने | अवश्य पनि, मानव समाजमा धेरै हाँगाहरु छन् अरुलाई राम्रो गर्ने- कल्याण समाजहरु- तर धेरै-थोरै....... किन धेरै वा थोरै ? लगभग सम्पूर्ण, तिनीहरु सोच्छन कि यस शरीर हामी हौँ, र शरीरलाई केहि राम्रो गर्नु कल्याण गतिविधि हो | तर वास्तावमा त्यो कल्याण गतिविधि होइन किनकि भगवाद गीतामा हामी स्पष्टसँग बुझ्छौं, अन्तवन्त इमे देहः नित्यस्योक्ताः शरीरिणः | यो शरीर अन्तवन्त छ | आँट भनेको यो सकिनेछ | सबैलाई थाहा छ उसको शरीर स्थायी छैन, यो सकिनेछ | सबै भौतिक कुराहरु- भूत्वा भूत्वा प्रलीयते (भ गी ८।१९)- यसको जन्म मिति छ, यो केहि समयको लागि रहन्छ, अनि यो नाश हुन्छ | त्यसैले अध्यात्मिक ज्ञान "म यो शरीर होइन" भन्ने बुझाईबाट सुरु हुन्छ | यो अध्यात्मिक शिक्षा हो | भगवाद गीतमा कृष्णले अर्जुनलाई दिनुभएको पहिलो उपदेश, यो हो, कि हामी यो शरीर होइनौं | किनकि अर्जुन शरीरको स्तरबाट बोल्दै थिए, त्यसैले कृष्णले उनलाई गालि गर्नुभयो. कि अशोच्यान् अन्वशोचस् त्वं प्रज्ञा-वादांश् च भाषसे: (भ गी २।११) "अर्जुन, तिमी धेरै विद्वान मानिस जसरी बोल्दै छौ, तर तिमी त्यस विषयमा शोक प्रकट गर्दै छौ जसमा कोहि विद्वान मानिसले शोक गर्दैन |" अशोच्यान् अन्वशोचस् त्वं | त्यसैले शरीरसँग सम्बन्धित त्यस्तो प्रकारको कल्याण गतिविधि, जस्तै अस्पताल र अरु धेरै कुराहरु, तिनीहरु निस्संदेह राम्रो हो, तर अन्तिम लक्ष्य भनेको आत्माको चाहना हेर्नु हो | त्यो अन्तिम लक्ष्य हो | त्यो सम्पूर्ण वैदिक उपदेश हो | र कृष्णले यस कुराबाट सुरुवात गर्नुहुन्छ | देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा (भ गी २।१३) |