NE/Prabhupada 0565 - म उनीहरुलाई इन्द्रिय नियन्त्रण गर्न प्रशिक्षण दिंदैछु



Press Interview -- December 30, 1968, Los Angeles


पत्रकार: मलाई केहि सोध्न दिनुहोस् जुन हामीले हालसालै ठुलो रुपमा भोग्नुपर्यो | हामीले हालसालै बच्चाहरुको लागि युवा पुरक सुरु गर्यौं | र सबभन्दा......मैले के भन्नु ? त्यो विशेष कुरा जसले मानिसबिच सबभन्दा ठुलो मतभेद प्रदान गर्छ, वा कम्तिमा अमेरिकी पुरुष र महिलाको भागवत् प्रेम वा दश आदेश पालन गर्नेमा, समस्या हो, कसरी म भनुँ, यौन समस्या | हामीलाई यो देशमा सिकाइन्छ, र हाम्रो नैतिकतावादी पृष्ठभूमि छ, कि मैथुन नराम्रो कुरा हो | र मलाई लाग्छ हामी, आशापूर्वक हामीहरु यसबाट बाहिर आउँदै छौं, तर, जब युवाहरु, एक व्यक्ति यौवन अवस्थामा पुग्छ.....यहाँ यो देशमा, मलाई अरु देशको थाहा छैन | उसलाई निकै नराम्रो, अवश्य पनि नराम्रो समस्या हुन थाल्छ | अब म त्यो भन्दै छु जुन स्पष्ट छ | हामीहरु सब यसबाट गुज्रियौं |

प्रभुपाद: हो, सबै |

पत्रकार: तर लाग्छ कि यो पश्चिमी चर्चहरुको लागि असम्भव छ युवा वर्गलाई केहि दिन जसमा अडिएर बसुन् र उनीहरुले बुझुन् नम्बर एक कि तिनीहरुले जे अनुभव गर्दै छन् एक साधारण सुन्दै कुरा हो र नम्बर दुई, कसरी यसको सामना गर्ने | र पश्चिमी सभ्यतामा केहि पनि छैन जसले सिकाउँछ वा यो कुराको सामना गर्न युवालाई मदत गर्छ, जुन धेरै, धेरै जटिल समस्या हो | र म यसबाट गुज्रिएँ | हामी सबै पनि | अब के तपाई आफ्नो सन्देशमा, युवालाई अडिन केहि दिनुहुन्छ.....

प्रभुपाद: छ |

पत्रकार:......अडिन, यदि यदि त्यस्तो, के ?

प्रभुपाद: छ | छ | म दिन्छु |

पत्रकार: के ?

प्रभुपाद: म मेरा सबै शिष्यलाई विवाह गर्न भन्छु | म यी केटाहरुलाई प्रेमी, प्रेमिकासँग बस्ने अनुमति दिन्न | होइन | तपाईले आफु विवाह गर्नुपर्छ, सज्जनजस्तो जीवन, पत्नीलाई सेवकको रुपमा व्यवहार गर्ने, पतिलाई आफ्नो प्रदायकको रुपमा व्यवहार गर्ने | यस प्रकारले, म उनीहरुलाई सिकाउँदै छु | यो युवक केवल चार दिन पहिले विवाहित भएको थियो | ऊ प्रोफेसर छ | मेरा धेरै विवाहित शिष्य छन्, र तिनीहरु धेरै खुसीसाथ बाँच्दै छन् | यी युवती विवाहित छिन | पहिले, तुन्निहरु प्रेमी, प्रेमिकाको रुपमा बस्दै थिए | म त्यसको अनुमति दिन्न |

पत्रकार: मलाई अझ आधारभूत हुन दिनुहोस् | यो कस्तो हुन्छ जब कोहि चौध, पन्ध्र, सोह्र वर्षको हुन्छ ?

प्रभुपाद: उही कुरा | अवश्य पनि, अर्को कुरा भनेको हामीले आफ्ना युवाहरुलाई ब्रह्मचारी बस्ने शिक्षा दिन्छौं | ब्रह्मचारी | ब्रह्मचारी भनेको कसरी अविवाहित जीवन बिताउने |

पत्रकार: हँ ?

प्रभुपाद: केवल, हवार्ड, ब्रह्मचारी जीवन व्याख्या गर |

पत्रकार: हो, म बुझ्छु |

हयग्रीव: यो इन्द्रियको नियन्त्रण हो, र उहाँले हामीलाई सिकाउनुहुन्छ कि इन्द्रिय कसरी नियन्त्रण गर्ने | साधारणतया, विवाह तबसम्म हुन्न जबसम्म एक युवा २२, २३, २५ वर्षको हुँदैन |

पत्रकार: तपाईको मतलब उसको संस्कृतिमा |

प्रभुपाद: हो | हामी युवती छान्छौँ, भनौं, करिब १६, १७ वर्षको, र युवा २४ वर्षभन्दा बढीको हुँदैन | म उनीहरुलाई विवाहित गराउँछु | तपाई देख्नुहुन्छ ? र किनकि उनीहरुको ध्यान कृष्ण भावनामा मोडिएको हुन्छ, उनीहरुको केवल यौन जीवनमा थोरै रुची हुन्छ | तपाई देख्नुहुन्छ ? तिनीहरुको राम्रो संग्लग्नता हुन्छ | परं दृष्ट्वा निवर्तते (भ गी २|५९) | तपाई देख्नुहुन्छ ? हामी विकल्प दिन्छौं हामी केवल यो भन्दैनौं कि "तिमि यो नगर," हामी केहि राम्रो दिन्छौं | तपाई देख्नुहुन्छ ? तब स्वत: "नगर" आउँछ | तपाई देख्नुहुन्छ ?

पत्रकार: सहि समयमा | प्

रभुपाद: तत्काल | हामी केहि राम्रो संग्लग्नता दिन्छौं |

पत्रकार: यो के हो ?

प्रभुपाद: जस्तै हाम्रा युवा र युवतीहरु, तिनीहरु सबै कृष्ण भाव कार्यमा संग्लग्न छन्, मान्दिर कार्यमा, रंग लगाउनमा, टाइप गर्नमा, अभिलेख गर्नमा, धेरै कुराहरु | र तिनीहरु खुसी छन् | तिनीहरु फिल्म हेर्न जाँदैनन्, तिनीहरु क्लब जाँदैनन्, तिनीहरु पिउँदैनन्, तिनीहरु चुरोट पिउँदैनन् | त्यसैले म उनीहरुलाई व्यवहारिक रुपमा कसरी नियन्त्रण गर्ने सिकाउँदै छु | र सम्भावना छ किनकि यी युवा र युवतीहरु, उनीहरु सब अमेरिकी हुन् | तिनीहरु भारतबाट आयातित होइनन् | किन तिनीहरुले यो लिएका छन् ? विधि यस्तो राम्रो छ तिनीहरुले यो मन पराएका छन् | त्यसैले यदि तपाईले यो विधि फैलाउनुहुन्छ, सबै कुरा समाधान हुन्छ |

पत्रकार: तब यो.....

प्रभुपाद: हामी यो प्रतिबन्ध गर्दैनौं कि तपाई स्त्रीसँग नमिसिनुहोस् वा तपाई यौन जीवन अन्त्य गर्नुहोस् | हामी त्यो भन्दैनौं | तर हामी सबै कुरा कृष्ण भावना अन्तर्गत नियमित बनाउँछौं | उनीहरुको लक्ष्य उच्चतम छ | यी सब गौण स्तर हुन् | त्यसैले यस प्रकारे सबै कुरा राम्रो हुन्छ |