NE/Prabhupada 0576 - विधि भनेको कसरी यी सब प्रवृत्तिलाई शुन्य बनाउने हुनुपर्छ



Lecture on BG 2.19 -- London, August 25, 1973


त्यसैले लोके व्यवाय आमिष मद​-सेवा नित्यस् तु जन्तुः | यो झुकाव छ | भौतिक जीवन भनेको हरेक जीवको यी झुकावहरु छन् | तर तिनीहरुलाई प्रतिबन्ध लगाउनुपर्छ | प्रवृत्तिः एषं भूतानाम् | त्यो प्राकृतिक झुकाव हो | तर यदि तपाई त्यसलाई रोक्न सक्नुहुन्छ, त्यो तपाईको उत्कृष्टता हो | त्यसलाई भनिन्छ तपस्या | तपस्या भनेको मेरो प्राकृतिक रुपले कुनै झुकाव छ, तर त्यो राम्रो होइन | यस कारणले नराम्रो कि, यदि हामीले त्यो झुकावलाई निरन्तरता दिन्छौं, तब हामीले यो भौतिक शरीर स्वीकार्नुपर्छ | यो प्रकृतिको नियम हो | एउटा श्लोक छ, प्रमत्त: | के भनिन्छ, त्यो....? अहिले मैले बिर्सिएँ | कि सबै पागल छन्, इन्द्रियतृप्ति पछी पागल छन् | न साधु मन्ये यत आत्मनो ऽयम् असन्न् अपि क्लेशद आस देहः (श्री भा ५|५|४) | जबसम्म हामी इन्द्रियतृप्तिको यो झुकावलाई निरन्तरता दिन्छौं, तपाईले शरीर स्वीकार्नुपर्छ | त्यो जन्म र मृत्यु हो | जबसम्म | तसर्थ, विधि भनेको कसरी यी सब झुकावलाई शुन्य बनाउनु हो | त्यो पूर्णता हो | यसलाई बढाउनु होइन | नूनं प्रमत्तः कुरुते विकर्म यद् इन्द्रिय​-प्रीतय आपृणोति (श्री भा ५|५|४) | नूनं, ओहो, वास्तवमा, प्रमत्त:, यी पागलहरु | तिनीहरु पागल छन्, जो यी झुकावहरु पछी छन्, व्यवाय आमिष मद​-सेवा, मैथुन, नशा र मांस-भक्षण | तिनीहरु सब पागल हुन् | प्रमत्त: | नूनं प्रमत्तः कुरुते विकर्म (श्री भा ५|५|४) | विकर्म भनेको प्रतिबन्धित गतिविधि | हामी देख्छौं, यी तीन कुराको लागि, आमिष मद​-सेवा, यौन जीवनको लागि, मांस-भक्षणको लागि, पिउनको लागि, मानिस कार्यरत छन् | कार्यरतमात्र होइन, बेर्ईमानीसँग कार्यरत | कसरी पैसा पाउने, कसरी पैसा पाउने, कालो बजार, सेतो बजार, यो, त्यो, केवल यी तीन कुराको लागि: आमिष​-मद​-सेवा | [....] तसर्थ, नूनं प्रमत्तः कुरुते विकर्म यद् इन्द्रिय​-प्रीतय आपृणोति (श्री भा ५|५|४) | यो ऋषभदेवको आफ्ना पुत्रहरुलाई उपदेश हो | "मेरा प्रिय पुत्रहरु, कुमार्गमा नलाग | यी धुर्त मुर्खहरु, तिनीहरु यी कुरा पछी पागल छन्, मांस-भक्षण, नशा र यौन जीवन |" न साधु मन्ये, "यो थोरै पनि राम्रो छैन |" न साधु मन्ये | "म अनुमति दिन्नँ, म भन्दिनँ कि यो धेरै राम्रो हो | यो थोरै पनि राम्रो होइन |" न साधु मन्ये | "किन यो राम्रो होइन ? हामी जीवनको आनन्द लिंदै छौं |" हो, तपाई अहिले आनन्द लिंदै हुनुहुन्छ, तर यत आत्मनो ऽयम् असन्न् अपि क्लेशद आस देहः (श्री भा ५|५|४) | जबसम्म तपाईले यी कुराहरुलाई निरन्तरता दिनुहुन्छ, तपाईले शरीर स्वीकार्नुपर्छ, र जब तपाई शरीर स्वीकार्नुहुन्छ, जन्म हुनुपर्छ, मृत्यु हुनुपर्छ, रोग हुनुपर्छ, र त्यहाँ हुनुपर्छ, के भनिन्छ, बुढ्यौली | तपाईले पिडा पाउनुहुनेछ | तपाईले पिडा पाउनुहुनेछ | तर तपाईको वास्तविक स्थान न जायते हो | तपाईले जन्म लिनुहुन्न, तर तपाईले आफुलाई जन्म लिन बद्ध बनाउनुभएको छ | वास्तवमा, तपाइको स्थान जन्म नहुने, शाश्वत जीवन हो | जसरी कृष्ण शाश्वत हुनुहुन्छ, त्यसैगरी, हामी सब शाश्वत छौं किनकि हामी कृष्णका अंश हौँ- उही गुण |