NE/Prabhupada 0580 - हामीले भगवानको स्वीकृति बिना आफ्ना इच्छाहरु पूरा गर्न सक्दैनौं



Lecture on BG 2.21-22 -- London, August 26, 1973


सर्वस्य चाहं हृदि सन्निविष्टः, "म सबैको हृदयमा बस्दै छु |" भगवानलाई खोज्नुहोस्, कृष्णलाई खोज्नुहोस् | धेरै स्थानमा, सबै वैदिक साहित्य, गुहायाम् | गुहायाम् भनेको हृदयमा | सर्वस्य चाहं हृदि सन्निविष्टो मत्तः स्मृतिर् ज्ञानम् अपोहनं च (भ गी १८|६१) | परम निर्देशक, कृष्ण, बस्दै हुनुहुन्छ, र उहाँ निर्देशन गर्दै हुनुहुन्छ, "अब यो जीवले उसका इच्छाहरु यस प्रकारले पुरा गर्न चाहन्छ |" उहाँले भौतिक प्रकृतिलाई निर्देशन दिंदै हुनुहुन्छ | "अब, एउटा गाडी तयार गर, शरीर, यो धुर्तलाइ यस प्रकारले | उसले आनन्द लिन चाहन्छ | ठिक छ, उसलाई आनन्द लिन देउ |" यो चल्दै छ | हामी सब धुर्त छौं, हामी जीवनका विभिन्न उपायहरु उत्पादन गर्दैछौं | "मलाई लाग्छ |" तपाई सोच्दै हुनुहुन्छ | जब तपाई सोच्नुहुन्छ...... तर हामी भगवानको स्वीकृति बिना हाम्रा इच्छा पुरा गर्न सक्दैनौं | त्यो सम्भव छैन | तर किनकि हामी जिद्दी गर्दैछौं, कि "म मेरो इच्छा यस प्रकारले पुरा गर्न चाहन्छु," कृष्णले स्वीकृति दिंदै हुनुहुन्छ,"ठिक छ |" जसरी एउटा बच्चाले केहि प्राप्त गर्न जिद्दी गर्छ | पिताले दिन्छन्,"ठिक छ, लिऊ |" त्यसैले हामीले पाएका यी सब शरीरहरु, परम भगवानको स्वीकृतिबाट भए तापनि, तर उहाँले अनिच्छा सहित स्वीकृति दिंदै हुनुहुन्छ कि "किन यो धुर्त यस्तो चाहन्छ ?" यो हाम्रो स्थिति छ | तसर्थ, अन्त्यमा कृष्णले भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य​, (भ गी १८|६६) "यो धुर्तता त्याग,'म यो शरीर चाहन्छु, म त्यो शरीर चाहन्छु, म जीवनमा यस प्रकारले आनन्द लिन चाहन्छु'- यी सब बेकार कुरा त्याग |" त्यसैले यहाँ वैदिक साहित्यमा हामीले पाउँछौं कि भगवान र जीव, उनीहरु हृदयमा अवस्थित छन् | जीव इच्छा गर्दैछ, र मालिकले स्वीकृति दिंदै हुनुहुन्छ, र प्रकृति वा भौतिक प्रकृतिले शरीर दिंदैछिन् | "यहाँ शरीर छ, तयार, महाशय | यहाँ आउनुहोस् |" तसर्थ हाम्रो बद्धता वा मुक्तिको मुल कारण भनेको हाम्रो इच्छा हो | जसरी हामी इच्छा गर्दैछौं | यदि तपाई चाहनुहुन्छ, यदि तपाई यो जन्म, म्रोत्यु, बुढ्यौली र रोगको अल्झनबाट मुक्त हुन चाहनुहुन्छ, यो तयार छ | र यदि तपाई यो अल्झनलाई निरन्तरता दिनुहुन्छ, शरीरको परिवर्तन, वासांसि जीर्णानि... किनकि तपाईले अध्यात्मिक जीवनको आनन्द यो भौतिक शरीरमा लिन सक्नुहुन्न | तपाईले यस भौतिक जगतको आनन्द यो भौतिक शरीरमा लिन सक्नुहुन्छ | र यदि तपाई अध्यात्मिक जीवनको आनन्द लिन चाहनुहुन्छ, तब तपाईले अध्यात्मिक शरीरमा लिनुपर्छ | तर हामीसँग अध्यात्मिक जीवन, अध्यात्मिक आनन्दको जानकारी नभएकाले, हामी केवल यो संसारको आनन्द लिने इच्छा गर्दैछौं | पुनः पुनश् चर्वित​-चर्वणानाम् (श्री भा ७|५|३०), चबाएकोलाई फेरी चबाउने | उनी मैथुन, उनी पुरुष र महिला, तिनीहरु घरमा आनन्द लिंदैछन् | उही फेरी नग्न नृत्यमा जान्छन | वस्तु उही हुन्छ, मैथुन, यहाँ वा त्यहाँ | तर तिनीहरु सोच्दैछन्,"यदि म हल वा नग्न नृत्यमा जान्छु, यो धेरै आनन्दमय हुनेछ |" त्यसैले यसलाई पुनः पुनश् चर्वित​-चर्वणानाम् (श्री भा ७|५|३०), चबाएकोलाई चबाउने भनिन्छ | उनी यौन जीवन घरमा, चबाउने, र नग्न क्लबमा जाने, चबाउने | चबाएकोलाई चबाउने | कुनै रस छैन | कुनै भाव, मधुरता छैन; तसर्थ तिनीहरु निराश छन् | किनकि कुरा उही हो | जस्तै तपाईले एउटा उखु चबायेरा त्यसको रस निकाल्नुहुन्छ, र यदि फेरी त्यसलाई चाबाउनुहुन्छ, तब तपाईले के पाउनुहुन्छ ? तर त्निहरु यति मुर्ख छन्, यति धुर्त, तिनीहरुलाई थाहा छैन | तिनीहरु पाउने प्रयास गर्दैछन्, मेरो मतलब, आनन्द जुन पहिल्यै लिइसकियो, जुन पहिल्यै चाखिसकियो | पुनः पुनश् चर्वित​-चर्वणानाम् (श्री भा ७|५|३०) | अदान्त​-गोभिर् विशतां तमिस्रं पुनः पुनश् चर्वित​-चर्वणानाम् | एउटा मानव...... तपाईले पाउनुहुन्छ कि जब कुकुरहरु, तिनीहरुले मैथुन गर्छन्, तिनीहरुसँग कुनै लाज हुँदैन | त्यसैले, धेरै कामुक मानिस त्यहाँ उभिन्छन् र हेर्छन् | हेरनी भनेको तिनीहरु चाहन्छन्,"यदि मैले पनि सडकमा यसरि आनन्द लिन पाएको भए |" र कहिलेकाही तिनीहरु गर्छन् | यो चल्दै छ | पुनः पुनश् चर्वित​-चर्वणानाम् (श्री भा ७|५|३०) |