NE/Prabhupada 0589 - हामी यी भौतिक विविधतालाई घृणा गर्छौं



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


तसर्थ यो इच्छा, कि म भगवानको अस्तित्वमा एकाकार हुनेछु, म एक हुनेछु....... जस्तै उदाहरण दिइएको छ कि "म पानीको थोपा हुँ | अब मा यो विशाल समुद्रमा एकाकार हुन्छु | तसर्थ म समुद्र बन्छु |" यो उदाहरण साधारणतया मायावादी दार्शनिकहरुले दिन्छन् | पानीको थोपा, जब समुद्रसँग मिसिन्छ, तिनीहरु एक बन्छन् | त्यो केवल कल्पना हो | हरेक पानी, आणविक | धेरै धेरै आणविक अंश हुन्छन् | त्योभन्दा बाहेक, मानौं कि तपाईले पानीसँग मिसाउनुहुन्छ, र ब्रह्म, समुद्र वा महासागरको अस्तित्वमामा एकाकार हुन्छौं | तब फेरी तपाई बाफ बन्नुहुन्छ, किनकि पानी समुद्रबाट बाफ बन्छ र यो बादल बन्छ र फेरी जमिनमा झर्छ, र फेरी समुद्रमा जान्छ | यो चल्दै छ | यसलाई भनिन्छ आगमन-गमन, आउनु र फेरी मिसिनु | त्यसैले के फाइदा भयो ? तर विश्नव दर्शनले भन्छ को हामी पानीसँग मिसिन चाहन्नौं, हामी समुद्रमा माछा बन्न चाहन्छौं | त्यो धेरै राम्रो हो | यदि कोहि माछा बन्छ, एउटा ठुलो माछा, वा सानो माछा...... यसको मतब हुँदैन | यदि तपाई पानीभित्र गहिरोमा जानुहुन्छ, तब त्यहाँबाट बाफ बन्नुपर्दैन | तपाई रहनुहुन्छ | त्यसैगरी, अध्यात्मिक जगत, ब्रह्म्ज्योती, यदि...... निर्भेद​-ब्रह्मानुसन्धि | जो ब्रह्मको अस्तित्वमा एकाकार हुने प्रयास गर्दैछन्, उनीहरुको लागि, यो त्यति सुरक्षित छैन | त्यो श्रीमद भागवतममा व्याख्या गरिएको छ: विमुक्त​-मानिनः । विमुक्त​-मानिनः । तिनीहरु सोच्छन् कि "अब म ब्रह्मज्योतिमा एकाकार भएँ | अब म सुरक्षित छु |" होइन, यो सुरक्षित छैन | किनकि भनिएको छ, आरुह्य कृच्छ्रेण परं पदं ततः पतन्त्य् (श्री भा १०।२।३२) | ठुलो तपस्या र साधना पश्चात पनि, ऊ उठ्न सक्छ, परं पदं, ब्रह्मज्योतिमा एकाकार हुन् | अझ पनि, त्यहाँबाट ऊ झर्छ | ऊ झर्छ | किनकि ब्रह्म, आत्मा, आनन्दमय छ | जसरी कृष्ण, वा परम, सर्वोच्च पुरुषोत्तम भगवान, आनन्दमयो ऽभ्यासात् (वेदान्त​-सूत्र १|१|१२) हुनुहुन्छ, सच्-चिद्-आनन्द​-विग्रहः (ब्र स ५|१) | त्यसैले केवल ब्रह्मको अस्तित्वमा एकाकार भएर, कोहि आनन्दमय हुन सक्दैन | जसरी तपाई आकाशमा धेरै माथि जाँदै हुनुहुन्छ | आकाशमा रहन, यो त्यति आनन्दमय हुँदैन | यदि तपाईले कुनै ग्रहमा आश्रय पाउनुहुन्छ, तब यो आनन्दमय हुन्छ | अन्यथा, तपाई फेरी यो ग्रहमा आउनुपर्छ | त्यसरिले निर्विशेष, विविधता बिना, कुनै आनन्द हुन सक्दैन | विविधता आनन्दको आमा हो | त्यसैले हामी प्रयास गर्दैछौं...... हामी यी भौतिक विविधतालाई घृणा गर्छौं | तसर्थ कसैले यी विविधता शुन्य बनाउने प्रयास गर्दैछन् र कोहि यी विविधता निराकार बनाउने प्रयास गर्दैछन् | तर त्यसले हामीलाई ठिक दिव्य आनन्द दिंदैन | यदि तपाई ब्रह्मज्योतिमा जान सक्नुहुन्छ र कृष्ण वा नारायणको आश्रय लिनुहुन्छ...... ब्रह्मज्योतिमा अनगन्ती ग्रहहरु छन् | तिनीहरुलाई वैकुण्ठलोक भनिन्छ | र उच्चतम वैकुण्ठलोक भनेको गोलोक वृन्दावन हो | त्यसैले यदि तपाई यी ग्रहहरुमध्ये एकमा आश्रय लिन भाग्यमानी हुनुहुन्छ, तब तपाई शाश्वत रुपमा ज्ञानको आनन्दमय स्थितिमा खुसी हुनुहुन्छ | अन्यथा, केवल ब्रह्मज्योतिमा एकाकार हुनु त्यति सुरक्षित हुँदैन | किनकि हामी आनन्द चाहन्छौं | त्यसैले निराकार शुन्यमा कुनै आनन्द हुन सक्दैन | तर किनकि हामीसँग कुनै जानकारी छैन, मायावादी दार्शनिकहरु, वैकुण्ठलोकका, तिनीहरु फेरी यो, फेरी यी भौतिक ग्रहहरुमा आउनुपर्छ | आरुह्य कृच्छ्रेण परं पदं ततः पतन्त्य् अधः (श्री भा १०|२|३२) | अद: भनेको भौतिक जगतमा | त्यो मैले धेरै पटक व्याख्या गरिसकें | ठुला, ठुला सन्यासीहरु छन् | तिनीहरु यो भौतिक जगत मिथ्या जगन् मिथ्या भन्दै त्याग्छन्, र सन्यास लिन्छन्, र फेरी, केहि दिन पछी, तिनीहरु समाजसेवा, राजनीतिमा आउँछन् | किनकि तिनीहरुले अनुभव गर्न सकेनन् कि ब्रह्म के हो | तिनीहरु, आनन्दको लागि, तिनीहरुले यी भौतिक गतिविधिमा भाग लिनुपर्छ | किनकि आनन्द...... हामी आनन्दमयो ऽभ्यासात् (वेदान्त​-सूत्र १।१।१२) चाहन्छौं | त्यसैले यदि अध्यात्मिक आनन्द हुँदैन, तिनीहरु तल्लो गुणमा आउनुपर्छ | यो भौतिक जगत तल्लो गुणको हो | अपरा | यदि हामीले अध्यात्मिक आनन्द, वा उच्च आनन्द पाउँदैनौं, तब हामीले यो भौतिक आनन्द लिनुपर्छ | किनकि हामी आनन्द चाहन्छौं | सबैजना आनन्द खोज्दैछन् |