NE/Prabhupada 0623 - आत्मा एउटा शरीरबाट अर्कोमा स्थानान्तरित हुँदैछ



Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972


प्रभुपाद: देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा तथा देहान्तर​-प्राप्तिर् धीरस् तत्र न मुह्यति (भ गी २|१३) यो वर्तमान समयको समस्या छ | मानिसहरु यो शरीरको जीवन शक्ति बारे शिक्षित छैनन् | यहाँ भगवद गीतामा, व्याख्या गरिएको छ, देही | देहो भनेको शरीरको मालिक | हामी सबै, हामी मानवमात्र होइन, तर मानवभन्दा तल्लो पनि, सबै जीव...... ८४,००,००० प्रजातिका जीवहरु छन् | तिनीहरुलाई देही भनिन्छ | देही भनेको शरीरको मालिक | कुकुर, बिरालो, मानव, राष्ट्रपि, वा उच्च वा निच, जीवनका धेरै प्रजातिहरु छन् | सबजना शरीरको मालिक हुन् | त्यो हामीले अनुभव गर्न सक्छौं | तपाईलाई आफ्नो शरीरको पिडा र आनन्दबारे सबै थाहा छ | मलाई थाहा छ शारिरका पिडा र आनन्द के हुन् | त्यसैले यो शरीर हामीलाई भौतिक प्रकृतिद्वारा हाम्रो गतिविधिको क्षेत्रको रुपमा दिइएको छ | भिन्न शरीरसँगै, हामी भिन्न तरिकाले कार्य गर्दैछौं | यो होइन कि तपाईका गतिविधि र मेरा गतिविधि उही छन् | कुकुरका गतिविधि र मानिसका गतिविधि फरक छन् किनकि कुकुरको भिन्न किसिमको शरीर छ र मसँग भिन्न प्रकारको शरीर छ | हामी सबजना | त्यसैले देहिनो ऽस्मिन् यथा देहे (भ गी २|१३) | देही, जीव वा जीवनशक्ति, यो शरीर भित्र छ | शरीर परिवर्तन हुँदै छ | देहिनो ऽस्मिन् यथा देहे कौमारं यौवनं जरा (भ गी २|१३) | कौमारम् भनेको बाल्यकाल | यौवनम् भनेको युवावस्था र जरा भनेको बुढ्यौली, बुढो शरीर | म सम्झन सक्छु, म वृद्ध हुँ, म सम्झन सक्छु, मेरो बालकको शरीर थियो, मेरो युवाको शरीर थियो | अहिले मसँग यो बुढो शरीर छ | त्यसैले बाल्यकालको शरीर, युवा शरीर अहिले अस्तित्वमा नभए तापनि, म अस्तित्वमा छु | त्यो तथ्य हो | सबले बुझ्न सक्छन् | उसको भुत, वर्तमान, र भविष्य छ | तपाईहरु सब युवा र युवतिहरु यहाँ उपस्थित हुनुहुन्छ | तपाईको पहिलेको शरिरबाल्यकालको थियो | त्यसैगरि, तपाईसँग भविष्यको शरीर छ | त्यो प्रतिक्षामा छ | मसँग यो छ, तपाई प्रतिक्षामा हुनुहुन्छ | त्यसैले भुत, भविष्य, भुत, वर्तमान र भविष्य, सापेक्षिक रुपमा हामी जीवनको कुनै पनि अवस्थामा बुझ्न सक्छौं | तसर्थ निष्कर्ष भनेको जब यो बुढो शारिरी जुन मसँग अहिले छ....... म सतत्तर वर्षको छु | जब यो शारिरी सकिन्छ, मैले अर्को शरीर पाउनेछु | जसरी मसँग छ, लगातार, बच्चादेखि बाल्यकालमा, बाल्यकालबाट युवावस्थामा, बुढो शरीर, त्यसैले किन अर्को शरीर हुँदैन ? सरल सत्य, कि जीव वा आत्मा, एउटा शरीर देखि अर्कोमा सर्दैछ | यो अध्यात्मिक बुझाईको मूलभूत सिद्धान्त हो | शरीरको जीवनशक्ति आत्मा हो | यो पद्धार्थको यान्त्रिक व्यवस्था होइन | आधुनिक तथाकथित वैज्ञानिकहरु, तिनीहरु सोच्छन् कि शरीर पद्धार्थको समिश्रण हो र विशेष अवस्थामा, यी पद्धार्थको समिश्रण जीवित लक्षणमा विकसित हुन्छन् | तर यो तथ्य होइन | यदि यो तथ्य हो, तब वैज्ञानिकले रसायनबाट एउटा जीवित शरीर उत्पादन गर्न सक्छन् | तर हालको मितिसम्म पनि कुनै पनि वैज्ञानिक एउटा कमिलाको जस्तो शरीर उत्पादन गर्न असक्षम छ, र अरु ठुला पशुको के कुरा गर्ने |