NE/Prabhupada 0625 - जीवनका आवश्यकताहरु परम-शाश्वत, भगवानले पूरा गर्नुहुन्छ



Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972


त्यसैले हामी सभ्य मानवहरु- नसोच्नुहोस् कि अमेरिकी वा भारतीय, वा जर्मन वा बेलायती, यसको मतलब हुँदैन- हामी धेरै कम छौं | त्यसैले हाम्रो आर्थिक समस्या छ | हामी आफ्नो आर्थिक अवस्था विकास गर्ने प्रयास गर्दैछौं | त्यो आर्थिक अवस्था के हो ? खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु | हामी सधैं व्यस्त हुन्छौं, तर पशुहरु पनि व्यस्त छौं खान, सुत्न, मैथुन गर्न र रक्षा गर्न, तर उनीहरुको कुनै समस्या छैन | हाम्रो समस्या छ | त्यसैले केवल बुझ्ने प्रयास गर्नुहोस्, यदि जीवको धेरै अंशको कुनै समस्या छैन..... तिनीहरुको जीवनको आवश्यकता परमशाश्वत, भगवानद्वारा दिइएको छ | जस्तै एउटा हात्ती | अफ्रिकी जङ्गलमा लाखौं हात्ती छन् | तिनीहरु एकपटकमा पचास किलो खान्छन् | तर तिनीहरु आफ्नो खान पाउँदैछन् | त्यसैगरी, एउटा सानो कमिला, यसलाई चिनीको दाना चाहिन्छ | उसले पनि आफ्नो खान पाउँदैछ | परम शाश्वतले भोजनको व्यवस्था गर्नुभएको छ; वा आर्थिक समस्याको समाधान प्रकृतिद्वारा गरिएको छ | तिनीहरु कुनै व्यापार गर्दैनन्, तिनीहरु यान्त्रिक ज्ञान पाउन विद्यालय जाँदैनन्, पैसा कमाउन, तर तिनीहरुलाई दिइएको छ | तिनीहरु स्वस्थ छन् | कुनै रोग छैन | त्यसैले हाम्रो सभ्यताको विकास भनेको हामीले समस्या सिर्जना गरेका छौं | त्यति हो | यो हाम्रो सभ्यताको विकास हो, र हामीलाई थाहा छैन आत्माको बनावट कस्तो छ, कसरी यो एउटा शरीरबाट अर्कोमा सर्दैछ, अर्को जीवन के हो, हामीले अर्को जीवन मानव शरीर वा यो भन्दा उच्च वा यो भन्दा तल्लो प्राप्त गर्दैछौं | र यदि त्यसो हुन्छ, हामीले त्यस्तो रुप कसरी प्राप्त गर्दैछौं ? किनकि हामी शाश्वत हौँ, हामी शरीर परिवर्तन गर्दैछौं | न हामीलाई थाहा छ कि दुई प्रकारका शरीर छन्: स्थुल शरीर र सुक्ष्म शरीर | स्थुल शरीर पृथ्वी, जल, आगो, हावा र आकाशबाट बनेको छ, र सुक्ष्म शरीर मन, बुद्धि र अहंकारले बनेको छ | सुक्ष्म शरीर भित्र आत्मा छ | अब, यो स्थुल शरित बेकार वा काम नगर्ने भएपछी, सुक्ष्म शरीरले मलाई अर्को स्थुल शरीरमा लान्छ | यसलाई भनिन्छ आत्माको स्थानान्तरण | तर हामी सुक्ध्म शरीर देख्दैनौं | हामी सबजन, हामीलाई थाहा छ कि हामीसँग मन छ तर हामी मन देख्न सक्दैनौं | न् हामी बुद्धि देख्न सक्छौं, न हामी अहंकार देख्न सक्छौं | तर तिनीहरु छन् | त्यसैले यो आवश्यक छैन कि तपाईले सबै कुरा आफ्ना कम्जोर आँखाले देख्नुपर्छ | आँखाहरु, तिनीहरु पूर्ण छैनन् | जस्तै यो कक्षको अर्कोतर्फ अँध्यारो छ, म तपाईलाई देख्न सक्दिनँ | मसँग आँखा भए तापनि | त्यसैले हामीसँग आँखा भए पनि, यो धेरै अपूर्ण छ | यसले हरेक परिस्थितिमा देख्न सक्दैन | केहि परिस्थितिमा, हामी देख्न सक्छौं | तसर्थ हामीले केवल देखेर विश्वास गर्नुहुन्न | तर एउटा कुरा, मैले तपाईलाई नदेखे तापनि, तपाईले मलाई सुन्न सक्नुहुन्छ, वा मैले बुझ्छु कि तपाईले सुन्दै हुनुहुन्छ | कानहरु आँखाभन्दा बलियो छन् | त्यसैले हाम्रो अनुभवभन्दा परका कुराहरु, हामीले सुन्न सक्छौं | हामीले नदेखे पनि, यसको मतलब होइन कि ती कुराहरुको अस्तित्व छैन | उही उदाहरण: मैले मन के हो, बुद्धि के हो, अहंकार के हो देख्न नसके पनि, मैले यस्क्को बारेमा सुन्न सक्छु | तसर्थ पूर्ण ज्ञान सुनेर प्राप्त गर्न सकिन्छ | त्यसैले हामी सुनेर ज्ञान, पूर्ण ज्ञान स्वीकार्छौं | अर्को उदाहरण: मानौं एउटा मानिस सुत्दैछ | त्यस समयमा, यदि कोहि उसलाई मर्न आउँदैछ, ऊ सुत्दैछ, उसलाई थाहा हुँदैन | तर यदि कुनै साथीले उसलाई चेतावनी दिन्छ,"मेरो प्रिय यो-यो, कोहि तिमीलाई मर्न आउँदैछ | उठ !" उसले सुन्न सक्छ, र ऊ उठ्न सक्छ र सावधानी लिन सक्छ | तसर्थ जब अरु इन्द्रियले कार्य गर्न सक्दैनन्, हाम्रो कान धेरै बलियो छ | तसर्थ यो सिफारिश गरिएको छ कि तपाई आधिकारिक मानिसबाट सुन्ने प्रयास गर्नुहोस् | शैक्षिक विधि पनि त्यस्तै छ | तपाई विश्वविद्यालय, विद्यालय र कलेज किन आउनुहुन्छ ? एउटा अनुभवी प्रोफेसरबाट सुन्न | उसलाई थाहा छ र तपाई सुनेर ज्ञान प्राप्त गर्नुहुन्छ |