NE/Prabhupada 0656 - जो भक्त छन्, उनीहरु कसैलाई घृणा गर्दैनन्



Lecture on BG 6.6-12 -- Los Angeles, February 15, 1969


भक्त: "एउटा व्यक्तिलाई अझ विकसित मानिन्छ जब उसले सबैलाई- निष्कपट हितैषी, मित्र र शत्रु, इर्ष्यालु , पुण्य, पापी र जो तटस्थ र मध्यस्थ छन्- सबलाई समान मनले हेर्छ (भ गी ६|९) |"

प्रभुपाद: हो | यो प्रगतिको चिह्न हो | किनकि यहाँ भौतिक जगतमा, मित्र र शत्रुको गणना, सब कुरा यो शरीरसँगको सम्बन्धमा छ, वा इन्द्रियतृप्ति | तर भगवान वा परम सत्यको अनुभूति, त्यहाँ कुनै त्यस्तो भौतिक अवधारणा छैन | यहाँ अर्को तर्क, सब बद्ध जीवहरु, तिनीहरु भ्रममा छन् | मानौं एउटा डाक्टर, एउटा डाक्टर एक बिरामीकहाँ जान्छ | ऊ पागल छ, ऊ नचाहिने कुरा बोल्दैछ | त्यसको मतलब यो होइन कि उसले बिरामीको उपचारगर्न उपेक्षा गर्नेछन् | उसले बिरामीलाई मित्रको रुपमा व्यवहार गर्छ | त्यो बिरामीले उसलाई नराम्रो नामले बोलाउन सक्छ, तब पनि उसले औषधि दिन्छ | जस्तै येशु ख्रिस्टले भन्नुभयो कि "तिमी पापलाई घृणा गर, पापीलाई होइन |" पापीलाई होइन | यो धेरै राम्रो हो | किनकि पापी भ्रमित छ | ऊ पागल छ | यदि तपाई उसलाई घृणा गर्नुहुन्छ, तब उसलाई कसरी मुक्त गर्नुहुन्छ ? तसर्थ जो भक्त छन्, जो वास्तवमा भगवानक दास छन्, उनीहरुको कसै प्रति घृणा हुँदैन | जस्तै येशु ख्रिस्ट, जब उहाँलाई सुलीमा चढाइँदै थियो, उनी भगवानलाई अनुरोध गर्दै थिए: "मेरो प्रभु, कृपया उनीहरुलाई माफ गर्नुहोस् | उनीहरुलाई थाहा छैन कि उनीहरु के गर्दैछन् |" तो भक्तको अवस्था हुन्छ | हो | किनकि तिनीहरु भौतिक तरिकाले विचार गर्न पागल हुन्छन्, त्यसैले तिनीहरुलाई घृणा गर्नुहुँदैन | जो पनि | त्यसैले यस कृष्ण भावनामृत अभियान यति राम्रो छ कि घृणा गर्ने कुनै प्रश्न छैन | सबजनालाई स्वागत छ | कृपया यहाँ आउनुहोस् | हरे कृष्ण जप्नुहोस | कृष्ण प्रसाद लिनुहोस् र भगवद गीताबाट केहि राम्रो दर्शन लिनुहोस्, र आफ्नो भौतिक पीडादायी जीवनबाट बच्ने प्रयास गर्नुहोस् | यो कार्यक्रम हो- कृष्ण भावना | चैतन्य महाप्रभुले यो अभियान ल्याउनुभयो | यारे देख​, तारे कह ऽकृष्ण​ऽ-उपदेश (चै च मध्य ७|१२८) | "जसलाई तिमी भेट्छौ, जहाँ तिमी भेट्छौ, केवल उसलाई कृष्ण भावना सिकाउने प्रयास गर |" कृष्ण कथा | भगवान कृष्णबाट शब्दहरु | तपाई खुसी हुनुहुनेछ र तिनीहरु खुसी हुनेछन् | अघि बढ |

भक्त: "अध्यात्मवादीले सधैं आफ्नो मन परमब्रह्ममा एकाग्र पार्ने प्रयास गर्नुपर्छ | उनी एकान्त स्थानमा एक्लै बसुपर्छ र सधैं सावधानीपूर्वक आफ्नो मन नियन्त्रण गर्नुपर्छ | उनी सम्पूर्ण इच्छाहरु र स्वामित्वबाट मुक्त हुनुपर्छ |"

प्रभुपाद: हो | यो दिव्य जीवनको सुरुवात हो | यस अध्यायमा, भगवान कृष्णले योग विधिको सिद्धान्त सिकाउने प्रयास गर्नुहुन्छ | त्यसैले यहाँ उहाँ सुरु गर्नुहुन्छ | कि एक अध्यात्मवादीले सधैं आफ्नो मन परमब्रह्ममा एकाग्र पार्ने प्रयास गर्नुपर्छ | परमब्रह्म भनेको कृष्ण वा भगवान | उहाँ परमब्रह्म हुनुहुन्छ, जसरी मैले हालसालै व्याख्या गरें, नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २|२|१३) | उहाँ परम शाश्वत हुनुहुन्छ | उहाँ परम जीव हुनुहुन्छ | त्यसैले सम्पूर्ण योग विधि भनेको मनलाई परमब्रह्ममा एकाग्र पार्नु हो | हामी परमब्रह्म होइनौं | त्यो तपाई बुझ्न सक्नुहुन्छ | परमब्रह्म भगवान हुनुहुन्छ | यो द्वैत-वाद हो | द्वैतता | द्वैतता भनेको भगवान मभन्दा फरक हुनुहुन्छ | उहाँ परम हुनुहुन्छ | म अधिनमा छु | उहाँ महान हुनुहुन्छ, म सानो छु | उहाँ असिमित हुनुहुन्छ, म अतिसूक्ष्म छु | यो सम्बन्ध छ | त्यसैले किनकि हामी अतिसुक्ष्म छौं, हामीले आफ्नो मन असिमित परमब्रह्ममा एकाग्र पार्नुपर्छ | तब, ऊ एक्लै बस्नुपर्छ | एक्लै | यो सबभन्दा महत्वपूर्ण कुरा हो | एक्लै भनेको कृष्ण भावनाभवित वा भगवान भावनाभवित नभएका व्यक्तिहरुसँग नबस्नु | त्यो एक्लै हो | ऊ एकान्त स्थानमा एक्लै बस्नुपर्छ | एकान्त स्थान, त्यहाँ छन्, जङ्गलमा | जङ्गलमा | यो धेरै एकान्त स्थान हो | तर यो युगमा जङ्गल गएर एकान्त स्थान प्राप्त गर्न धेरै गाह्रो छ | एकान्त स्थानमा केवल भागवत चेतना सिकाइन्छ | त्यो एकान्त स्थान हो | तब ? र उसले सावधानीपूर्वक आफ्नो मन नियन्त्रण गर्नुपर्छ | मन कसरी नियन्त्रण गर्ने ? केवल आफ्नो मनलाई परमब्रह्म वा कृष्णमा एकाग्र पार्नुहोस् | केहि अरु होइन | स वै मनः कृष्ण​-पदारविन्दयोः (भ गी १८|५४) | तब तपाईको..... अर्को दिन जसरी मैले व्याख्या गरें, यदि तपाईले आफ्नो मनमा सधैं कृष्णलाई बसाउनुहुन्छ...... कृष्ण प्रकास, सुर्य जस्तै हुनुहुन्छ | त्यसैले अन्धकारले मन कब्जा गर्ने कुनै प्रश्न छैन | कुनै सम्भवना हुँदैन | जस्तै सुर्यमा, अन्धकारको कुनै सम्भावना हुँदैन | त्यसैगरी, यदि तपाई सधैं कृष्णलाई आफ्नो मनमा राख्नुहुन्छ, यी माया वा भ्रम त्यहाँ रहन सक्दैन | उनी त्यहाँ पुग्न सक्दिनन् | त्यो विधि छ | ऊ इच्छा र स्वामित्वबाट मुक्त हुन्छ | सम्पूर्ण भौतिक रोग यो छ कि म स्वामी बन्न चाहन्छु- र इच्छा | र जे गुमेको छ, म यसको लागि शोक गर्छु, र जे त्यहाँ छ, जे हामीसँग छैन, हामी यसको इच्छा गर्छौं | त्यसैले, ब्रह्म​-भूतः प्रसन्नात्मा (श्री भा ९|४|१८)- जो वास्तवमा भगवान भावनाभावित, कृष्ण भावनाभावित छ, उसको भौतिक स्वामित्वको कुनै इच्छा छैन | उसको केवल कृष्णलाई कसरी सेवा गर्ने इच्छा हुन्छ | त्यसको मतलब उसको इच्छा शुद्ध हुन्छ | यो इच्छा हुन्छ, तपाईले इच्छा त्याग्नुहुँदैन | त्यो सम्भव छैन | तपाई जीव हुनुहुन्छ, तपाईसँग इच्छा हुनुपर्छ | तर हाम्रो इच्छा, वर्तमान समयमा, प्रदुषित छ | "म चाहन्छु, म मेरा इन्द्रियहरु भौतिक स्वामित्वबाट सन्तुष्ट पार्न चाहन्छु |" तर यदि तपाई कृष्णको लागि इच्छा गर्नुहुन्छ, यो भौतिक स्वामित्वको इच्छा स्वत: हराउँछ | अघि बढ |