NE/Prabhupada 0658 - श्रीमद्-भागवतम परम ज्ञानयोग र भक्ति-योगको मिलन हो



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


भक्तहरु: श्रील प्रभुपादको जय |

प्रभुपाद: हरे कृष्ण | सांख्य योग अष्टाङ्ग​-योग​ हो | यो बस्ने आसन र ध्यान, यसलाई सांख्य योग भनिन्छ | र ज्ञान योग भनेको, दार्शनिक विधिको माध्यमले | विश्लेषणात्मक विधिबाट ब्रह्म के हो र ब्रह्म के होइन | नेति नेति | त्यो ज्ञान योग हो | जस्तै वेदान्त सुत्र, ज्ञान योग | तपाई वेदान्त सुत्र पढ्नुहोस्, यसमा भनिएको छ जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | तिनीहरु एउटा संकेत दिन्छन्, कि परम ब्रह्म, परम सत्य ती हुनुहुन्छ जसबाट सबै कुरा प्रकट भयो | अब हामी बुझ्ने प्रयास गर्छौं ती कस्तो हुनुपर्छ | त्यो श्रीमद भागवतममा व्याख्या गरिएको छ | परमसत्यको प्रकृति कस्तो हुन्छ | परम सत्य, श्रीमद भागवतमको पहिलो श्लोकमा भनिएको छ: जन्माद्य् अस्य यतो ऽन्वयाद् इतरतश् चार्थेष्व् अभिज्ञः स्वराट् (श्री भा १|१|१) | अब परमसत्य, यदि उहाँ सम्पूर्ण उत्पत्तिको परम कारण हुनुहुन्छ, तब लक्षणहरु के हुन् ? भागवतमा भनिएको छ उहाँ जानकार हुनुप्रछ | उहाँ मृत हुनुहुन्न | उहाँ जानकार हुनुपर्छ | र कस्तो प्रकारको ? अन्वयाद् इतरतश् चार्थेषु | जस्तै म जानकार छु, तपाई पनि जानकार हुनुहुन्छ | तर म आफुलाई जान्दिनँ, मेरो शरीरमा कति रौँ छ | म दाबि गर्छु यो मेरो टाउको हो | तर यदि म कसैलाई सोध्छु,"तपाईलाई थाहा छ तपाईको शरीरमा कति रौँ छ ?" त्यस प्रकारको ज्ञान कुनै ज्ञान होइन | तर परमबारह्म, भागवतमा भनिएको छ कि उहाँलाई सपूर्ण कुरा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा थाहा छ | मलाई थाहा छ कि म खाँदैछु, तर मलाई थाहा छैन कि कसरी मेरो खाने प्रक्रियाले मेरू रगतको संचालनमा मदत गरेको छ, कसरी यो परिणत हुँदैछ, कसरी यो कार्यरत छ, कसरी यो नशाबाट जाँदैछ | मलाई केहि थाहा छैन | तर भगवान उहाँ हुनुपर्छ जसलाई सब थाहा छ-उहाँको सृष्टिको हरेक कुनामा के हुँदैछ, उहाँलाई थाहा हुनुपर्छ | तसर्थ भागवतमा व्याख्या गरिएको छ कि परम सत्य, जसबाट सबै कुरा प्रकट भएको छ, उहाँ परम रुपमा जानकार हुनुपर्छ | जानकार | अभिज्ञ, अभिज्ञ भनेको जानकार | तपाईले प्रश्न गर्न सक्नुहुन्छ,"यदि उहाँ यति शक्तिशाली, बुद्धिमान र जानकार हुनुहुन्छ, उहाँले सिक्नुभएको होला....." होइन | हामी भन्छौं कि यदि उनले कोहि अरुबाट ज्ञान सिक्छ, ऊ भगवान होइन | स्वराट | स्वत: | उहाँ आत्मनिर्भर हुनुहुन्छ | यो ज्ञान योग हो | अध्ययन, त्यो प्रकृति के हो जसबाट..... केवल विश्लेषण गर्नुहोस् कि परमबारह्मको प्रकृति कस्तो हुनुपर्छ जसबाट सबकुरा प्रकट हुँदैछ | त्यो श्रीमद भागवतममा व्याख्या गरिएको छ | तसर्थ श्रीमद भागवतम परम ज्ञान योग र भक्ति योगको मिलन हो | ज्ञान योग विधि भनेको परम सत्यको खोजि गर्नु वा परम सत्यको प्रकृति दार्शनिक तरिकाबाट बुझ्नु | र यसलाई भनिन्छ ज्ञान योग | र हाम्रो भक्ति योग हो | भक्ति योग भनेको, प्रक्रिया उही हो, लक्ष्य उही हो | एकले परम अन्तिम लक्ष्य दार्शनिक तरिकाबाट पुग्ने प्रयास गर्दैछ, एकले भगवानमा आफ्नो मन एकाग्र पार्ने प्रयास गर्दैछ, र अर्को, भक्त, उनीहरु केब भगवानको सेवामा संग्लग्न छन् त्यसैले उहाँले आफुलाई प्रकार गराउनुहुन्छ | एउटा विधि भनेको आरोहण विधिबाट बुझ्नु | र अर्को विधि अवरोहण विधिबाट बुझ्नु | जस्तै अन्धकारमा, यदि तपाईले सुर्य के हो भनेर आरोहण विधिबाट बुझ्ने प्रयास गर्नुहुन्छ, तपाईको धेरै शक्तिशाली विमान वा स्पुत्निक उडाएर, केवल आकाशमा जाने, तपाईले देख्न सक्नुहुन्न | तर अवरोहण विधि, जब सुर्य उदाउँछ, तपाईले तत्काल बुझ्नुहुन्छ | आरोहण विधि- मेरो प्रयास, जसलाई आगमनात्‍मक विधि भनिन्छ | आगमनात्‍मक विधि | जस्तै मेरो पिताले भन्नुहुन्छ कि मानिस मरणशील छ | म यो स्वीकार्छु | यदि तपाई अध्ययन गर्न चाहनुहुन्छ कि मानिस मरणशील छ कि छैन, तपाई अध्ययन गर्नुहोस्, तपाई हजारौं मानिस देखुनुहुन्छ, ऊ मरणशील छ कि छैन | त्यसले धेरै समय लाग्नेछ | तर यदि तपाईले वरिष्ठ अधिकारिबाट ज्ञान लिनुहुन्छ, कि मानिस मरणशील छ, तपाईको ज्ञान पूर्ण हुन्छ | त्यसैले अथापि ते देव पदाम्बुज​-द्वय​-प्रसाद​ लेशानुगृहीत एव हि जानाति तत्त्वं भगवन्-महिम्नो न चान्य एको ऽपि चिरं विचिन्वन् (श्री भा १०|१४|२९) | तसर्थ भनिएको छ,"मेरो प्रिय प्रभुम जुन व्यक्तिले हजुरको थोरै कृपा प्राप्त गरेको छ, उसले हजुरलाई निकै चाडैं बुझ्न सक्छ | र अरु जो हजुरलाई आरोहण विधिबाट बुझ्ने प्रयास गर्दैछन्, तिनीहरु लाखौं वर्षसम्म कल्पना गर्न सक्छन, तिनीहरुले कहिल्यै बुझ्नेछैनन् |" तिनिअहरुले कहिल्यै बुझ्नेछैनन् | तिनीहरु निराशा र भ्रमको विन्दुमा आउनेछन् | "ओहो, भगवान शुन्य हुनुहुन्छ |" त्यति हो, सकियो | यदि भगवान शुन्य हुनुहुन्छ, तब कसरी शुन्यबाट यति धेरै, मेरो मतलब, अंकहरु आउंदैछन् ? भगवान शुन्य हुनुहुन्न | भागवतमा भनिएको छ, वेदान्तमा भनिएको छ जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | सबै कुरा, उत्पन्न हुन्छ, परमब्रह्मबाट | अहिले हामीले अध्ययन गर्नुपर्छ यो कसरी उत्पन्न भएको छ | त्यसको पनि व्याख्या भएको छ, विधि के हो, प्रक्रिया के हो, कसरी यसलाई बुझ्ने | यो वेदान्त सुत्र हो | वेदान्त सुत्र भनेको अन्तिम ज्ञान | वेद भनेको ज्ञान र अन्त भनेको अन्तिम | त्यसैले वेदान्त भनेको अन्तिम ज्ञान | अन्तिम ज्ञान भगवान हुनुहुन्छ |