NE/Prabhupada 0664 - शून्यवादी दर्शन अर्को भ्रम हो । शून्य हुन सक्दैन



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


तमाल कृष्ण: भगवद....... "भौतिक अस्तित्वको अस्तित्व मतलब यो होइन कि शुन्यको अस्तित्वमा प्रवेश गर्नु होइन, जुन केवल कथामात्र हो |"

प्रभुपाद: हो | भौतिक अस्तित्वको समाप्तिको मतलब शुन्य होइन | किनकि म शुन्य होइन | म आत्मा हुँ | यदि म शुन्य थिएँ, मेरो शरीरको कसरी विकास भयो ? म शुन्य होइन | म बिउ हुँ | जस्तै तपाईले जमिनमा बिउ रोप्नुहुन्छ, यो ठुलो वृक्ष वा रुखमा हुर्कन्छ | त्यसैगरी बिउ आमाको गर्भमा पिताद्वारा दिइन्छ र यो रुख जसरी हुर्कन्छ | र शरीर त्यहाँ छ | शुन्यता कहाँ छ ? अहं बीज​-प्रदः पिता (भ गी १४|४) | चौधौं अध्यायमा तपाईले देख्नुहुनेछ, कि मूल रुपमा बिउ कृष्णद्वारा दिइएको हो भौतिक प्रकृतिको गर्भमा, र यति धेरै जीवहरु आउँदैछन् | तपाईले यसको विरुद्ध तर्क गर्न सक्नुहुन्न, किनकि वास्तवमा उत्पादनको प्रक्रिया हाम्रो व्यवहारिक जीवनको जस्तै हो | हामीले देख्छौं कि पिताले आमाको गर्भमा बिउ दिनुहुन्छ, र आमा, मेरो मतलब बच्चाको शरीर हुर्काउन पोषण दिनुहुन्छ | त्यसैले शुन्यताको कुनै प्रश्न छैन | यदि बिउ शुन्य हुने थिय, कसरी यो राम्रो शरीरको विकास भयो ? त्यसैले निर्वाण भनेको कुनै भौतिक स्वीकार नगर्नु | यसलाई शुन्य बनाउने प्रयास नगर्नुहोस् | त्यो अर्को नचाहिने कुरा हो | शुन्य, तपाई शुन्य हुनुहुन्न | शुन्य भनेको यो भौतिक शरीरलाई शुन्य बनाउने | यो पिडाले भरिपूर्ण बद्ध शरीर | केवल आफ्नो अध्यात्मिक शरीर विकास गर्ने प्रयास गर्नुहोस् | त्यो सम्भव छ | यद् गत्वा न निवर्तन्ते तद् धाम परमं मम (भ गी १५|६) | यी कुराहरु त्यहाँ छन् | त्यसैले हामी बुझ्नको लागि धेरै बुद्धिमान हुनुपर्छ, जीवनको समस्या के हो, हामीले यो अमुल्य मानव जीवन कसरी उपयोग गर्ने | दुर्भाग्यवश यो शिक्षा सम्पूर्ण संसारभरि व्यवहारिक रुपमा शुन्य छ | सायद यो मात्र एक संस्था हो, जसले जीवनको वास्तविक समस्या प्रस्तुत गरेको छ, र जीवनको वास्तविक मूल्य | यस कृष्ण भावनामृत अभियान | अघि बढ |

तमाल कृष्ण: "भगवानको सृष्टिमा कहिँपनि शुन्य छैन | बरु भौतिक....."

प्रभुपाद: शुन्य, तपाईले कहीं पनि देख्न सक्नुहुन्छ, जमिनमा पनि, पृथ्वी भित्र, तपाईले कुनै शुन्य देख्नुहुनेछैन | पृथ्वीमा, कुनै शुन्य छैन; आकाशमा, कुनै शुन्य छैन; हावामा, कुनै शुन्य छैन; पानीमा, कुनै शुन्य छैन; आगोमा, कुनै शुन्य छैन- तब तपाईले शुन्य कहाँ प्राप्त गर्नुहुन्छ ? कहाँ शुन्य प्राप्त गर्नुहुन्छ ? यो शुन्य दर्शन अर्को भ्रम हो | कुनै शुन्य हुन सक्दैन |