NE/Prabhupada 0677 - गोस्वामी पुर्ख्यौली उपाधि होइन । यो एउटा योग्यता हो



Lecture on BG 6.25-29 -- Los Angeles, February 18, 1969


प्रभुपाद: त्यसैले जो इन्द्रियको नियन्त्रणमा हुन्छ, ऊ गो-दास हुन्छ| गो भनेको इन्द्रिय र दास भनेको सेवक | र जो इन्द्रियको मालिक छ, ऊ गोस्वामी हो | स्वामी भनेको मालिक र गो भनेको इन्द्रिय | तपाईले गोस्वामी उपाधि देख्नुभएको छ | गोस्वामी उपाधि भनेको जो इन्द्रियको मालिक छ, जो इन्द्रियको दास छैन | जबसम्म एक मानिस इन्द्रियको दास छ, उसलाई गोस्वामी वा स्वामी भन्न सकिन्न | स्वामी वा गोस्वामी, उही कुरा, भनेको जो इन्द्रियको मालिक छ | त्यसैले कबसम्मा कोहि इन्द्रियको मालिक छैन, उसको यस स्वामी वा गोस्वामी उपाधि स्विकार्नु भनेको ठग्नु हो | एक मानिस इन्द्रियको माइलक हुनुपर्छ | यसको व्याख्या रुप गोस्वामीद्वारा गरिएको छ | गोस्वामी, रुप गोस्वामी | उहाँहरु मन्त्रि हुनुहुन्थ्यो | जब उहाँहरु मन्त्रि हुनुहुन्थ्यो, उहाँहरु गोस्वामी हुनुहुन्नथ्यो | तर जब उहाँहरु चैतन्य महाप्रभुका शिष्य बन्नुभयो, सनातन गोस्वामी र रुप गोस्वामी, र उहाँद्वारा तालिमप्राप्त हुनुभयो, उहाँहरु गोस्वामी बन्नुभयो | त्यसैले गोस्वामी पुर्ख्यौली उपाधि होइन | यो योग्यता हो | अध्यात्मिक गुरुको निर्देशनमा | जसले इन्द्रियहरु नियन्त्रण गर्छ, उसलाई स्वामी वा गोस्वामी भनिन्छ | त्यसैले एक मानिस स्वामी, गोस्वामी बन्नुपर्छ | तब ऊ अध्यात्मिक गुरु बन्न सक्छ | स्वामी वा इन्द्रियको मालिक नबनी, अध्यात्मिक गुरु बन्नु ठगि हुन्छ | त्यो पनि रुप गोस्वामीले व्याख्या गर्नुभएको छ | उहाँ भन्नुहुन्छ: वाचो वेगं, क्रोध​-वेगं, मनसः-वेगं, जिह्वा-वेगम् उदरो-वेगं, उपस्थ​-वेगम् एतान् वेगान् विषहेत धीरः पृथिवीं स शिष्यात् (उपदेशामृत १) उहाँ भन्नुहुन्छ कि छ वेगहरु छन्, झुकाव, वेगम् | झुकाव | वेगम्, तपाईले बुझ्न सक्नुहुन्छ, जस्तै तपाईलाई प्रकृतिको मांग हुन्छ, तपाई शौचालय जानुपर्छ | तपाईले रोक्न सक्नुहुन्न | तपाईले जवाफ दिनुपर्छ | त्यसलाई भनिन्छ वेगम्, झुकाव | छ प्रकारका वेगम् छन् | ती के हुन् ? वाचो वेगम् | वेगम्, बोलीको वेग | अनावश्यक बोल्ने | त्यसलाई भनिन्छ बोलीको वेग | क्रोध-वेगम् | कहिलेकाही रिसको वेग हुन्छ | यदि म धेरै रिसाउँछु, मैले आफुलाई रोक्न सक्दिनँ | म त्यो गर्छु जुन मैले गर्नु हुँदैन थियो | कहिलेकाही रिसमा, आफ्नै मानिस मर्ने | यसलाई भनिन्छ वेगम्, झुकाव | त्यसैले बोलीको वेग, रिसको वेग, र.... त्यसैगरी मनको वेग | मनले निर्देशन दिन्छ."तिमी त्यहाँ एकपटकमा जानुपर्छ |" तत्काल | बोलीको वेग, मनको वेग, रिसको वेग | अनि जिह्वा-वेगम् | जिह्वा भनेको जिब्रो | म मिठा कुराहरुको स्वाद लिन चाहन्छु | केहि मिठाई वा केहि अरु जुन मलाई निकै मन पर्छ | एक मानिसले यो नियन्त्रण गर्नुपर्छ | उसले आफ्नो अनावश्यक बोली नियन्त्रण गर्नुपर्छ | उसले मन नियन्त्रण गर्नुपर्छ, मनको निर्देशन | योग अभ्यास केवलमा मनमा | तर हाम्रो कृष्ण ब्भावाना अभ्यासमा...... मन बाहेक अरु धेरै कुराहरु छन् | जस्तै रिस, जीब्रो | अनि जिह्वा वेगम् | अनि उदर-वेगम् | जिब्रोबाट थोरै तल आउनुहोस् | उदर भनेको पेट | पेट भरिसक्यो, अझ पनि म यसलाई बढी भर्न चाहन्छु | यसलाई भनिन्छ वेगम्, पेटको वेग | र जब जिब्रो र पेटको वेग निकै द्रुत हुन्छ, अर्को अझ तल, जनेन्द्रियको बल सुरु हुन्छ | तब मलाई केहि मैथुन चाहिन्छ | यदि मैले धेरै खान्छु, यदि मैले आफ्नो जिब्रो अनावश्यक रुपमा प्रयोग गर्छु, यदि म आफ्नो मनलाई जे पनि गर्न अनुमति दिन्छु, तब मैले आफ्नो जनेन्द्रिय पनि रोक्न सक्दिनँ | मैथुन गर्ने तीव्र इच्छा हुन्छ जुन मैले रोक्न सक्दिनँ | यस प्रकारले धेरै वेगहरु हुन्छन् | रुप गोस्वामी भन्नुहुन्छ कि जसको यी सब वेगका यन्त्रमा नियन्त्रण हुन्छ, ऊ अध्यात्मिक गुरु बन्न सक्छ | यो होइन कि अध्यात्मिक गुरु उत्पादित हुन्छन् | एक मानिसले यो सिक्नुपर्छ | यी कुराहरुको वेग कसरी रोक्ने | एतान वेगान् यो विषहेत धीरः (उपदेशामृत १) | यी वेगहरुमाथि जसको नियन्त्रण छ, र धीर: रहन्छ, स्थिर, पृथिवीं स शिष्यात्: उसले सम्पूर्ण संसारभरि शिष्य बनाउन सक्छ | खुला | हो | त्यसैले सबै कुरा अभ्यासमा निर्भर छ | त्यो योग वढी हो | योग भनेको, सम्पूर्ण योग-विधि भनेको तालिम | हाम्रा इन्द्रिय, हाम्रो मन, हाम्रो यो, त्यो, सायति धेरै कुरा | तब हामी आत्मामा एकाग्र हुन्छौं | के तपाईलाई लाग्छ कि केवल पन्ध्र मिनेटको ध्यानले हामीले अनुभव गर्छौं ? र सम्पूर्ण दिन नचाहिने कार्य गर्ने ? होइन | यसलाई तालिम चाहिन्छ | तपाई आफ्ना जीवनका समस्या समाधान गर्न चाहनुहुन्छ र तपाई यस्तो सस्तो गरि गर्न चाहनुहुन्छ ? होइन, तब तपाई ठगिनुहुनेछ | तपाईले यसको लागि तिर्नुपर्नेछ | यदि तपाई उत्तम कुरा चाहनुहुन्छ तब तपाईले त्यसको लागि तिर्नुपर्छ | तर चैतन्य महाप्रभुको कृपाले, त्यस शुल्क तिर्न धेरै सजिलो भएको छ | हरे कृष्ण जप्नुहोस् | सब कुरा धेरै सजिलो छ | यी सब नियन्त्रण विधि, यो अभ्यासको पूर्णता, धेरै सजिलो हुन्छ | यो चैतन्य महाप्रभुको कृपा हो । इहा ह्ऐते सर्व​-सिद्धि हैबे तोमार (चैतन्य​-भागवत मध्य २३|७८) | चैतन्य महाप्रभुले आशिर्वाद हिनुभाएको छ कि यदि तपाईले यो सिद्धान्त पालन गर्नुहुन्छ, जप्दै, तब तपाईले आत्म-साक्षात्कारको सम्पूर्ण पूर्णता प्राप्त गर्नुहुनेछ | त्यो तथ्य हो | त्यसैले यस युगको लागि, जब मानिसहरु यति पतित छन्, अरु कुनै विधि सफल हुनेछैन | यो विधि एकमात्र विधि हो | यो धेरै सजिलो र दिव्य र प्रभावशाली र व्यवहारिक छ, र कसैले पनि अनुभव गर्न सक्छ | प्रत्यक्षावगमं धर्म्यम् (भ गी ९|२) | भगवद गीतामा भनिएको छ कि तपाईले व्यवहारिक रुपमा अनुभव गर्नुपर्छ | अरु विधिमा, तपाईले व्यवहारिक रुपमा अनुभव गर्नुहुँदैन कि तपाईले कति प्रगति गर्नुभएको छ | तर यस वोधि, यदि तपाईले पालन गर्नुहुन्छ, केहि दिनको लागि, तपाईले अनुभव गर्नुहुन्छ,"हो, मैले प्रगति गर्दैछु |" जस्तै यदि तपाई खानुहुन्छ, तपाईले बुझ्नुहुन्छ कि तपाईको भोक सन्तुष्ट हुन्छ | त्यसैगरी, वास्तवमा यदि तपाईले कृष्ण भावनामृत अभियानको यस सिद्धान्त पालन गर्नुहुन्छ, तपाईले आफैं देख्नुहुनेछ कि तपाई आत्म-साक्षात्कारको विषयमा प्रगति गर्दै हुनुहुन्छ | अघि बढ | विष्णुजन: "जसले मन नियन्त्रण गर्छ, र तसर्थ इन्द्रिय पनि, उसलाई गोस्वामी वा स्वामी भनिन्छ | र जो मनद्वारा नियन्त्रित छ, उस्लाओ गो-दस भनिन्छ, वा इन्द्रियको सेवक | एक गोस्वामी लाई इन्द्रियसुखको स्तर थाहा हुन्छ | दिव्य इन्द्रियसुखमा, इन्द्रियहरु हृषिकेशको सेवामा संग्लग्न हुन्छन् वा इन्द्रियका परम मालिक- कृष्णको सेवामा | कृष्णलाई शुद्ध इन्द्रियसँग सेवा गर्नुलाई कृष्ण भावना भनिन्छ | त्यो हाम्रो इन्द्रियलाई नियन्त्रणमा ल्याउने तरिका हो | जे धेरै छ, त्यो योग अभ्यासको उच्चतम पूर्णता हो |"