NE/Prabhupada 0687 - आफ्नो मनलाई शून्यमा एकाग्र पार्न धेरै कठिन हुन्छ
Lecture on BG 6.35-45 -- Los Angeles, February 20, 1969
भक्तहरु: श्रील प्रभुपादको जय |
भक्त: श्लोक पैंतीस: "भगवानले भन्नुभयो: हे महाबाहु कुन्तिपुत्र, अशान्त मनलाई नियन्त्रण गर्नु अवश्य पनि धेरै कठिन छ, तर यो निरन्तर अभ्यास र वैराग्यद्वारा यो सम्भव छ (भ गी ६|३५) |"
प्रभुपाद: हो | अब, कृष्ण भन्नुहुन्छ,"हो |" कृष्ण भन्नुहुँदैन कि यो कठिन छैन | कृष्ण भन्नुहुन्छ,"हो, यो कठिन छ |" तर यो निरन्तर अभ्यासद्वारा सम्भव छ | यो निरन्तर अभ्यास भनेको आफुलाई कृष्णको स्मरण गरनाउने कुनै कार्यमा संग्लग्न गराउनु | केहि गर्नुहोस्, र...... तसर्थ हामीसँग यति धेरै गतिविधिहरु छन् | कीर्तनमात्र होइन, तर मन्दिरका गतिविधि, प्रसादम् गतिविधि, प्रकाशनका गतिविधि, धेरै गतिविधिहरु | सबजना केहि गतिविधिमा संग्लग्न छन् र कृष्ण केन्द्रविन्दु हुनुहुन्छ | तसर्थ एक व्यक्ति जसले कृष्णको लागि टाइप गर्दैछ, ऊ योग अभ्यासमा छ | एक व्यक्ति जसले कृष्णको लागि पकाउँदैछ, ऊ योग अभ्यासमा छ | एक व्यक्ति जसले सडकमा जप्दै हाम्रो साहित्य वितरण गर्दैछ, ऊ पनि कृष्णमा छ | त्यसैले साधारण व्यवहारले हामी संग्लग्न छौं, जसरी हाम्रो भौतिक जीवनमा हामी धेरै गतिविधिमा संग्लग्न हुन्छौं | यदि हामीले कृष्णसँगको सम्बन्धमा आफ्नो जीवन मोड्छौं, तब हरेक गतिविधिमा कृष्ण भावना हुन्छ र तसर्थ यो योगको पूर्णता त्यहाँ स्वत: छ | अघि बढ |
भक्त: श्लोक छत्तिस: "जसको मन अनियन्त्रित छ, आत्म-साक्षात्कार कठिन कार्य हुन्छ | तर जसको मन नियन्त्रित छ, र जो प्रयत्नशील छ, उसको सफलता पक्का छ | त्यो मेरो अभिमत हो (भ गी ६|३६) |" तात्पर्य: "भगवान घोषणा गर्नुहुन्छ कि जसले आफ्नो मनलाई भौतिक संग्लग्नताबाट अलग राख्न उचित प्रयत्न गर्दैन, उसले आत्म-साक्षात्कारमा सफलता प्राप्त गर्न अत्यन्त कठिन छ | मनलाई भौतिक आनन्दमा संग्लग्न गराएर योग अभ्यास गर्नु आगोमा पानी हालेर सल्काउनु जस्तै हो | त्यसैगरी मानसिक नियन्त्रण बिनाजो योग अभ्यास केवल समयको नाश हो |"
प्रभुपाद: किनकि म ध्यानको लागि बस्छु | अवश्य पनि यदि ध्यान विष्णुमा मन एकाग्र गर्न हो, त्यो धेरै राम्रो हुन्छ | तर धेरै योग समाजहरु छन्, तिनीहरु आफ्ना शिष्यलाई आफ्नो मन केहि शुन्य, केहि रङ्गमा एकाग्र गर्न लगाउँछन् | विष्णु रुपमा होइन | तपाई देख्नुहुन्छ | त्यसैले त्यो धेरै कठिन कार्य छ | त्यो भगवद गीतामा पन व्याख्या गरिएको छ क्लेशो ऽधिकतरस् तेषाम् अव्यक्तासक्त-चेतसाम् (भ गी १२|५) | जसले आफ्नो मन निराकार वा शुन्यमा एकाग्र गर्ने प्रयास गर्छ, यो धेरै कठिन र समस्याजनक छ | कम्तिमा यहाँ यस मन्दिरमा- यी विद्यार्थीहरु आफ्नो मन कृष्णमा एकाग्र गर्ने प्रयास गर्दैछन् | तर आफ्नो मन शुन्यमा एकाग्र गर्नु, त्यो कठिन छ | त्यसैले मेरो मन प्राकृतिक रुपले अस्थिर छ | केहि शुन्य भेटाउनु भन्दा, मेरो मन अरु केहिमा संग्लग्न हुन्छ | किनकि मन संग्लग्न हुनुपर्छ, केहीमा | यदि यो कृष्णमा संग्लग्न हुँदैन, तब यो मायामा संग्लग्न हुनुपर्छ | त्यसैले यदि तपाईले त्यसो गर्नसक्नुहुन्न, यो तथाकथित शयन र बस्ने आसन केब समयको नाश हो | आघ बढ |
भक्त: "त्यस्तो योग अभ्यास भौतिक रुपमा आकर्षक हुन सक्छ, तर जहाँसम्म अध्यात्मिक अनुभूतिको कुरा छ |"
प्रभुपाद: हो | भौतिक रुपमा आकर्षक | मानौं यदि मैले त्यस्तो योग कक्षा संचालन गर्छु, र मैले बस्नको लागि पाँच डलर तिराउँछु | तपाईको देशमा पैसा त्यति दुर्लभ छैन, तपाई आउनुहुन्छ | तर केवल मैले तपाईलाई कुनै बस्ने आसन वा नाक थिच्ने र यो र त्यो सिन्छु, तर यदि तपाईले वास्तविक, मेरो मतलब, योग अभ्यासको नतिजा प्राप्त गर्नुहुन्न, तब तपाईले आफ्नो समय र पैसा नाश गर्नुभएको छ र मैले तपाईलाई ठगेको छु | त्यति हो | त्यो सम्भव छैन | त्यो सम्भव छैन | एक मानिसले आफ्नो मन विष्णु रुपमा एकाग्र गर्नुपर्छ, स्थिर, निरन्तर, त्यसलाई भनिन्छ समाधि | त्यसैले उनी कुरा भिन्न ढंगमा गरिएको छ, यस युगको लागि योग्य | यो कृष्ण भावना हो | अघि बढ |
भक्त: "तसर्थ भगवानको दिव्य सेवामा संग्लग्न गराएर मनलाई नियन्त्रण गर्नुपर्छ |"
प्रभुपाद: हो |
भक्त: जबसम्म कोहि कृष्ण भावनामा संग्लग्न हुँदैन, उसले आफ्नो मन स्थिर रुपमा नियन्त्रण गर्न सक्दैन | एउटा कृष्ण भावनाभावित व्यक्तिले योग अभ्यासको नतिजा सजिलै प्राप्त गर्छ, कुनै छुट्टै प्रयास बिना, तर एक योग अभ्यास गर्ने व्यक्तिले कृष्ण भावनाभावित नभई पूर्ण सफलता प्राप्त गर्न सक्दैन |"
प्रभुपाद: अनि ? अघि बढ |