NE/Prabhupada 0690 - भगवान् शुद्ध हुनुहुन्छ र उहाँको राज्य पनि शुद्ध छ



Lecture on BG 6.35-45 -- Los Angeles, February 20, 1969


भक्त: "तर जब त्यस योगीले इमान्दार प्रयास सहित प्रगति गर्न आफुलाई संग्लग्न गराउँछ, सम्पूर्ण प्रदुषणबाट मुक्त भएर, तब अन्त्यमा, धेरै धेरै जन्मको अभ्यास पछी, उसले परम गति प्राप्त छ (भ गी ६|४५) |"

प्रभुपाद: हो | यो अभ्यासको प्रश्न हो | जस्तै एउटा बच्चा, जन्मन्छ, उसलाई कसरी चुरोट पिउने थाहा हुँदैन, कसरी रक्सि पिउने- तर सङ्गबाट ऊ जड्याहा बन्छ, एउटा चुरोट खाने, नशा | सङ्गले | त्यसैले यो सङ्गको प्रश्न हो | सङ्गात् सञ्जायते कामः (भ गी २|६२) | यदि सङ्ग राम्रो छ...... हाम्रो भविष्य बिग्रिएको छ किनकि हामीले राम्रो सङ्ग राख्दैनौं | यसको व्याख्या यहाँ गरिएको छ, कि: "तर जब योगीले आफुलाई इमानदार प्रयासद्वारा प्रगति गर्न संग्लग्न गराउँछ......" जस्तै व्यापारमा पनि, धेरै संघहरु छन्, निगम | किनकि त्यस निगमको सदस्य बनेर, विशेष किसिमको व्यापार विस्तार हुन्छ | तिनीहरुसँग विनिमय हुन्छ | तिनीहरुले विनिमयम बनाउन सक्छन्, विनिमयम दर, पुंजी विनिमयम | त्यसैले सङ्ग महत्वपूर्ण छ | यदि हामी दिव्य चेतना स्थापना गर्न गम्भीर हुन्छौं, तब यो एकमात्र सङ्ग हो- हामीले यस अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ स्थापना गरेका छौं | यहाँ, केवल एक मानिस कसरी दिव्य चेतनामा पुग्न सक्छ, त्यहि सिकाइन्छ | त्यसैले यो राम्रो मौका हो | हामी सबैलाई सहभागी हुन आमन्त्रित गर्छौं, र विधि धेरै सजिलो छ | केवल हरे कृष्ण जप्नुहोस् र तपाईले अनुभव गर्नुहुनेछ | कुनै कठिनाई छैन | बच्चाहरु पनि सहभागी हुन सक्छन् र वास्तवमा उनीहरु सहभागी हुँदैछन् | तपाईलाई कुनै पुर्व योग्यता जरुरि छैन | कि तपाईले आफ्नो स्नातक तहमा उत्तीर्ण हुनुहुन्छ, डिग्री, परिक्ष वा यो वा त्यो | जे तपाई हुनुहुन्छ, तपाई केवल आउनुहोस् र यो सङ्गमा सहभागी हुनुहोस् र तपाई कृष्ण भावनाभावित हुनुहोस् | यस समाजको फाइदा यहि छ | यो स्पष्ट छ | कृपया बुझ्ने प्रयास गर्नुहोस् | अघि बढ | तात्पर्य ?

भक्त: "एउटा धार्मिक, धनी वा पवित्र परिवारमा जन्मिएको मानिस, योग अभ्यास गर्न आफ्नो उपयुक्त परिस्थितिको बारेमा सचेत हुन्छ | दृढता सहित, तसर्थ उसले आफ्नो अपूर्ण कार्य सुरु गर्छ, र आफुलाई सम्पूर्ण भौतिक प्रदुषणबाट सफाई गर्छ | जब उ अन्त्यमा सम्पूर्ण प्रदुषणबाट मुक्त हुन्छ, उसले परम पूर्णता, कृष्ण भावना प्राप्त गर्छ |"

प्रभुपाद: यो........ बुझ्ने प्रयास गर्नुहोस्, कि भगवान..... भगवान शुद्ध हुनुहुन्छ र उहाँको राज्य पनि शुद्ध छ, र जो त्यहाँ प्रवेश गर्न चाहन्छ, ऊ पनि शुद्ध हुनुपर्छ | त्यो धेरै प्राकृतिक छ, कि यदि तपाई कुनै विशेष समाजमा प्रवेश गर्न चाहनुहुन्छ, तपाईले आफुलाई योग्य बनाउनुपर्छ | विशेष........ योग्यता...... घर फर्कन, भगवदधाम फर्कन, योग्यता यो हो कि तपाई भौतिक रुपले प्रदुषित हुनुहुँदैन | र त्यो भौतिक प्रदुषण के हो ? भौतिक प्रदुषण इन्द्रियतृप्ति हो | अप्रतिबन्धित इन्द्रियतृप्ति | त्यो भौतिक प्रदुषण हो | तपाईले आफुलाई भौतिक प्रदुषणबाट मुक्त बनाउनुपर्छ | तब तपाई भगवानको राज्य प्रवेश गर्न योग्य हुनुहुन्छ | मुक्त हुने वा सम्पूर्ण भौतिक प्रदुषणबाट मुक्त हुने त्यस प्रक्रिया योग विधि हो | योग विधि भनेको यो होइन कि तपाई पन्ध्र मीनेट बस्नुहुन्छ, तथाकथित ध्यानको लागि, र तपाई आफ्ना सम्पूर्ण भौतिक प्रदुषणलाई निरन्तरता दिनुहुन्छ | जस्तै तपाई विशेष रोगबाट सन्चो हुनुहुन्छ, तपाईले चिकित्सकले दिएको नियम पालन गर्नुपर्छ | त्यसैगरी, यस अध्यायमा, योग अभ्यासको विधि सिफारिश गरिएको छ, तपाईले कसरी गर्नुपर्छ | त्यो भनेको यदि तपाईले ती विधि सम्पन्न गर्नुहुन्छ, तब तपाई सम्पूर्ण भौतिक प्रदुषणबाट मुक्त हुनुहुन्छ | तब तपाई वास्तवमा पुनर्स्थापित हुन अवस्थित हुनुहुन्छ, भगवानसँगको सम्बन्ध पुनर्स्थापना गर्न | त्यो कृष्ण भावना हो | हाम्रो विधि तपाईलाई प्रत्यक्ष जोड्न हो | त्यो चैतन्य महाप्रभुको विशेष उपहार हो | तत्काल उसलाई कृष्णसँग सम्पर्क गराउन | किनकि अन्तिममा तपाई त्यस अवस्थामा आउनुपर्छ, कृष्ण भावना | यहाँ यो विधि यो हो कि, प्रत्यक्ष रुपमा, तत्काल...... र यो व्यवाहरिक पनि छ | जसको कुनै योग्यता छैन, तिनीहरु- केवल यस समाजको सम्पर्कमा आएर उनीहरु कृष्ण भावनामा उच्च रुपमा विकसित भएका छन् | यो व्यवहारिक छ | त्यसैले यस युगमा हामीले मानिसलाई मौका दिनुपर्छ, प्रत्यक्ष सम्पर्क | कुनै सुस्त विधिले उनीहरुको मदत गर्दैन किनकि आयु निकै कम छ, तिनीहरु त्यति भाग्यमानी छैनन् र सङ्ग धेरै नराम्रो छ | तसर्थ, प्रत्यक्ष सम्पर्क- हरेर् नाम (चै च आदि १७|२१) | कृष्ण आफ्नो दिव्य नामको रुपमा उपस्थित हुनुहुन्छ र तपाईले तात्का श्रवनद्वारा उहाँलाई सम्पर्क गर्नुहोस् | तपाईसँग प्राकृतिक यन्त्र छ, श्रवन | तपाई केवल "कृष्ण" सुन्नुहोस र तपाई तत्काल अप्रदुषित बन्नुहुन्छ | अघि बढ |