NE/Prabhupada 0694 - सेवा भावमा पुनर्स्थापित । यो पूर्ण उपचार हो



Lecture on BG 6.46-47 -- Los Angeles, February 21, 1969


भक्त: "यसो गर्न असफल भएर, ऊ पतित हुन्छ | भागवतमले यसको पुष्टि यसरी गर्छ: 'जसले सेवा गर्दैन र भगवन प्रतिको आफ्नो कर्तव्य उपेक्षा गर्छ, जो सम्पूर्ण जीवहरुको श्रोत हुनुहुन्छ, अवश्य पनि आफ्नो मौलिक स्थितिबाट पतित हुन्छ |'"

प्रभुपाद: हो | य एषां पुरुषं साक्षाद् आत्म​-प्रभवम् ईश्वरम् न भजन्त्य् अवजानन्ति स्थानाद् भ्रष्टाः पतन्त्य् अधः (श्री भा ११|५|३) | यो पनि धेरै राम्रो उदाहरण हो | भागवतमा भनिएको छ कि हामी सब भगवानका अंश हौँ | यदि हामी भगवानको सेवा गर्दैनौं, तब हामी आफ्नी निश्चित स्थानबाट पतित हुन्छौं | त्यो के हो ? उही उदाहरण दिन सकिन्छ, कि यो औंला, यदि यो रोगी हुन्छ वा सम्पूर्ण शरीरको सेवा गर्न सक्दैन, यसले केवल पिडा दिन्छ | अंशका अरु स्वरूप- बुझ्ने प्रयास गर्नुहोस् | यदि अंशले निरन्तर सेवा गर्न सक्दैन, त्यो भनेको यो पीडादायी हुन्छ | त्यसैले कुनै मानिस जसले भगवानको सेवा गर्दैन, उसले केवल भगवानलाई पिडा दिंदैछ | उसले केवल समस्या दिंदैछ | तसर्थ उसले पिडा पाउनुपर्छ | जस्तै जुन मानिस राज्यको कानुन पालन गर्दैन, उसले केवल सरकारलाई पिडा दिन्छ र ऊ अपराधी बन्न उत्तरदायी छ | उसले सोच्न सक्छ कि "म धेरै राम्रो मानिस हुँ" तर किनकि उसले राज्यको कानुन उल्लंघन गरेको छ, उसले केब सरकारलाई पिडा दिंदैछ | यो सजिलो छ | त्यसैले जसले सेवा गर्दैन; जुन जीवले भगवनको सेवा गर्दैन, ऊ पीडादायी हुन्छ | किनकि ऊ पीडादायी हुन्छ, तसर्थ कृष्ण आउनुहुन्छ | उसले पिडा अनुभव गर्छ | त्यो पाप हुन्छ, यदि हामीले पिडा दिन्छौं | उही उदाहरण | स्थानाद् भ्रष्टाः पतन्त्य् अधः | र जब एउटा कुरा धेरै पीडादायी हुन्छ..... जस्तै सरकारले यी सब पीडादायी नागरिकलाई कारागारमा राख्छ | सँगै राख्ने | "तिमी यहाँ बस, तिमी सब बेकार, तिमी अपराधी | यहाँ बस | खुला राज्यलाई विचलित नपार |" त्यसैगरी भगवानको कानुन उल्लंघन गरेका यी सब अपराधीहरु, जसले भगवानलाई केवल पिडा दिएका छन्, तिनीहरुलाई यस भौतिक जगतमा राखिन्छ | र यी | र, स्थानाद् भ्रष्टाः पतन्त्य् अधः, ऊ निश्चित स्थानबाट पतित हुन्छ | जस्तै उही उदाहरण, यदि तपाईको औंला केवल पीडादायी हुन्छ, चिकित्सकले सल्लाह दिन्छन्."महाशय, तपाईको औंला अब काट्नुपर्छ | अन्यथा यसले सम्पूर्ण शरीरलाई असर गर्नेछ |" त्यसैले स्थानाद् भ्रष्टाः, यो निश्चित स्थानबाट तल झरेको छ | हामी तल झरेका छौं | भागवत चेतनाका सिद्धान्त विरुद्ध विरोध गरेर, हामी पतित भएका छौं | यदि हामी आफ्नो मौलिक स्थिति पुनर्जागृत गर्न चाहन्छौं, हामी फेरी त्यहि सेवा भावमा स्थापित हुनुपर्छ | त्यो पूर्ण उपचार हो | अन्यथा हामीले पिडा भोग्नुपर्नेछ, र भगवानले हाम्रो कारण पिडा भोग्नुपर्नेछ | जस्तै यदि तपाईको पुत्र राम्रो छैन, तपाईले पिडा भोग्नुपर्छ र पुत्रले पिडा भोग्नुपर्छ | त्यसैगरी हामी सब भगवानका अंश हौँ | त्यसैले जब हामी पिडामा हुन्छौं, भगवान पनि पिडामा हुनुहुन्छ | सर्वोत्तम उपाय भनेको हाम्रो मौलिक कृष्ण भावना पुनर्जागृत गर्नु र भगवानको सेवामा संग्लग्न हुनु हो | त्यो प्राकृतिक जीवन हो, र त्यो अध्यात्मिक आकाश वा गोलोक वृन्दावनमा सम्भव छ | अघि बढ |