NE/Prabhupada 0723 - जीवनबाट रसायन आउँछ; रसायनबाट जीवन आउँदैन



Lecture on BG 7.4 -- Bombay, February 19, 1974


प्रभुपाद: आत्मा छ र भौतिक शरीर छ | अनि सुक्ष्म भौतिक शरीर छ | आत्मा मूलभूत शिद्धान्त हो, तर शरीर पाउनका लागी, मैले पहिले नै वर्णन गरिसके, माता र पिताबाट निस्किएको विर्य मिसिन्छन्, तिनीहरु विस्तार हुन्छ अनि एउटा मटरको जत्रो आकारमा विस्तार हुन्छ| आत्मा जब बुवाको विर्यबाट औउछ र त्यहाँ बस्छ | तब शरीरको बिकाश हुन्छ | अब बुझ्ने प्रयत्न गर्नुहोस्| त्यहाँ आत्मा भएका कारणले, पदार्थ बिकाश भईरहेको छ | यदि त्यहाँ आत्मा छैन भने, यदि बच्चाको मृत्यु भयो भने, कुनै बिकाश हुदैन| कुनै विकाश हुदैन | कुनै मृत बच्चाले शरीर पाउदैन | सबैलाई थाहा छ | तसर्थ यो भौतिक तत्वहरु आत्माबाट आउँछ | त्यो हैनकी आत्मा भौतिक तत्वहरु बाट आउँछ| त्यो होइन, त्यो गलत सिद्धांत हो | यदि यो भौतिक मेलबाट आउँछ, तब तिमी किन सक्दैनौ......प्रयोग्सला मा एउटा जीव उत्पादन गर्नु | प्रयोगशाला मा , होइन , त्यो होइन....भौतिक .....किन....... भौतिक सिर्जना छ किन कि म चहान्छु, त्यस्तो परिस्थिति, वातावरण, अनि अनुमंता, भगवान, उहा परम अनुमोदक हुनुहुन्छ | उहाँले मलाई निश्चित शरीरमा प्रवेश गर्न मौका दिनुहुन्छ, र पदार्थ बढ्छ | त वास्तवमा आत्माबाट, शक्ति, भौतिक शक्ति बाहिर औउछ | उदाहरणको लागी......मैले त्यो रसायन दिएको थिए | अब एउटा कागतीको बोट | त्यो एउटा जीवआत्मा हो | र यसले सैयौ पौण्ड साइट्रिक एसिड उत्पादन गर्छ | कागती, सबैलाई थाहा छ | तपाई आज पचाँस ओटा कागती लिनुस, फेरी पचाँस ओटा , र यदि तिमीले त्यो कागती निकाल्यौ भने, तिमीले व्यापक गुणको साइट्रिक एसिड पाउन सक्छौ | त साइट्रिक एसिड रसायन कहाँबाट आउँछ त ? किन भने जीव आत्मा त्यो रुखमा हुन्छ | तसर्थ निष्कर्ष यो हुनुपर्छ की रसायन जीवनबाट आउँछ | जीवन रसायनबाट औउदैन | यदि जीवन रसायनबाट आउँछ, तब तिमी उत्पादन गर | म तिमीलाई एउटा रसायन दिन्छु, जुनसुकै रसायन तिमी चाहन्छौ | तब रसायननै उत्पादन हुन्छ | तिमीसँग यो अनुभव होला जब पसिना आउछ | तिमी त्यो पसिनालाई चख, त्यहाँ नुन हुन्छ | त्यो नुन कहाँबाट आउँछ? नुन भनेको.....त्यसको रासायनिक नाम के हो ? सोडियम कर्बोनेट, होइन?

भक्त: क्लोरेड |

प्रभुपाद: सोडियम क्लोरेड | सोडियम क्लोरेड | यो सोडियम क्लोरेड कहाँ बाट यो तिम्रो शरीरबाट आउछ, र शरीर आत्मा बाट | तसर्थ सोडियम क्लोरेडको असली कारण आत्मा हो | तिमी हेर्न सक्छौ कि थोरै मात्राको रसायन तिम्रो शरीरबाट आउँछ, रुखबाट आउँछ, हरेक शरीरबाट आउँछ, तिमी केवल कृष्णको असीमित शरीर, विशाल शरीरको कल्पना गर, विराट - पुरुष, कति रसायन उत्पादन हुनसक्छ | तसर्थ, यसलाई कुनै कल्पनाको रुपमा नलेउ | कृष्ण भन्नुहुन्छ,भूमिर आपो ऽनलो वायुः खं मनो बुद्धिर एव च अहंकार इतीयं मे भिन्ना प्रकृतिर अष्टधा ( भ गी ७|४) "यी आठ प्रकारक भौतिक, स्तुल र सुस्म, त्यी मेरा शक्ति हुन् | यो कृष्णबाट आएको छ | यदि तिमी.... कृष्णले कुनै बेकार कुरा भन्नुभएको छैन | उहाँले झुट बोल्नुभएको छैन | जो अलि उत्तम स्थानमा छन्, तिमीहरु ले भगवाद गीता किन पढिरहेका छौ ? किनकि त्यो आधिकारिक छ, कृष्ण बोल्दै हुनुहुन्छ | त्यो तथ्य हो | सबैभन्दा उत्तम अधिकारी | हामीले अधिकारीबाट ज्ञान लिनु पर्छ, हामी आफैले ज्ञान सिर्जना गर्न सक्दैनौ| त्यो होइन....त्यो पूर्ण ज्ञान हो, किनकि हाम्रा इन्द्रियहरु पूर्ण छैनन्|