NE/Prabhupada 0731 - भागवत-धर्म इर्ष्यालु व्यक्तिको लागि होइन



Departure Lecture -- London, March 12, 1975


भक्तहरुकोलागी, साहित्य, साहित्य को नाममा , एकदम राम्रोसंग लेखिएको, चिटिक्क परेको शब्द, रुपान्तरण गरिएको अनि यस्तै कुराहरु ... तद्-वाग्-विसर्गो (श्री भा १|५|११), ..तद् वचश् चित्र​-पदम् (श्री भा १|५|१०), धेरै राम्रो, शाहित्यिक तरिकाले रामो पारिएको, न तद् वचश् चित्र​-पदं हरेर् यशो न प्रगृणीत कर्हिचित्, तर त्यहाँ कृष्ण र कृष्णको लिलाको बारेमा केहि उल्लेख गरिएको छैन.. जस्तै पश्चिम देशमा तिमीहरुसंग खबरपत्रिका हुन्छ, धेरै मुठा मुठा पत्रिका हुन्छ, तर त्यहाँ एउटा नि वाक्य कृष्णको बारेमा हुदैन | एउटा नि | त्यसैले भक्तहरुको लागि यस्तो खालको साहित्य फोहोर बराबर हुन्छ| टद् वायसं तीर्थम् (श्री भा १|५|१०)| वायसं, जस्तै काग | कागहरु कहाँ जम्मा हुन्छन् ? जहाँ एकदम फोहोरहरु छ | तिनीहरु त्यहि जम्म हुन्छन् | तिमीले भेट्टाआउछौ | त्यो चाहिँ चराचुरुंगीहरुमा पाईने एक प्रकारको गुण हो | जहाँ सबै फोहोर वस्तु फालिन्छ, काग त्यहींजम्मा हुन्छ | तर आर्को प्रजाति, हाँसहरु त्यहाँ जादैनन् | हाँसहरु एकदम सफा र राम्रो बगैचामा सफा पानी, कमलको फूल, गाना गाउदै जम्मा हुन्छन् | तिनीहरु त्यहाँ जम्म हुन्छन् | त्यस्तै गरी ... त्यहाँ धेरै प्रजातिका पशुहरु हुन्छन्, चरा, चुरुंगीहरुमा पनि| "एउटी पखेटा भएको चराहरु संगै बस्छन् |" त्यसैले जहाँ काग जन्छन्, त्यहाँ हाँस जादैनन् | अनि जहाँ हाँस जन्छन्, त्यहाँ काग जादैनन् | त्यसैले कृष्णभावना भनेको ति हाँसहरुलाई हो, कागहरुलाई होइन | त्यसैले हाँस हुन खोज, राज​-हंस​, अथवा परमहंस​. हंस भनेको हाँस हो | यदि हामीले सानै ठाउँ पाएपनि काग भएको ठाउँमा जानु हुदैन | रेस्टुरेन्ट, नाच्घार, भट्टीपसल, वेश्यालय.. मानिसहरु .. खासगरी यो पश्चिम मुलुकमा, मानिसहरु यस्तैकुरामा व्यस्त छन् | तर काग चाहिँ नबन | सजिलो संग कृष्णको बारेमा सुन र जप गरेर हाँस बन | यो नै परमहंस बन्ने तरिका हो | धर्म​-प्रोज्झित​-क्ऐतव अत्र निर्मत्सराणाम्| धर्म​-प्रोज्झित​-क्ऐतव अत्र परमो निर्मत्सराणाम् (ष्B १|१|२)| यो भागवद धर्म भनेको कृष्णभवनको लागि हो, परमो निर्मत्सराणाम्को लागि हो | मत्सरा, मत्सरता | मत्सरा भनेको द्वेष हो | म तिमीलाई इर्ष्य गर्छु; तिमी मलाई इर्ष्य गर्छौ| यो भौतिक संसार हो | त्यस्तै गरेर धेरै इर्ष्यालु मानिसहरु हुन्छन् , खाली हामीलाई गल्ति देखाऊछन् | हामीसंग यसको राम्रो खुबी छैन भनेर | त्यसैले यो भागवद धर्म भनेको परमो निर्मत्सराणाम्को लागि हो | मत्सरत भनेको जो आरुको राम्रोपन देखिशहन सक्दैन | त्यो ई मत्सरत हो| त्यो सबैको गुण हो | सबैजना आफुलाई उच्च बनाउन खोज्छन् | एउटा छिमेकि इर्स्यलु : "ए यो मान्छे अगाडी बढ्यो | म किन सकिन | "" यदि .. ऊ आफ्नो भाई भएनि, छोरा भएनि, यो प्राकृतिक गुण .... त्यसैले यो भागवद-धर्म भनेको इर्ष्यालु व्याक्तिकोलागी हैन | यो परमो निर्मत्सराणाम् को लागि हो, जोसले इर्श्यालाई इन्कार गर्छ | त्यसैले यो कसरी सम्भव छ ? यो मात्र त्यसरी सम्भव छ जब तिमीले कसरी कृष्णलाई प्रेम गर्ने भनेर सिक्छौ| अनि मात्र सम्भव छ | अनि तिमीले सबैलाई "कृष्णको अंश " देख्छौ | त्यसैले ऊ कृष्णभावनाको इच्छामा पिडित छ | मलाई कृष्णको बारेमा केहि बोल्न देऊ| मलाई कृष्णको बारेमा केहि प्रचार गर्न दिनुस जसले गर्दा ऊ पनि कृष्णभावानामा आउनेछ | र खुसि हुनेछ | यो नै स्रवनम किर्तनम हो (श्री भा ७|५|२३ )- स्मरनम को बिधि | हामीले आफैले अधिकारिक व्यक्तित्व संग, र निरन्तर जप गर्नुपर्छ, निरन्तर| त्यत्ति हो | अनि सबैथोक खुसिमय हुन्छ | नत्र फोहोरको डंगुरमा कागको हूल बसेजस्तै हो, कोहि नि खुसि हुदैन |

धेरै, धेरै धन्यवाद |

भक्तहरु: श्रीला प्रभुपाद कि जय|