NE/Prabhupada 0736 - यी सम्पूर्ण तथाकथित वा ठग धार्मिक विधिलाई त्याग



Arrival Lecture -- Calcutta, March 20, 1975


श्रीमद्-भागवतम् मा कुनै पनि धर्मको उल्लेख गरिएको छैन | त्यसमा भनिएको छ,"त्यो धर्म, त्यो धर्मको शिद्धान्त, पहिलो श्रेणीको हो, " स व्ऐ पुंसां परो धर्मः"दिव्य" यो हिन्धु, मुस्लिम, क्रिस्टेन, यिनीहरु सबै प्राकृत​ हो व्यर्थको | तर हामीलाई यिनीहरु, दिव्य, यो प्राकृत​, व्यर्थको धारणाबाट पर जानु छ | "हामी हिन्दु हौँ","हामी मुस्लिम हौँ ","हामी क्रिस्टेन हौँ." सुन जस्तै . सुन भनेको सुन हो | सुन भनेको हिन्दु सुन, मुस्लिम सुन, क्रिस्टेन सुन अथवा मुहमदन सुन हुँदैन | कोहीपनि ... किनकि एउटा सुनको डल्लो हिन्दु, मुस्लिम, को हातमा भयो भन्दैमा, कोहिले पनि भन्दैन कि,"यो हिन्दु सुन हो","यो मुस्लिम सुन हो " भनेर | सबैले भन्छन् कि,"यो सुन हो भनेर |" त्यसैले हामीले सुन छान्नु पर्छ - यो हैन कि हिन्दु सुन, मुस्लिम सुन अथवा क्रिस्टेन सुन | जब कृष्ण भन्नु हुन्छ सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भा गि १८|६६), उँहाले यो भन्न खोज्नु भाको हैन कि, हिन्दु धर्म, मुस्लिम धर्म | यो सबै उपाधिहरु हुन् | त्यसैले हामी सबै त्यस्तो स्तर सम्म आउनुपर्छ कि जहाँ सुद्धता छ; जहाँ कुनै उपाधि हुँदैन | आहं ब्रह्मास्मि: म कृष्णको अंश हुँ | यो वास्तविक धर्म हो | यो विचारविना, जुनसुकै उपाधि पनि, त्यो प्राकृत​ हो | त्यो दिव्य हुदैन | त्यसैले हाम्रो कृष्णभावनामृत दिव्य छ, परो धर्मः सअ व्ऐ पुंसां परो धर्मः पर भनेको "माथि " तथाकथित धर्म भन्दा माथि | यो हाम्रो आविस्कार गरिएको वस्तु हैन | यो श्रीमद भगवातम् मा सुरैमै उल्लेख गरिएको छ, धर्मः प्रोज्झित​-क्ऐतवः अत्र​: "जुनै किसिमको क्ऐतव, भनेको मिथ्या अथवा भ्रम हो,"क्ऐतव | क्ऐतव भनेको ठगी हो | "ठगी धर्मलाई ईन्कार गरिन्छ, फालिन्छ"प्रोज्झित​ | प्राकृष्ट​ऋऊपेण उज्झित​ | जस्तै हामी भुइँ सफा गर्छौं | हामी अन्तिम धुलोको कण सफा गरेर फाल्छौं | त्यसैगरी, कृष्णभावनामृत हुनको लागी हामीले त्याग्नु सक्नु पर्छ | यो सबै तथाकथित झुठो धार्मिक संस्थाहरु | किनकि यस्ता धेरै उपधिमुलक धर्मको पछि लाग्दा लाग्दा, कोसैले पनि भगवानलाई कसरी प्रेम गर्ने भन्ने जान्न सकेका छैनन् | कोसैले पनि पाएका छैनन्| यो व्यावहारिक हो | यो श्री कृष्ण चैतन्य पहप्रभुले सुरुवात गर्दिनु भयो | तर भगवान कृष्णले संकेत दिनु भयो कि "यो असली धर्म हो, माम् एकं शरणं व्रज​ | यो हो वास्तविक धर्म |" अरु जुनसुकै धर्म, धर्मको सिद्धान्त, जुनले हामीलाई भगवानलाई प्रेम गर्न सिकाउँदैन, त्यो ठगी धर्म हो | चैतन्य महाप्रभु भन्नु हुन्छ, प्रेमा पुम्-अर्थो महान्, अनि भागवत पनि त्यहि कुरो भन्छ | जीवनको वास्तविक सफलतानै कसरी भगवानलाई प्रेम गर्ने हो,अथवा कृष्णलाई | यो नै जीवनको उच्च सफलता हो |