NE/Prabhupada 0744 - कृष्णलाई देख्नासाथ शाश्वत जीवन प्राप्त हुन्छ



Lecture on SB 7.9.53 -- Vrndavana, April 8, 1976


प्रह्लाद महाराजलाई आफ्नो पिताबाट धेरै तरिकाबाट दुख पाउनुभयो | तर उहाँले कृष्णलाई भुल्न सक्नु भएन | त्यो प्रेम स्थिर थियो | तसर्थ कृष्ण धेरै नै खुसि हुनुभयो, प्रीतो ऽहम् | प्रीतो ऽहम् | प्रह्लाद भद्र​म् ( श्री भ ७|९|५२) | त्यसैले......माम अप्रीणत आयुष्मन् ( श्री भ ७|९|५३) | आयुष्मन्, आशिर्वाद : " अब तिमी धेरै बच्न सक्छौ," वा "अनन्त जीवन ", आयुष्मन् | आयुस भन्नाले जीवनको अवधि हो | जब एक कृष्णको नजिक जान्छ..... माम उपेत्य क्औन्तेय दु:खालयम अशाश्वतम्, नाप्नुवन्ति | दु:खालयम् ( भ गी ८|१५) | जब सम्म हामीसँग यो भौतिक शरीर छ, भौतिक दुनिया, यो दु:खालयम अशाश्वतम् | यो धेरै दु:खले भरिएको छ , र श्स्वत पनि छैन | हामीले त्यो पीडादायी अवस्थालाई स्वीकार गरे पनि..... सबैजना बच्न खोज्दैछन् | एउटा बुदो मानिस मर्न चहादैन | ऊ चिकित्सकको मा जान्छ, कुनै औषधी लिन्छ ता कि उसले आफ्नो जिन्दगी फेरी सुचारु गर्न सकोस | तर ऊ सधै बच्न पाउदैन | अशाश्वतम् | तिमी धनि मानिस हुन सक्छौ, तिमीले धेरै औषधीहरु लिन सक्छौ , धेरै सुई हालेर आफ्नो जिन्दगी वृद्धि गर्न सक्छौ, तर त्यो सम्भव छैन | त्यो सम्भव छैन | तर जब तपाईले कृष्णलाई देख्छौ, तब तिम्रो, तिमीले आफ्नो सनातन जीवन पाउछौ | हामीले नित्य जीवन पाएका छौ | हामीहरु नित्य छौ | न हन्यते हन्यमाने शरीरे ( भ गी २ | २० ) | हामीहरु यो शरीरको समाप्ति पछि मार्दैनौं | हामीले अर्को शरीर पाउछौ | यो नै हाम्रो रोग हो | र जब तिमीले कृष्णलाई देख्छौ, जब तिमीले कृष्णलाई बुझ्छौ..... नदेखेर पनि, यदि तिमीले कृष्णलाई बुझेऊ भने, तिमी शास्वत हुनेछौ | जन्म कर्म च मे दिव्यममेव यो वेत्ति तत्त्वत: त्यक्त्वा देहं पुनर्जन्म नैति.....( भ गी ४|९) कृष्ण भन्नुहुन्छ , केवल कृष्णलाई बुझ्न कोसिस गर | कृष्णलाई बुझ्नु पनि कृष्णलाई देख्नु जस्तै हो, किनकि उहाँ पूर्ण हुनुहुन्छ - त्यहाँ कुनै भिन्नता छैन | जसरी यो भौतिक दुनियामा तिमीले केहि बुझ्न सक्छौ तर देख्न सक्दैनौ | त्यो द्वैताता | तर पूर्णमा, यदि तिमीले कृष्णलाई बुझेऊ भने , यदि तिमीले कृष्णलाई सुनेउ भने, कृष्णलाई देखेउ भने, कृष्णसँग खेलेउ भने, त्यी सबै एकै हुन् | त्यसलाई पूर्ण भनिन्छ | त्यहाँ कुनै दद्वैताता हुदैन | त यदि तिमीले कृष्णलाई बुझ्यौं भने, दिव्यम, दिव्य प्राकृति....... केवल तिमीले बुझ्छौ कि कृष्ण हामी जस्तो हुनुहुदैन | कृष्णसँग भौतिक शरीर छैन | कृष्ण दुखी हुनुहुन्न, कृष्ण सधै खुसी हुनुहुन्छ- केवल थोरै कुरा छ , यदि तिमी कृष्णको प्रकृतिको बारेमा राजी भयौं भने - तुरुन्तै तिमी भगवाद धाम जान योग्य हुन्छौ | त्यो कृष्ण चेतना हो, कति राम्रो | कृष्णले आफुलाई ब्याख्या गर्दै हुनुहुन्छ, र यदि तिमी त्यसमा सन्तुस्ट भयौं भने, " हो जे कृष्णले भन्नुभएको छ, त्यो सबै ठिक छ |" जसरी अर्जुनले भन्नुभयो, सर्वम एतम कृतम मन्ये यद वदसि केशव : ( भ गी १०|१४) " जे पनि तपाईले भन्नुभएको छ, म त्यो स्वीकार गर्छु | कुनै कुरा नघटाई...." सर्वम एतम कृतम मन्ये : " जे पनि तपाईले भन्नु भएको छ, म त्यसमा विश्वास गर्छु, मैले लिए...." त्यो कृष्ण हुनुहुन्छ | कृष्णले केहि भन्नुहुन्छ, र म केहि अरु नै बुझ्छु भने | कि तिमी आफ्नो सिधन्तामा हजार वर्षसम्म जाऊ, ,त्यो सम्भव हुदैन | तिमीले कृष्णलाई उहाँले जे भन्नुहुन्छ त्यसरीनै बुझ्न सक्छौ | त्यसैले हामीले भगवाद गीता प्रकाशन गर्दै छौ | त्यो वास्तविक बुझाई हो |