NE/Prabhupada 0793 - निर्देशनमा कुनै अन्तर छैन । तसर्थ गुरु एक हुन्छन्



Lecture What is a Guru? -- London, August 22, 1973


त्यसैले गुरुको काम भनेको ज्ञानको ज्योति बाँड्ने हो र भक्तहरुलाई बाँड्ने हो, र त्यसले उसलाई अन्धकारको पिडादायिक स्थितिबाट हटाईदिन्छ | यो हो गुरुको कर्तव्य | र अर्को श्लोका भन्छ, तद्-विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत् समित्-पाणिः श्रोत्रियं ब्रह्म​-निष्ठम् (म उप १|२|१२) यो वैदिक आदेश हो | कोहि सोध्दै थियो कि, क गुरु साचिकै आवश्यक छ ? हो, एकदम आवश्यक छ | त्यो वैदिक आदेश हो | वेद भन्छ, तद्-विज्ञानार्थम् | तद्-विज्ञान​ भनेको अध्यात्मिक ज्ञान | अध्यात्मिक ज्ञान ; अध्यात्मिक ज्ञान प्राप्त गर्नको लागि | तद्-विज्ञानार्थम | स - एउटा ; गुरुम एव - एव भनेको गर्ने पर्ने ; गुरुम - भनेको गुरुलाई | गुरुकोमा जानै पर्छ | गुरु एक हुनुहुन्छ | किनकि हाम्रो रेवातिनन्द महाराजले वर्णण गर्नुभए अनुसार, गुरु अधिकारिक परम्पराबाट आउनु भएको हुन्छ | जुन कुरा पाँच हजार वर्ष अगाडी व्यासदेवाजिले वर्णन गर्नु भएको थियो, अथवा कृष्णले भन्नु भएको थियो, त्यहि कुरा हामी पनि सिकाउँदै छौँ | त्यसैले त्यहाँ ज्ञानको केहि भिन्नता हुँदैन | त्यसैले गुरु सधैँ एउटा मात्र हुनुहुन्छ | सयौँ, हजारौँ आचार्य आएर पनि जानु भैसक्यो, तर सन्देश मात्र एउटा छ | त्यसैले गुरु दुइटा हुन सक्दैन | साँचो गुरु भिन्न किसिमले बोल्नुहुन्न | कोहि गुरुले भन्छन् कि "मेरो बिचारमा, तिमीले यस्तो गर्नु पर्छ," र कोहि गुरुले भन्छन् कि,"मेरो बिचारमा तिमी यसो गर "- तिनीहरु गुरु होइनन् ; तिनीहरु दुस्ट हुन् | गुरुको आफ्नो विचार हुदैन | गुरुको मात्रै एउटा विचार हुन्छ, त्यहि एउटै विचार जुन कृष्ण, व्यासदेव, नारदमुनिले दिनु भएको थियो | अथवा अर्जुन, अथवा श्री चैतन्य महाप्रभु अथवा गोस्वामी | तिमीले त्यहि एउटै कुरा पाउँछौ| पाँच हजार वर्ष पहिले, भगवान् श्री कृष्णले भागवाद् गीताको ज्ञान अर्जुनलाई दिनुभएको थियो र व्यसदेवजीले लेख्नु भयो, र अभिलेख गर्नु भयो | व्यसदेवजीले यो भन्नु भएन कि "यो मेरो बिचारमा |" व्यसदेव लेख्नुहुन्छ, श्री भगवान् उवाच : "म के लेख्दै छु, यो परम पुरुषोतम भगवान् ले बोल्नु भएको हो | " उँहाले आफ्नो विचार दिनुभएको छैन | श्री भगवान उवाच | त्यसैले उँहा गुरु हुनुहुन्छ | उँहा कृष्णको कुरा काटेर बोल्नु भएको छैन | उँहाले जस्ताको तस्तै दिईरहनु भएको छ, जस्तै बाहक, पाले | कसैले तिम्रोलागी पत्र लेखेको छ, पालेसंग छ पत्र | यसको मतलब यो होइन कि उस्ले त्यो सच्याउनु पर्छ, अथवा, केहि थप्नु पर्ने ... होइन | उसले त्यो देखाँउछ | त्यो हो उसको कर्तव्य | त्यसैले ऊ गुरु हो | ऊ ईमान्दार छ | त्यसैले, गुरु दुइटा हुन सक्दैन | विचार गर | मान्छे फरक हुनसक्छ, तर सन्देश एउटै हुनुपर्छ | त्यसैले गुरु एक हुनुहुन्छ |