NE/Prabhupada 0931 - यदि हामी हामी जन्मदैनौं भने हामी कसरी मर्छौं ? मृत्युको कुनै प्रश्न नै उठ्दैन



730424 - Lecture SB 01.08.32 - Los Angeles


हामी भगवानको अंश हौँ | कृष्ण अज हुनुहुन्छ | अज भनेको जसको जन्म र मृत्यु हुँदैन | त्यसैले हामी पनि अज छौँ | हामी कसरी हुन सक्छौँ? यदी कृष्ण, हामी कृष्णको अंश हौँ भने | हामीले उदाहरण हेर्न सक्छौँ | यदी मेरो पिता खुशी हुनुहुन्छ भने, म उहाँको छोरा हुँ म किन खुशी हुदिन ? यो प्राकृतिक निष्कर्ष हो | किनभने मेरो पिताले सम्पत्ति भोग गरे जस्तै मैले पनि गर्छु | त्यसैगरी भगवान सर्व-शक्तिमान् हुनुहुन्छ | कृष्ण निक्कै शक्तिशाली, निक्कै सुन्दर, ज्ञानले भरिपुर्ण, पूर्ण हुनुहुन्छ | म पूर्ण नहुन पनि सक्छु, तर किनभने मा अंशको पनि अंश हुँ, मसंग भगवानको सबै गुणहरु छन् किन भने उहाँको अंश हुँ | त्यो होइन कि भगवानको मृत्यु हुन्छ | उहाँ अज हुनुहुन्छ | त्यसोभए म पनि मर्दिन | यो मेरो स्थिति छ | र यसलाई भागवत-गीतामा उल्लेख गरिएको छ: न जायते न म्रियते वा कदाचित् | जब उहाँले आत्मको बारेमा व्याख्या गर्दै हुनुहुन्थ्यो, कृष्ण भन्नुहुन्छ कि आत्मा आजन्मा छ, न जायते न म्रियते वा कदाचित् | र यदी ऊ जन्मेको छैन भेने ऊ कसरी मर्छ ? यहाँ मृत्युको कुनै कुरै छैन | मृत्युको उसको लागि हो जसको जन्म हुन्छ | यदी तिम्रो जनामनै हुदैन भने कसरी तपाइको मृत्यु हुन्छ | न जायते न म्रियते वा | हामी कृष्णको अंश हौँ | जसरी कृष्ण अज हुनुहुन्छ, हामी पनि अज छौँ | त्यो हामीलाई थाहा छैन | यो अज्ञानता हो | उनीहरु बैज्ञानिक अनुशन्धान गर्छन तर उनीहरुलाई जीव आत्माको बारेमा थाहा नै हुँदैन | उसको जन्म पनि हुँदैन | उसको मृत्यु पनि हुँदैन | ऊ अमर छ | नित्याह शाश्वतो ऽयम्, एवेर्लस्तिङ्, पुराणः, सबै भन्दा पुरानो न हन्याते | निर्कर्ष के हो भने: न हन्यते हन्यमाने शरीरे (भा गी २.२०). यो शरीरको अन्त्यस्त भएपनि आत्मा मर्दैन | उसले अर्को शरीर धारण गर्छ | यो हाम्रो वास्तविक रोग | यसलाई भाव-रोग भनिन्छ | भाव-रोग भनेको भौतिक रोग हो | त्यसैले कृष्ण, सर्वोच्च जीवात्मा हुनुहन्छ, नित्यो नित्यानां चेतनश् चेतनानाम् (कथा ऊपनिषद् २.२.१३) कृष्ण हामी जस्तै हुनुहुन्छ | वा हामी कृष्णको नक्कल गर्दै छौँ | विन्नाता भनेको कृष्ण विभु हुनुहुन्छ, असीमित हुनुहुन्छ र हामी अणु हौ, हामी सिमित छौँ | यो हो भिन्नता | नत्र, गुणअनुसार हामी कृष्ण जस्तै राम्रो छौँ | त्यसैले कृष्णको जस्तो गुणहरु छन् हाम्रो पनि त्यसतै गुणहरु छन् | कृष्णको गुण विपरित लिंगीलाइ माया गर्ने छ | त्यसैले त हामीमा पनि यो गुण छ र हामी विपरित लिंगीलाई मनपराउछौँ | यसको सुरुवात राधा र कृष्णको नित्य प्रेमबाट भयो | हामी वास्तवमा नित्य प्रेमको खोजीमा छौँ, तर हामी भौतिक नियममा बाँधिएका छौँ, त्यसैले हामी रोक्किदै छौँ | त्यसैले अल्झीरहेछौं | यदी हामी त्यो बाधाबाट निस्कियेउ भने, त्यसपछि हामीले कृष्ण र राधारानीको जस्तो नित्य प्रेम प्राप्त गर्छौँ | हाम्रो काम कसरी कृष्णको फर्किने भन्ने बारे सोच्नु हो | किनभने कृष्णकोमा जानुभनेको, कृष्ण नित्य हुनुहुन्छ, हामीले पनि नित्य शरीर प्राप्त गर्छौँ | जस्तै प्रधानमन्त्री निक्षोन्को नोक्कर वा सचिव बन्नु,उनि पनि ठुलो व्यक्ति हो | उनि पनि ठुलो व्यक्ति हो | किनभने जबसम्म कसैको वास्तविक गुण हुँदैन, उनि निक्षोन् प्रधानमन्त्रीको नोक्कर वा सचिव हुन सक्दैन | यो सम्भब छैन | सानोतिनो व्यक्ति प्रधानमन्त्री निक्षोन्को नोक्कर अथवा सचिव हुनसक्दैन | त्यसैगरी भगवानको धाम फर्किनु भनेको तिमीले उस्तै प्रकारको शरीर प्राप्त गर्छौ जस्तै कृष्णको छ | तिमी पनि अज हुन्छौ | अज नित्यः शाश्वतो ऽयम् | यो रोग हो, कि हामी शरीर परिवर्तन गर्दैछौँ | त्यसैले कृष्ण अज हुनुहुन्छ |