NE/Prabhupada 0116 - आफ्नो अमूल्य जीवन नाश नगर्नुहोस्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0116 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA]]
[[Category:NE-Quotes - in USA]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0115 - मेरो काम केवल कृष्णको सन्देश दिनु हो|0115|NE/Prabhupada 0117 - नि:शुल्क होटल र नि:शुल्क सुत्ने आवास|0117}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|lKXrLj-ABlg|आफ्नो अमूल्य जीवन नाश नगर्नुहोस् <br/> - Prabhupāda 0116}}
{{youtube_right|6IS9GSI5c2E|आफ्नो अमूल्य जीवन नाश नगर्नुहोस् <br/> - Prabhupāda 0116}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/690512LE.COL_clip.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/690512LE.COL_clip.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 19:43, 29 January 2021



Lecture with Allen Ginsberg at Ohio State University -- Columbus, May 12, 1969

आत्मा छ र यो शरीर त्यस आत्माको मंचमा बनेको छ, र त्यो आत्मा एक शरीरबाट अर्कोमा सरिरहेको छ | यसलाई भनिन्छ क्रमागत उन्नति | र यो उन्नतिको प्रक्रिया ८४ लाख योनिहरुमा चलिरहेको छ, जलचर, पंक्षी, जनावर, रुख-बिरुवा र जीवनका अरु विभिन्न योनिहरु | र अहिले हामीसँग यस विकसित चेतना छ, मानव जीवन छ | हामीले यसको सहि उपयोग गर्नुपर्छ | त्यो हो हाम्रो कृष्ण भावनामृत अभियान | हामी केवल मानिसहरुलाई शिक्षा दिंदैछौं,"आफ्नो अमूल्य समय, मानव जीवन नाश नगर | यदि तपाईले यो मौका गुमाउनुभयो भने तपाईले आत्महत्या गर्दै हुनुहुन्छ |" त्यो हो हाम्रो प्रचार | आत्महत्या नगर्नुहोस् | यो कृष्ण भावनालाई अपनाउनुहोस् |

यो प्रक्रिया निकै सजिलो छ | तपाईले योग विधि अथवा सैद्धान्तिक, काल्पनिक विधि लिनुपर्दैन | यस युगमा त्यसो गर्न सम्भव छैन | त्यो... मैले आफ्नो अनुभवबाट बोलेको होइन तर मैले महान आचार्य तथा महान निष्ठावान ऋषिको अनुभव बताउँदैछु | उहाँहरु भन्नुहुन्छ कि कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा | यदि तपाईलाई आत्मबोध गर्ने इच्छा छ भने, यदि तपाईलाई अर्को जन्म बारे जान्ने इच्छा छ भने, यदि तपाईलाई भगवानको बारे जान्ने इच्छा छ भने, यदि तपाईलाई भगवानसँगको आफ्नो सम्बन्ध बारेमा जान्ने इच्छा छ भने यी सब कुरा तपाई सामु प्रकट हुनेछ- यो वास्तविक ज्ञान हो- केवल यो मन्त्र जपेर, हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे / हरे राम, हरे राम, राम राम हरे हरे। यो व्यवहारिक छ | हामीले कुनै मूल्य लिएका छैनौँ | हामीले झुटो बोलेका छैनौँ कि "म तपाईलाई केहि दिन्छु, गुप्त मन्त्र, र पचास डलर लिन्छु |" होइन | यो सबैको लागि खुल्ला छ | केवल यसलाई ग्रहण गर्नुहोस् | यो हाम्रो अनुरोध छ | हामी भिख माग्दैछौं,"आफ्नो जीवन नाश नगर्नुहोस् | केवल यो मन्त्र ग्रहण गर्नुहोस् | मन लागेको स्थानमा जप गर्नुहोस् |" यसमा पालन गर्नुपर्ने कुनै कठोर नियम छैन | जब तपाईलाई इच्छा लाग्छ, जहाँ इच्छा लाग्छ, जीवनको कुनै पनि परिस्थितिमा... जस्तै, हामीले आधा घण्टा अगाडि जप गर्यौं | कुनै पनि परिस्थितिमा, तपाईले आनन्द अनुभव गर्नुहुन्छ | त्यसैगरी, तपाईले यसलाई निरन्तरता दिन सक्नुहुन्छ | यो हरे कृष्ण मन्त्रको जप गर्नुहोस् | यो तपाईलाई निःशुल्क दिइएको छ | तर यदि तपाईलाई यस हरे कृष्ण मन्त्र सिद्धान्तद्वारा जान्ने इच्छा छ भने, ज्ञानद्वारा, तर्कद्वारा जान्ने इच्छा छ भने हामीसँग धेरै पुस्तकहरु छन् | यो नसोच्नुहोस् कि भावनामा आएर नाचेको | होइन, हामीसँग पृष्ठभूमि छ | यो कृष्ण भावनामृत अभियान बुझ्ने प्रयास गर्नुहोस् | म विशेषगरि तपाईको राष्ट्रमा यस राम्रो सन्देश दिन आएको हुँ, किनकि यदि तपाईले यसलाई स्वीकार्नुहुन्छ भने, यदि तपाईले कृष्ण भावनाको विज्ञान बुझ्न सक्नुहुन्छ भने विश्वको अन्य भागले पनि अनुसरण गर्नेछन् र विश्वको मुहार परिवर्तन हुनेछ | यो तथ्य हो |