NE/Prabhupada 0115 - मेरो काम केवल कृष्णको सन्देश दिनु हो



Lecture -- Los Angeles, July 11, 1971

म खुसी छु कि यी युवाहरु मेरो मदत गर्दैछन्, यस कृष्ण भावनामृत अभियान फैलाउन र कृष्णले यिनीहरुलाई आशिर्वाद दिनुहुनेछ | म निकै तुच्छ छु | मसँग कुनै क्षमता छैन | मेरो काम केवल कृष्णको सन्देश दिनु हो | एउटा हुलाकको सेवक जस्तै; उसको काम चिठ्ठी दिनु हो | चिठ्ठीमा लेखिएको कुराप्रति ऊ जिम्मेवार हुँदैन | प्रतिक्रिया..... चिठ्ठी पाउने मानिसले चिठ्ठी पढेपछि केहि अनुभव गर्न सक्छ तर त्यो जिम्मेवारी त्यस सेवकको होइन | त्यसैगरी, मेरो जिम्मेवारी भनेको मैले गुरु-शिष्य परम्परा तथा गुरुबाट जे प्राप्त गरें | म त्यहि कुरा प्रस्तुत गर्दैछु, तर कुनै मिलावट बिना | त्यो मेरो काम हो | त्यो मेरो जिम्मेवारी हो | मैले कुराहरु त्यसरी प्रस्तुत गर्नैपर्छ जसरी कृष्णले प्रस्तुत गर्नुभएको थियो, जसरी अर्जुनले प्रस्तुत गर्नुभएको थियो, जसरी हाम्रा आचार्यहरुले, चैतन्य महाप्रभुले प्रस्तुत गर्नुभएको थियो, र अन्तिममा मेरो गुरु महाराज, भक्तिसिद्धान्त सरस्वती गोस्वामी महाराज | त्यसैगरी, यदि तपाईहरुले कृष्ण भावनामृत अभियान उही भावनामा ग्रहण गर्नुभयो भने, र यदि तपाईले अरु मानिसलाई, आफ्ना देशका अरु नागरिकलाई वितरण गर्नुभयो भने पक्कै पनि यो प्रभावशाली हुनेछ किनकि यसमा कुनै मिसावट छैन | कुनै गफ छैन | कुनै ठगी छैन | यो शुद्ध आध्यात्मिक चेतना हो | केवल यसको अभ्यास गर्नुहोस् र यसलाई वितरण गर्नुहोस् | तपाईको जीवन गौरवशाली हुनेछ |