NE/Prabhupada 0453 - विश्वास गर ! कृष्णभन्दा परम नियन्त्रक कोहि पनि छैन: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0453 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0452 - कृष्ण यस पृथ्वी ब्रह्माको एक दिनमा एकपटक आउनुहुन्छ|0452|NE/Prabhupada 0454 - यदि हामीले आफ्नो दिव्य-ज्ञानलाई जगाउँदैनौं भने यो जीवन धेरै जोखिमपूर्ण हुन्छ|0454}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|mnJJ7hiunng|विश्वास गर ! कृष्णभन्दा परम नियन्त्रक कोहि पनि छैन<br />- Prabhupāda 0453}}
{{youtube_right|F9ksUu2BHg0|विश्वास गर ! कृष्णभन्दा परम नियन्त्रक कोहि पनि छैन<br />- Prabhupāda 0453}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/770225SB-MAY_clip2.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770225SB-MAY_clip2.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:38, 29 January 2021



Lecture on SB 7.9.5 -- Mayapur, February 25, 1977


यस्तो नसोच कि भगवानमा कुनै भावना , सोचाइ, अनुभव हुदैन भनेर । होइन सबैकुरा त्यहा हुन्छ । जवसम्म एउटा उहामा सहानुभुतिपुर्ण भावना हुदैन, हामिले कसरि पाउदछौ । किनकि सबैकुरा भगवानबाट आउछ ।जन्माद्य् अस्य यतः श्रीमद भमगवतम १.१.१ आथातो ब्रह्म जिज्ञासा...............ब्रह्म के हो? ब्रह्म भनेको सबैकुराको वास्तविक स्रोत हो । त्यो नै ब्रह्म हो ।बृहत्वात् बृहनत्वात् त्यसकारण यदि भगवान त्यस्तो भावना छैन भने , उहा कसरि भगवान हुन सक्नुहुन्छ, अनि यो भावना? जस्तो यदि एउटा निर्दोष बालक आउदछ अनि हाम्रो अगाडि आफ्नो आदर प्रस्तुत गर्दछ । तत्कालै हामि उ प्रति दया देखाउदछौ यो बच्चा धेरै राम्रो छ । त्यसकारण भगवान कृष्ण, नरसिंह देव, उहाँ परिप्लुतः हुनुभयो, दयावान हुनुभयो , सामान्य दयालु होइन, यस्तो अनुभव गरेर कि कति निर्दोष छ यो बाालक भनेर अनुभव गरेर, उत्थप्य​,तत्कालै प्रह्लाद महाराजलाई उठाउनुहुन्छ " मेरो प्रिय बालक उठ" तत्कालै उहाको हात शिरमा राख्नुहुनेछ । ऊत्थाप्य तच्-छीर्ष्ण्य् अदधात् कराम्बुजम्| कराम्बुजम्,कमल रुपि हात, हस्तकमल त्यसकारण त्यस्तो अनुभव रहन्छ । अनि उहाँले चाहनुभयो.......... किनभने यो बालक यसरी भ्रामित थियो कि खम्बाबाट ठुलो मुर्ति निस्कियो, अनि उसको पिता, भीमकाय पिता, मृत छ, स्वत: उसको मन अलिकति विचलित छ| त्यसकारण वित्रस्त​-धियां कृताभयम्" मेरो प्रिय बालक नडराउ" सबैकुरा ठिक छ । म उपस्थित भइसकेको छु अनि डराउनुपर्ने कुनै कारण छैन । शान्त होऊ| म तिमिलाइ संरक्षण गर्छु । यो नै विनिमय हो । त्यसकारण कुनै आवश्यकता छैन धेरै ........... धेरै शिक्षित मानिस, वेदान्ती अनि...... सामान्य रुपमा यी कुराहरु आवश्यक छन् : तिमी निर्दोष हुनुपर्छ , भगवानको अस्तित्वलाइ स्वीकार गर्नुपर्दछ , चरणकमलमा शरणगत हुनुपर्दछ -सबै कुरा पुर्ण हुन्छ । आवश्यक छ : सरलता | सरलता |कृष्णमा विश्वास| अनि कृष्ण भन्नुहुन्छ: मत्तः परतरं नान्यत् किञ्चिद् अस्ति धनन्जय (भागवत गिता ७.७) विश्वास गर कृष्ण भन्दा परम नियन्त्रा कोहि छैन । अनि कृष्ण भन्नुहुन्छ.. मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भागवत गिता १८.६५) यो निर्देशन हो । यो नै सम्पुर्ण निर्देशनहरुको सार हो । कृष्णलाई विश्वास गर जो परम नियन्ता हुनुहुन्छ । विश्वास गर कि यहाँ कृष्ण हुनुहुन्छ । निर्दोष बालकले विश्वास गर्न सक्ला, तर हामी यति मुर्ख छौं , हामी सोच्न थाल्छौ कि , यो अर्च विग्रह ढुङ्गा, धातु, अथवा काठ के बाट बनेको हो भनेर? किनकि हामी निर्दोष छैनौँ । हामि सोच्दछौ कि भगवानको मुर्ति धातुबाट बनेको भनेर यो धातु भएतापनि धातु भगवान हुन सक्दैन र?त्यो धातुको पनि भगवान हो| किनकि कृष्ण भन्नुहुन्छ भूमिर् आपो ऽनलो वायुः खं मनो बुद्धिर्..., अपरेयम्..., भिन्ना मे प्रकृतिर् अष्टधा (भागवत गिता ७.४) सबै कुरा कृष्ण हो । कृष्ण विना अस्तित्व सभ्भव छैन । त्यसकारण कृष्ण किन आफुलाई मन लागेको रुपमा नआउने त ? उहा धातुमा पनि आउन सक्नुहुन्छ । ढुङ्गामा पनि आउन सक्नुहुन्छ । एहा काठमा पनि आउन सक्नुहुन्छ |उहा कला भित्रमा पनि उपस्थित हुन सक्नुहुन्छ । जे भएता पनि उहाँ सक्नुहुन्छ.................त्यो नै सम्पुर्ण शक्ति हो । तर हामिले बुझ्नुपर्दछ कि यहा कृष्ण हुनुहुन्छ भनेर यस्तो नसोच कि "कृष्ण अर्चविग्रह भन्दा फरक हुनुहुन्छ, र यहाँ धातुको अर्चविग्रह पाएका छौं|। " होइन आद्व्ऐतम् अच्युतम् अनादिम् अनन्त​ऋऊपम् (ब्र सं . ५.३३). आद्व्ऐत​. उहाको धेरै अवतारहरु छन् । तर तिनिहरु सबै एक हुन । यस्तै गरि उहा नामको रुपमा पनि उपस्थित हुनुहुन्छ । आभिन्नत्वान् नाम​-नामिनोः (चैतन्य चरितामृत मध्य १७.१३३) जब तिमि कृष्णको पवित्र नामको उच्चारण गर्दछौ । यस्तो नसोच कि यो त आवाज मात्र हो भनेर अनि कृष्ण फरक हुनुहुन्छ । होइन । आभिन्नत्वान्. नाम​-चिन्तामणि-कृष्णः. कृष्ण चिन्तामणि भएजस्तै उहाको नाम पनि चिन्तामणि छ । नाम चिन्तामणिः कृष्ण चैतन्य रस ​-विग्रहः चैतन्य, पूर्ण चेतना, नाम चिन्तामणिः कृष्ण यदि हामि नामसग जोडियौ भने हामिले थाहा पाउनुपर्दछ कि कृष्ण पुर्ण रुपमा तिम्रो सेवा प्रति चेतनशिल हुनुहुन्छ भनेर तिमि सम्बोधन गर्छौ हे कृष्ण हे राधारानि दया गरेर मलाइ हजुरको सेवामा लगाउनुहोस् । हरे कृष्ण मन्त्र भन्नाले, हरे कृष्ण, "हे कृष्ण हे राधारानी, हे शक्ति, दया गरेर मलाई हजुरको सेवामा लगाउनुहोस् ।" आयि नन्द​-तनुज किङ्करं पतितं मां विषमे भवाम्बुध्औ. यो चैतन्य महाप्रभुको शिक्षा हो ," हे मेरो भगवान नन्द तनुजा..........." कृष्ण धेरै खुसि हुनुहुन्छ जव तिमी उहाँको नामको संग, उहाँका लिलाको श्रवण कुनै भक्तसंगको संगतमा गर्छौ। उहाँ निराकार हुनुहुन्न, कृष्णको विशेष नाम छैन, तर जब कृष्ण भक्तसग लिला गर्नुहुन्छ , त्यहा नाम हुन्छ । जस्तो कृष्ण र नन्द महाराज बीचको लिला , त्यो नन्द महाराजको काठको चप्पल........ यशोदा माइले बाल कृष्णलाई सोध्नुहुन्छ-तिमीले चित्र देखेका छौ|- "तिमीले चप्पल लिएर आउन सक्दछौ?" कृष्ण "हवस्" तत्कालै टाउकोमा राख्नुहुन्छ । तिमिले देख्यौ? यो कृष्ण हो । नन्द महाराज धेरै खुसी हुनुहुन्छ| " अहो! तिम्रो पुत्र धेरै राम्रो छ उसले यो बोझलाइ सहन सक्छ| यो वनिमय हो । त्यसकारण चैतन्य महाप्रभु कृष्णलाइ सम्बोधन गर्नुहुन्छ ,अयि नन्द​-तनुज​: "हे कृष्ण, जो नन्द महाराजको शरिरबाट उत्पन्न हुनुभयो......" जस्तो पिता शरिर प्रदान गर्ने व्यक्ति हुनुहुन्छ, विज प्रदायक पिता, त्यसरी नै, कृष्ण,यद्दयपि उहा सबै कुराको स्रोत हुनुहुन्छ,तरपनि, उहा नन्द महाराजको वीजबाट जन्मिनुहुन्छ। यो कृष्ण लिला हो । आयि नन्द​-तनुज पतितं किङ्करं मां विषमे भवाम्-बुध्औ(चैतन्य चरितामृत २०.३२ शिक्षाष्टक ५) चैतन्य महाप्रभुले कहिले पनि कृष्णलाई," हे सर्वशक्तिमान" भनेर सम्बोधन गर्नुभएन| यसो गर्नु निरकारवाद हुन्छ| उहा भन्नुहुन्छ., नन्द​-तनुज,सिमित,"नन्द महाराजको पुत्र|" नन्द महाराजको पुत्र| यो भक्ति हो । उहाँ असिमित हुनुहुन्छ| जस्तो कुन्तिदेवी छक्क पर्नुभयो , जब कृष्ण यशोदा माइसग डराउनुभयो भनेर उहाले सोच्नुभयो । त्यो श्लोक तिमीहरुलाई थाहा छ| कुन्तिदेवी अचम्ममा पर्नुभयो, "कृष्ण, जो यति महान र उच्चतम हुनुहुन्छ कि सबैजना उहाँसंग डराउँछन्, तर उहाँ नै यशोदमाई संग डराउँनुहुन्छ|" यसको रसको स्वाद भक्तले मात्र पाउन सक्छन, नास्तिक वर्गका मानिसले अथवा अभाक्ताले बुझ्न सक्दैनन्| तसर्थ कृष्ण भन्नुहुन्छ," भक्त्या माम् अभिजानाति (भा.गी १८.५५). भक्तहरु मात्रै, अरु होइन| अरुलाई यो कुरा बुझ्न, परमेश्वर को राज्यमा उनीहरुलाई अनुमति छैन| यदि कृष्णलाई बुझ्न चहान्छौ, भक्तिबाट मात्र सकिन्छ| न नै ज्ञान, न त योग,न त कर्म, न त ज्ञान ,केहिले पनि मद्दत गर्दैन| वश एक भक्तले सक्छ| भक्त कसरि बन्ने त? कति सजिलो छ| प्रह्लाद महाराजलाई हेर्नुस्, निर्दोष बालक, भगवानलाई दण्डवत् गर्दछ| र कृष्णले पनि भन्नुहुन्छ,मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भा.गी १८.६५). यदि तिमी यी ४ कुरा इमान्दारीपूर्वक गर्छौ भने- सधैँ कृष्णको बारेमा विचार गर.... हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, (भक्तहरु जपमा भाग लिन्छन)हरे राम हरे राम राम राम हरे हरे| यो हो कृष्णको बारेमा बिचार्गर्नु भनेको, मन मना: र तिमी हरेकृष्ण मन्त्रकोप सिद्धान्तमा अडीग रहन सक्छौ यदि तिमी शुद्ध भक्त हौ| शुद्ध भक्त नबनिकन त यो अत्यन्त कठिन छ| यो अति थकानपूर्ण हुन्छ| तर हामी अभ्यास गर्नेछौं| आभ्यास​-योग​-युक्तेन (भ गी ८|८) |